ट्रेंडिंग:

>> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा

९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुर्नताजगी तालिम शुभारम्भ

७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

बुटवल, ७ साउन  ।  पर्यटन उद्योगका रुपमा परिचित होटल ब्यवसायीहरुको सेवालाई मर्यादित र गुणस्तरीय बनाउने उद्येश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले तालिमहरु चलाउन थालिएको छ । युवाहरुमाझ आर्कषण रहेको बारिष्ठा तालिम गरेको संघले होटल ब्यवस्थापन सम्बन्धि तालिम शुरु गरेको छ । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (ईन्योर) दोस्रो चरण र रुपन्देही उद्योग संघको सहकार्य तथा एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा ९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुर्नताजगी तालिम शुभारम्भ गरिएको हो ।

कार्यक्रमको होटल तथा रेष्टुरेन्ट महासंघ केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठले उद्घाटन गर्दै पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानी ह्वात्तै बढेको बताए । बजारको माग अनुसार होटललाई ब्यवस्थित र सेवालाई गुणस्तरीय बनाउन नियमित तालिम जरुरी रहने उनले बताए । सिकाई कहिले नसकिने भन्दै उनले तालिमबाट ब्यवसायीहरुको सेवालाई गुणस्तरीय बनाउन मद्यत मिल्ने दाबी गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उद्योगीको हकहितसंगै औधोगिक विकासमा आफुहरु अग्रसर रहेको बताए । उद्योगीहरुलाई उद्यमसिल बनाउन संस्थागत सहकार्यमा धेरै तालिमहरु दिन सफल भएको उनले बताए । अहिलेसम्म वाईरिङ, होटल ब्यवस्थापन, बेल्डिङ तालिम जस्ता युवाहरुको क्षमता अभिवृद्धिका तालिमबाट धेरैले लाभ लिन सफल भएको उनले बताए । प्राविधिक शिक्षा र औधोगिकरण बिना देशको विकास हुन नसक्ने दाबी गर्दै उनले यसमा सरकारको ध्यान जानुपर्ने बताए । ब्यवहारिक र आवश्यकताको आधारमा तालिम दिन जरुरी रहेको उनले बताए । सरकार निजि क्षेत्रसंगको सहकार्यमा नीति बनाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले निर्वाचित भएर आएसंगै तालिमको अभियानलाई प्राथमिकतामा राखेको बताए । बारिष्ठा, ब्यवस्थापन हुँदै निरन्तरण तालिमलाई जोड्दै जाने उनले बताए । होटलको ब्यवस्थापन तालिम लगत्तै कुक, वेटर, डिक्स वास लगायतका तालिम चलाउने योजना रहेको उनले बताए ।

प्रालिका प्रबन्ध निर्देशक जिएन गुरुङले दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित स्थापित संस्थाबाट वर्षेनी धेरै युवाहरु तयार भएको दाबी गरे । दुई दशकमा १० हजार जना भन्दा बढिलाई तालिम दिन सफल भएको उनले बताए । होटल ब्यवस्थापनमा भित्रिएका नया प्रविधि, अतिथि सत्कार, क्वालिटी डेलिभर लगायतका विषयहरुलाई ७ वटा भागमा बाडेर कोर्ष तयार गरिएको छ । दैनिक ५ घण्टाको दरबाट ९ दिनसम्म प्रशिक्षार्थीले तालिममा भागलिने छन ।

तालिमको धेरै माग रहेको भन्दै तालिम तथा शिक्षा संयोजक माधव ढकालले २० जना ब्यवसायीहरुलाई सहभागी गराईएको बताए । वर्षभरि नै निरन्तर पालो गरेर दक्षता अभिवृद्धि र सीप विकासका तालिम चलाउने उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले समयको माग अनुसार उत्कृष्ट कार्य भएको बताए । दैनिक ५ घण्टाका दरले ९ दिनसम्म चल्ने तालिममा होटल ब्यवस्थापनमा अनुभवी प्रशिक्षक राजेन्द्र पौडेलल् सहजिकरण गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np