ट्रेंडिंग:

>> समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले

 स्वास्थ्य मन्त्रीले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा वीर अस्पतालको सेवा अस्तव्यस्त

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

काठमाडौं,२३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एकैपटक २२१ जना स्वास्थ्यकर्मी हटाउंदा वीर अस्पताल अस्तव्यस्त भएको छ ।
कोभिडको समयदेखि वीर अस्पतालले नियमित रूपमा २३ वटा आईसीयू सञ्चालन गरिरहेको थियो। अस्पतालले सेवा विस्तार गरेर ५९ बेडको आईसीयू सञ्चालन गरिरहेको थियो।

यसमा लागि करारमा नर्स लगायतका २०० भन्दा बढी स्वास्थ्यकर्मी थपिएका थिए। यी जनशक्तिले गर्दा नै वीरको सेवा विस्तार भएको थियो। तर हाल आएर स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ।

मन्त्री बस्नेतले सरकारसँग बजेट नभएको भन्दै करारमा रहेका नर्सिङ सहितका जनशक्तिको सेवा नथप्न निर्देशन दिएर कामबाट निकालेपछि हाल अस्पतालको सेवा अस्तव्यस्त बनेको हो । अस्पताल निर्देशक डा. सन्तोष पौडेलका अनुसार तलब दिन सरकारसँग पैसा नभएको भन्दै मन्त्री बस्नेतले करार सेवाका कर्मचारीको अवधि नथप्न निर्देशन दिएका थिए।

निर्देशक पौडेलका अनुसार गत असोज १५ गते बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी परिषद्को बैठकले करार अवधि नथप्ने निर्णय गरेको हो। यसले गर्दा हाल अस्पतालको ५९ बेडको आइसीयू सेवालाई घटाएर २३ बेडमा झारिएको छ। स्वास्थ्य मन्त्री बस्नेतकै पहलमा दुई महिना अघि वीरको ९०० मध्ये ७०० बेड निशुल्क गरिएको थियो तर अहिले एकैपटक नर्ससहित २७६ स्वास्थ्यकर्मीको करार नथपी निकाले पछि यो सेवा पनि खुम्चिन पुगेको छ।

वीरबाट अहिले निकालिएका करारका जनशक्ति कोभिड– १९ का वेला सेवा प्रवेश गर्नेहरू हुन्। कोभिड मत्थर हुँदै जाँदा सञ्चालनमा आएको सर्जिकल भवनतर्फ सिफ्ट गरिएको थियो। सर्जिकल भवनका लागि ८३१ जनाको दरबन्दी थियो । सो दरबन्दीमा मन्त्रालयको स्वीकृति लिएर करार सेवामा उनीहरूलाई निरन्तरता दिइएको थियो।
वीर अस्पताल सबैभन्दा बढी न्यूरो सर्जरी हुने ठाउँ हो। जसमा न्यूरोको सर्जिकलमा एउटा टिममा १४ जना नर्स थिए। तर हाल आएर ६ जनाले नर्सले करार नथपिए पछि सेवा दिन छाडेका छन्, जसले गर्दा अस्पतालको विशिष्टिकृत सेवानै प्रभावित भएको हो । पुरानो भवनमा ९ वटा अप्रेसन थियटरबाट सेवा सञ्चालन भइरहेको थियो। अहिले नयाँ भवनपछि १५ वटा अप्रेसन थियटर सञ्चालनमा आएको थियो।

कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ८३१ जना चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीको पुल दरबन्दी सृजना गरिएको थियो । सोही अनुसार करारमा स्वास्थ्यकर्मी राखेर अस्पतालले सेवा दिएको थियो। त्यसअनुसार ५०० बेड थपेर ९०० पुर्‍याइएको थियो भने अप्रेसन थियटरलाई आठबाट १५ वटा, आईसीयू ३० बाट ५९ बेड पुर्‍याइएको थियो ।

अस्पतालको दरबन्दीभित्रै रहेका ती स्वास्थ्यकर्मीलाई अपर्झट निकालेसँगै वीर अस्पतालमा सेवा एकाएक खुम्चिन पुगेको हो। यसले गर्दा विशेष गरी आईसीयू र आकस्मिक कक्ष तथा विभिन्न प्रकारका अप्रेसन सेवामा प्रभाव पारेको छ ।
८३१ मध्ये लोकसेवाबाट २४६ नर्स र केही विशेषज्ञ चिकित्सक पुगे पनि ५६६ नर्समा २४६ बाहेक अरु पोस्ट खाली छ।

लोकसेवा बाटै वीरमा खाली दरबन्दीमा कर्मचारी राख्ने योजना रहेको भए पनि सेवा दिइरहेका धेरै स्वास्थ्यकर्मीलाई एक्कासी निकाल्ने निर्णय गर्न स्वास्थ्यमन्त्रीले नै निर्देशन दिनु गल्ती भएको एक उच्च अधिकारी बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np