ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
पर्यटन

प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने

१० आश्विन २०८०, बुधबार १८:०६
१० आश्विन २०८०, बुधबार १८:०६

दाङ,१० असाोज ।

४४ औं विश्व पर्यटन दिवसका अबसरमा उपमहानगरपालिकाले प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेको छ । नगर स्तरीय पर्यटन तथा संस्कृती प्रबद्र्धन समितिले नगरपालिका भित्र बनाएका कृत्रिम जलाशयहरुलाई प्रचारप्रसारमा ल्याउने गरि पर्यटकिय गन्तव्य बनाउने घोषणा गरेको हो । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा जम्मा एक सय जलाशय र सिमसार रहेका छन् ।

घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको बाह्रकुने बराहक्षेत्र, सोही वडामा रहेको ज्यामिरे दह, घोराही उपमहानगरपालिका– १र २ मा पर्ने चेपे दह, सोही वडामा पर्ने चरिङ्गे दह, घोराही उपमहानगरपालिका– १मा पर्ने भोटे दह, सोही वडाको अठइसेमा रहेको किचेनी दह, घोराही उपमहानगरपालिका– १०मा रहेको जलौरामा रहेको धोबघाट ताल, घोराही उपमहानगरपालिका– ९ मा रहेको पर्सेनी ताल, घोराही उपमहानगरपालिका– ४ मा रहेको सुकी दह, घोराही उपमहानगरपालिका– १७ मा पर्ने आरोग्य ताल, सोही वडामा पर्ने राधाकृष्ण शीतल जलाशय जस्तै अन्य ताल र जलाशयलाई व्यबस्थित गर्ने योजना रहेको पर्यटन शाखाका प्रमुख बालकृष्ण खनालले जानकारी दिए । अहिले घोराहीभित्र रहेका जलाशयबाट किसानहरुले सिचाई गरिरहेका छन् भने स्थानीयहरुले माछा पालन गरेर आम्दानी गर्दै आएका छन् । त्यसैगरी पर्यटन प्रबद्र्धन गर्दै गन्तव्यका रुपमा विकास गर्न डुंगा सञ्चालन गर्ने, घुम्न, रमाइलो गर्न, फोटो खिच्ने गरि पूर्वाधारहरु तयार पारेर आन्तरीक तथा बाह्य पर्यटकहरुको गन्तव्य बनाउने योजनाका साथ दिवसलाई मनाईएको शाखा प्रमुख खनालले जानकारी दिए ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले प्राकृतिक श्रोत साधनलाइ संरक्षण गरेर पर्यटकिय स्थलका रुपमा का गर्नुपर्ने बताइन् । घोराहीमा रहेका प्राकृतिक र कृतिम सम्पदालाई संरक्षण गर्ने र पर्यटन स्थलका रुपमा अगाडि बढाउने कुरामा सधैं सकारात्मक रहेको बताइन् ।
पर्यटन समितिका संयोजक रमेशकुमार पाण्डेयले आन्तरिक र बाह्र पर्यटक आकर्षण गर्ने पूर्वाधार निमार्ण गरेर आएआर्जनसंग जोड्नु पर्ने बताए । पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, पर्यटन शाखाका प्रमुख बालकृष्ण खनाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम सहित कर्मचारी, पत्रकारहरुको टोलीले बुधबार आधा दर्जन कृत्रिम जलाशयहरुको अध्ययन अबलोकन गरेर पर्यटन दिवस मनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?