ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
शिक्षा / स्वाथ्य

विद्यालयमा अनिवार्य सूचना अधिकारी

१२ आश्विन २०८०, शुक्रबार ०४:५०
१२ आश्विन २०८०, शुक्रबार ०४:५०

नवलपरासी, १२ असोज । जिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हक प्रत्याभूति गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई अभिभावक तथा आमनागरिकले सूचना माग गर्दा कुन ब्यक्तिसँग माग गर्ने गरि विद्यालयमा सुचना अधिकारी तोक्न पत्राचार गरेको हो ।

नगरपालिकाको सूचनाका लागि नगरमा सूचना अधिकारी पहिला देखि नै रहेको नगरपालिकाले जनाएको छ । तर नगरक्षेत्र भित्रका अन्य निकायमा अहिले सुचना पाउन सहज होस भनेर विद्यालयहरूमा सुचना अधिकारी तोक्नका लागि विद्यालयलाई निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । विद्यालयका सुचना माग गर्न नगरपालिकाको शिक्षा शाखामा आउन परेको समस्या हटाउनका लागि सम्बन्धित विद्यालयमै सूचना अधिकारीको ब्यवस्था मिलाउन लागिएको हो ।

नगरपालिका र वार्ड कार्यालयको धेरैजसो सुचना नगरपालिकाबाटै उपलब्ध गराउन सकिन्छ, उनले भने, तर विद्यालयहरूको सुचना स्थानीयस्तरमै सम्बन्धित विद्यालयले उपलब्ध गराई दिएपछि नगरबासीलाई नगरपालिका धाउन पर्दैन । विद्यालयसँग सम्बन्धित धेरै सुचनाको भार पनि हुन्छ, उनले थपे, नगरपालिकाको सुचना अधिकारीबाट सूचना माग गर्दा सूचना अधिकारीले शिक्षासँग समन्वय गरि माग गरेर उपलब्ध गराउनु पर्छ । शिक्षा शाखासँग पनि विद्यालयका सबै सूचना राख्ने गरिएको छैन । विद्यालयमा एक प्रकारको विद्यालय प्रशासन नै रहेको छ, त्यहाँ पनि विद्यालय ब्यवस्थापन समिति रहेको छ । अन्य समूहहरू रहेका छन् । आयब्ययका लागि विभिन्न स्रोत विद्यालयसँगै हुन्छ । यस्ता विभिन्न प्रकारको सुचना मगाएर नागरिकलाई उपलब्ध गराउनु भन्दा सम्बन्धित विद्यालयमै सूचना अधिकारी तोकिएपछि विद्यालयलाई नै सुचना दिईने जिम्मेवारी लिन्छ । सुचना उपलब्ध नगराए सोही संस्था नागरिक प्रति उत्तरदायी हुन्छ ।

सुचना उपलब्ध नगराए सम्बन्धित विद्यालयकै सुचना अधिकारीलाई आधार बनाई सुचना आयोगमा अपिल गर्न मिल्छ । विद्यालयमा सूचना माग गर्दा शिक्षा शाखामा पठाउने र शिक्षा शाखाले सम्बन्धित विद्यालयसँग सुचना माग्दा विभिन्न बहानामा ढिलाई गर्ने गरेको पनि जनगुनासो रहेको छ । सो अवस्थाको अन्य गर्नका लागि पनि नगरक्षेत्रका सबै विद्यालयलाई सुचना अधिकारी तोकेर जिम्मेवार कर्मचारीको विवरण नगरपालिकामा पठाईदिनु पर्छ । नगरपालिकाले आफ्नो वेभसाईटमा ति कर्मचारीको सम्पर्क नम्बरहरू सार्वजनिक गरिदिन्छ । त्यसले गर्दा आम नागरिकलाई शैक्षिक सुचना प्राप्त गर्न सहज हुने भनाइ प्रमुख प्रशासकिय अधिकृत अर्यालको थियो ।

नगरपालिकाबाट उपलब्ध हुने खालको धेरै जसो सुचना नगरपालिकाको डिजिटल प्रोफोफाईल मै रहेको छ । ती डिजिटल प्रोफाईल भन्दा थप सुचनाका लागि शिक्षा शाखा मार्फत लिन सक्ने छन् । त्यो भन्दा अझै सहज ढंगले सुचना पाउने प्रणालीको विकास यो विद्यालयमा सुचना अधिकारी तोकिए पछि हुने विश्वास उनले ब्यक्त गरेका थिए । विद्यालय तहसम्मै सुचना अधिकारी तोकेर सुचना उपलब्ध गराउने कार्यको ब्यवस्थापनमा लाग्ने जिल्लाको सम्भवतः पहिलो नगरपालिका रहेको छ । त्यसै गरि डिडिटल प्रोफाईल बनाई वेभसाईटमा सुचना राख्ने गरिएको ग्राफिक विश्लेषण सहितको सूचना राख्ने जिल्लाको सुस्ता पछि रामग्राम नै भएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताएका थिए । अहिलेको विद्यालयबाटै सुचना उपलब्ध गराउन नगरपालिकाले पहल थालेको छ, उनले भने, पछि अन्य स्वास्थ्य तथा सहकारी लगायतका सार्वजनिक तथा आम सरोकारका विषयसँग सरोकार राख्ने संस्थाको सुचना पाउनका लागि पनि सम्बन्धित निकायलाई कृयाशिल बनाउदै लैजाने नीति रहेको छ ।

कुनै प्रकारको सूचना पाउन मानवअधिकार मात्रै नभई नेपालको संविधान २०७२ ले मौलिक हकको रूपमा उल्लेख गरेको छ । सूचना पाउनका लागि सुचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ पनि विगत मै बनिसकेको छ । सूचना प्रभावकारी ढंगले नागरिकले पाउन भनेर नै सुचना आयोगको पनि गठन भएको छ । सरकार वा सरकारसँग सम्बद्ध सबै निकायले आम नागरिकलाई सहज ढंगले सुचना उपलब्ध गराउनु पर्छ । जुन कार्यलाई विस्तारित स्वरूप प्रदान गर्नमा रामग्राम नगरपालिकाले अग्रसरता देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?