ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
विश्व मानसिक स्वास्थ्य दिवस २०२३

मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण परिवर्तन गर्न जरुरी

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

बुटवल, २३ असोज ।

प्रत्येक वर्ष अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवस । विश्वभर यो दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाईन्छ । विश्वभर नै प्रत्येक ४ मा एक जनालाई कुनै न कुनैमा मानसिक समस्या देखिने तथ्यांकले बताउँछ । अझ भन्नुपर्दा कडा खालको मानसिक समस्या केवल १ प्रतिशतमा देखिने भएपनि हाम्रो जस्तो मुलुकमा यसबारे धेरै भ्रम रहेको छ ।

वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुगानाका अनुसार मन आत्तिने, चिन्ता, डर जस्ता एन्जाइटीका लक्षण भएका २८ प्रतिशत र डिप्रेसनका २८ प्रतिशत बिरामी भेटिने गरका छन् । ‘कोभिडपछिको विश्वब्यापी आर्थिक मन्दीकै कारण एन्जाइटी र डिप्रेसनका बिरामी २५÷३० प्रतिशत रुपमा बढेको तथ्यांकमा देखिन्छ’— उनले भने । मानसिक स्वास्थ्यको बारेमा जनचेतना अभाव र भेदभावका कारण दीर्घरोगीहरुमा बढी रुपमा मानसिक रोग देखिने गरेको उनले बताए । नियमित औषधि खानुपर्छ भन्ने भ्रम समेत रहेको उनले बताए ।

‘यसलाई न्युनीकरण गर्न सकिन्छ’— उनले भने । समाजमा देखिने बढ्दो आत्महत्याका घटनाहरुको कारणका रुपमा उनिहरु तनाव ब्यवस्थापन गर्न नसक्दा हुने उनको दाबी छ । हाम्रो जस्तो देशमा २० देखि ४० वर्ष उमेर समूह जो उर्जाशील समय मानिन्छ यो उमेरमा एन्जाइटी धेरैमा देखिनु अर्को दुर्भाग्यको रुपमा रहेको उनी बताउँछन् ।

यसैबिच विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा रुपन्देहीमा सचेतनामूलक साइकल र्याली गरिएको छ । ‘मानसिक स्वास्थ्य सबैको नैसर्गिक अधिकार, कलंक र भेदभावको अन्त्यको लागि साईकल यात्रा’ नारासहित अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसमा मंगलबार बुटवलमा कार्यक्रम गरिएको हो । नेपाल मनोचिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजना, क्युस्ट फार्मास्युटिकल्सको सहयोग तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको सहआयोजनामा बुटवल योगीकुटीबाट शुरु भएको यात्रामा सहभागीहरुले मानसिक स्वास्थ्य सबैको नैसर्गिक अधिकार, विभेद होईन सदभाव फैलाऔ, मानसिक स्वास्थ्य बिना शारीरिक स्वास्थ्य संभव छैन, संवाद र संदभाव आजको आवश्यकता, समयमै उपचार गरे मानसिक रोग निको हुन्छ, मानसिक रोगको कलंक र भेदभाव को अन्त्य गरौ, आवश्यक सहयोग माग्न आफ्टेरो मान्नु हुँदैन, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा अपनाउँदा जीवन बचाउन सकिन्छ, कुल,भुत–प्रेत र पूर्व जन्मको पाप होईन मानसिक समस्या, सबैका लागि मानसिक स्वास्थ्य बढी लगानी, सहज पहुँच, मानसिक स्वास्थ्य सबैका लागि बिश्वव्यापी प्राथमिकता प्लेकार्डसहित सचेतना जगाउँदै भैरहवा पुगेर पुनः बुटवल फर्केर यात्रा समापन गरिएको थियो ।

समापन कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक विमल ढकालले बताए । बुटवल योगीकुटीबाट शुरु हुने यात्रा मणिग्राम, भैरहवा हुँदै पुनः बुटवल फर्केर यात्रा समापन कार्यक्रममा नेपाल मनोचिकित्सक संघ लुम्बिनी शाखाका संयोजक डा असिम रेग्मीले स्वस्थ्य र अधिकारको विषयमा सबैले ज्ञान राख्नुपर्ने बताए । शारीरिक र मानसिक रुपमा स्वस्थ भएमात्र ब्यक्तिबाट समाजर देशलाई सकारात्मक उर्जा प्राप्त हुने उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक विमल ढकाल, रोटरी क्लब अफ लुम्बिनी स्टारका संस्थापक यादव प्रसाद भण्डारी, रोटरी ईन्टरनेशनल ३२९२ डिआईआर ईलेक्ट विक्रम क्षेत्री, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टारका अध्यक्ष जया भण्डारी, अभिषेक भारीले सचेतना र साईक्लिङलाई जोडेर गरिएको कार्यक्रमको प्रभाव सकारात्मक हुने बताए । कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुगानाले बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठलाई साईक्लिङ कोष स्थापनाको लागि ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?