ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सर्वेक्षण बुटवलमा : युवाको अपेक्षा स्वदेशमै टिकाउ र बिकाउ

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

बुटवल, १९ असोज ।

पछिल्लो समय नेपालबाट विदेश पलायन हुने युवाहरुको सङ्ख्या निकै बढेको छ । यसै विषयलाई मध्यनजर गरी युवा शक्ति स्वदेशमै परिचालन गर्न र युवाहरुलाई उद्यममा जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले युवा लक्षित युवा स्वरोजगार कार्यक्रम ल्याएको छ ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सर्वेक्षण तथा छलफलको आयोजना लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र प्रदेश युवा परिषदद्वारा बुटवलमा आयोजित मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सर्वेक्षण कार्यक्रममा उद्यममा युवाहरुको अवसर चुनौती र सरकारको आवश्यक समन्वय विषयमा उद्यमशील युवा र सरोकारवालहरुसँँको छलफलमा सहभागी युवाहरुले सरकारप्रति युवाहरुको कुण्ठैकुण्ठा भएको गुनासो गरे । युवा संरक्षण र परिचलनको लागि सरकारले कुनै पनि पहल नगरेको कार्यक्रममा सहभागी युवा उद्यमीहरुको आरोप छ ।

कृषिकै क्षेत्रमा पनि अनुदानको नाममा हुँदा खाने भन्दा पनि हुने खानेहरुको लागि मात्रै अनुदान पाउँछन्, जो दिनरात खेतमै समय बिताउँछन्, असल कृषकहरु राज्यमा पहुँच नभएको कारण अनुदान पाउँदैन, त्यसकारण पहुँचको आधारका वितरण हुने अनुदानले झनै भष्ट्राचार भएको बताउँदै सरकारले दिने अनुदान बन्द गर्नुपर्ने युवाहरुले बताए । सरकारले किसानको उत्पादन र उत्पादित वस्तुको उचित मूल्य र बजारीकरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुको भनाई छ । युवाको सिप र क्षमतालाई सरकारले पहिचान गर्न नसकेको कारण विदेशीने युवाहरुको सङ्ख्या बढेको कार्यक्रममा सहभागी पाल्पाका युवा उद्यमी विज्ञान घिमिरेले बताए ।

पछिल्लो समय विश्व जगतमा नयाँ नयाँ प्रविधि भित्रिएसँगै नेपालका युवाहरुले पनि उक्त प्रविधि प्रयोग गरिरहेका छन् र किसानले उत्पादन गरेका हरेक वस्तु डिजिटल मार्केटिङ अर्थात अनलाइन एप मार्फत प्रचार र बिक्री पनि गरिरहेका छन् यसमा प्रदेश सरकारले समन्वय गरी आवश्यक सहयोगको अपेक्षा रहेको उनीहरु बताउँछन ।

कार्यक्रममा योजना आयोग लुम्बिनी प्रदेश उपाध्यक्ष डा. नहकुल केसीले प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको छलफलमा युवा लक्षित नयाँ कार्यक्रमहरु सरकारले ल्याएको बताए । उनले भने, “तर अब युवा र सरकारको पारस्परिक सम्बन्ध हुन आवश्यक छ ।” उनले युवालाई बिदेश पलायन हुनबाट रोक्न र युवा शक्तिलाई स्वदेशमै परिचालन र संरक्षण गर्न युवाहरुको सल्लाह अनुसार अझै थप कार्यक्रम अगाडि सार्ने समेत बताए ।

युवा परिषद् लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द बहादुर खत्रीले कार्यक्रमबारे प्रकाश पार्दै युवाहरुलाई टिकाउने र उनीहरुको सीपलाई बिकाउने खालका कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउँदै युवा श्रमको सम्मान गर्नुपर्ने बताए । पर्यटन विकास परिषद्का निर्देशक रामु जोसीले छलफलका क्रममा उठेका प्रश्नहरुको प्रतिउत्तर दिँदै देश समृद्ध हुनको लागि युवाहरु मुख्य भूमिका रहेको बताउँदै युवा उद्यमशिल भएर आर्थिक रुपमा बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने र समृद्ध राष्ट्रको परिकल्पना साकार हुने बताए । उद्यमको क्षेत्रमा तीनै तहको सरकारले युवसँग प्रत्यक्ष जोडिएर काम गर्ने र राज्यमा पहुँच हुनेगरी समन्वय गर्ने निर्देशक जोसीले बताए ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खानलले सरकाले युवाहरुको सीप पहिचान हने गरी डाटा संकलन गरी क्षमताको आधारमा श्रमको सम्मान गरी उचित पारिश्रमिक दिने निति ल्याउन जरुरी रहेको बताए । त्यस्तै तालिम तथा युवा रोजगार व्यवसाय महासंघका अध्यक्ष ठाकुर घिमिरे युवाहरुलाई उद्यमका तालिम पश्चात पनि आवश्यक साधन र स्रोत जुटाउन सरकारले सहयोग गर्नुपर्ने बताए । उक्त कार्यक्रममा बिभिन्न उद्यमहरुबाट प्रतिनिधित्व गर्दै ३० जना बढि उद्यमीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?