ट्रेंडिंग:

>> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ
सम्पादकीय

स्तनपान अधिकार कुण्ठित नहोस्

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएको विश्व स्तनपान सप्ताहको आज अन्तिम दिन । यो बर्षको नाराले कामकाजी महिलाहरूलाई लक्षित गरि नानी बाबुलाई स्तनपान गराउन महत्वपूर्ण सन्देश दिएको छ । नवजात शिशुका लागि आमाको दुध कति पोषणयुक्त हुन्छ भन्ने नजान्दा विश्वमा धेरै नावालक वालबालिकाको मृत्यु हुने गरेको छ । नेपालकै सन्दर्भमा समेत स्तनपानको महत्व नवुझ्दा धेरै आमाहरूले शिशुलाई दुध खुवाउन अनिच्छा देखाउँदै आएका छन । अझै आफू सुन्दर देखिने नाममा बच्चालाई दुध नचुसाउने गरेको पाइएको छ । यसरी नवजात शिशुको आमाको दुध पिउन पाउने अधिकारको जानेर वा नजानेर हनन् भैरहेको छ । जसका कारण धेरै शिशु अकालमा मृत्युको मुखमा पुग्न विवस भएका छन । स्तनपान अमृत समान हुने गरेको वैज्ञानिक पुष्टी भैसकेको सन्दर्भमा यसको महत्वका विषयमा अझै आमाहरूलाई जानकारी दिनु जरुरी छ ।

नवजात शिशुलाई पोषणको नाममा विभिन्न किसिमका बजारीय दुध खुवाउने क्रम बढ्दो छ । त्यस्ता पाउडर दुधले एकातिर शिशुको स्वास्थ्यमा असर पुगिरहेको हुन्छ भने अर्कोतिर त्यसका कारण अनेकथरि रोगको शिकार समेत हुने गरेको धेरै उदाहरण छन । शिशुलाई आमाको दुध नै सर्वोत्तम हुने भएपनि त्यसको विषयमा धेरै जानकारी नहुँदा आमाहरूले शिशुहरूलाई रोगी र कमजोर वनाउँदै लगेका छन । ६ महिनासम्म बच्चालाई सहि तरीकाले स्तनपान गराउँदा पनि त्यो अमृत समान हुन्छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने हुनसक्छ । बच्चालाई दुधको मात्रा पु¥याउन क्याल्सीयम युक्त खानेकुराहरू पनि दिनुपर्ने जरुरी छ । जेहोस स्तनपान सप्ताहको यो अवसरमा नेपालमा पनि आमाहरूले आफ्ना शिशुहरूलाई सही रूपमा स्तनपान गराएर शिशुको स्वास्थ्यमा गंभीर ध्यान दिनुपर्दछ । त्यसका लागि फेरिपनि स्तनपानको महत्वका विषयमा ग्रामिण क्षेत्रदेखि शहरसम्म महिलाहरूमा सचेतना बढाउनु आवश्यक देखिएको छ ।

अर्कोतर्फ कामकाजी आमाका लागि कार्यस्थलमा स्तनपान कक्ष नहुँदा ६ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको अवस्था छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरूपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी स्तनपान गराउनेको संख्यामा १० प्रतिशतले कमी आएको छ । कामकाजी महिलाले सुत्केरीबाट काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने हुन्छ । तर, विभिन्न कारणले कार्यस्थलको सुरक्षा अभाव देखिएको छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने चिकित्सकहरूको भनाई छ । यो बर्ष स्तनपान दिवस मनाउँदै गर्दा र दिवसको समापन हुँदै गर्दा दिवस केवल औपचारिकतामात्रै नबनोस् । दिवसको मनाउनुको सार्थकता नतिजामा देखियोस् । प्रत्येक शिशुको स्तनपानको अधिकार कुष्ठित नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np