ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

सैनामैना व्यापार संघको अध्यक्षमा सुरेन्द्र पौडेल

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ । आत्मनिर्भर अर्थतन्त्र विकासको लागि राज्यले उद्योगी÷व्यवसायीलाई संरक्षण गर्दै अगाडि बढनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् । आर्थिक विकासका लागि राज्यको सहयोगी बन्न आफूहरु तयार रहेको उनीहरूको जोड छ । सैनामैना व्यापार संघको सातौं साधारण सभा तथा पाँचौ विशेष अधिवेशनमा बोल्दै व्यवसायीहरू कोरोना कहर र आर्थिक मन्दीले व्यवसायिक क्षेत्र निकै प्रभावित भएको बताउँदै व्यवसायिक हितको लागि राज्यले पनि सघाउनुपर्ने बताए ।
नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले राज्यले उद्योगी व्यवसायीलाई संरक्षण गर्न सक्ने खालको नीति बनाउनुपर्नेमा जोड दिए । ढकालले व्यवसायीमैत्री नीति नबन्दा पलायन हुने अवस्था आएको बताए । संघका सल्लाहकार एवं सैनामैनाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले सहज र सुलभ ऋण पाउने ब्यवस्था नहुदा व्यवसायी तथा उधोगीहरु धरासायी हुँदै आएको बताए । उनले सरकारले सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गर्ने सरकारको निितले नेपाली व्यवसायीलाई राहत भएको र भारतीय ब्यापारीको रुवाबासी भएको बताए ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक टंकप्रसाद पोखरेल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, उद्योग वाणिज्य संघ सैनामैनाका अध्यक्ष प्रेम बहादुर खडकालगायतले बोल्दै सैनामैनाको समृद्धिमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
अधिवेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, द्वितीय उपाध्यक्ष हरिलाल न्यौपाने, महासचिव भिम प्रसाद सुबेदी, कोषाध्यक्ष पुष्पा पौडेल, सह–कोषाध्यक्ष प्रेम थापा, उपमहासचिव गोविन्द पोखरेल, सचिव चाम बहादुर क्षेत्री र सहसचिव खिमलाल घिमिरे रहेका छन् । सदस्यहरुमा चन्द्र प्रकाश वन, जनक गौतम, रमेश बस्याल, माधव पौडेल, कमला अधिकारी, डण्डापानी ढकाल, गंगाराम अर्याल, माया पन्थी ज्ञवाली, विष्णु प्रसाद घिमिरे र ज्ञानेश्वर पौडेल रहेका छन् । अधिवेशनले शिव प्रसाद भुषाल संयोजकत्वमा रहेको तीन सदस्य लेखा समिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?