ट्रेंडिंग:

>> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी

गुल्मीको रेसुङ्गा र मदाने क्षेत्रः दुर्लभ ३५ प्रजातीका चराको बासस्थान

रेसुङ्गा वन क्षेत्रमा गरिएको चरा सर्भेक्षण अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू मध्ये रेसुङ्गा र मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्द, क्षेत्र समिति चराहरू, कस्मेरी मट्टा र काँडे भ्याकुर लगायतका दुर्लभ प्रजातीका चराहरू रहेको भेटीएको छ ।
१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

गुल्मी, १७ असोज । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र यतिबेला दुर्लभ चराहरूको मुख्य बासस्थान बन्दै जान थालेको छ । विश्वमा पाईने दुर्लभ चराहरू मध्य छ प्रजातीका चराहरू गुल्मीमा भेटीएपछि गुल्मीलाई यतिबेला दुर्लभ चराहरूको जिल्ला भनेर चिनिन थालेको छ । गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरू फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिएका छन ।

दुर्लभ प्रजातिका चराहरू मध्य रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल रहेका छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाईने काँडे भ्याकुर रहेको छ । नेपालमा पाईने ८ सय ९२ प्रजातिका चराहरू मध्य गुल्मीमा ३५ प्रतिशत विभिन्न प्रजातिका चराहरू फेला परेका हुन । गुल्मीको रेसुङ्गा वन क्षेत्रमा पछिल्लो अध्ययन अनुसार २ सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २ सय ७२ प्रजातिका चराहरू फेला परेका छन ।

जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो अध्ययन अनुसार गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा ३ सय ५ प्रजातिका चराहरू भेटिएका हुन । यो संख्या नेपालमा पाईने चराहरू प्रजातिको संख्या अनुसार ३५ प्रतिशत रहेको छ । रेसुङ्गा र मदाने संरक्षीत वन क्षेत्रमा दुर्लभ प्रजातिका चराहरूको संख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताए । रेसुङ्गा वन क्षेत्रमा गरिएको चरा सर्भेक्षण अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू मध्य रेसुङ्गा र मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्द, क्षेत्र समिति चराहरू, कस्मेरी मट्टा र काँडे भ्याकुर लगायतका दुर्लभ प्रजातीका चराहरू रहेको भेटीएको छ । विश्वमा नेपालमा मात्र पाईने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाईन्छ । यसको संरक्षणका लागि अति संकटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्न स्थानीय जनप्रतिनिधिहरूको भूमिका थप महत्वपूर्ण रहने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जिवन पँगेनी बताए ।

नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरूको खोजी गरि वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरूलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जिवीकोपार्जन कार्यक्रम समेत लागु गरिएको छ । संस्थाले गत छ वर्षदेखि गुल्मीको रेसुङ्गा तथा मदाने वन संरक्षण क्षेत्रमा जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यकम समेत सञ्चालन गर्दैै आएको छ । नेपाल पंक्षी संरक्षण संघले जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरि कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।

गुल्मीलाई भविष्यमा चरा पर्यटकको रूपमा विकास गर्नका लागि पनि वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा क्षेत्रको प्रचार प्रसारका लागि यस पटक नगरपालिकाले ‘‘जाउँ हिँड रेसुङ्गा’’ भन्ने अभियान सञ्चालन गरेको छ । उनले चरा पर्यटकीय क्षेत्रको रूपमा पनि गुल्मीलाई विश्वमा चिनाउन सकिने कुरामा जोड दिएका छन । दुर्लभ प्रजातिका चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती पनि थपिएको छ । जस अन्र्तगत चराको मुख्य बासस्थान, खानेपानीको अभाव, वन–डढेलो, विद्युतीय प्रशारण लाईन र वन्यजन्तु एवं चराचुरुङ्गीहरूको अवैध शिकार जस्ता कारणहरू मुख्य समस्याका रूपमा रहेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?