ट्रेंडिंग:

>> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे

किन पास नलिइ गुड्छन् सेतो प्लेटका गाडी ?

७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

बुटवल, ७ साउन ।  शनिबार सरकारी कार्यालय बन्द हुन्छन्् । नयाँ आर्थिक बर्ष पनि सुरु भएको कारण अनुगमन लगायतका कुनै पनि कार्यक्रम हुँदैनन् । तर अनुगमनको नाम राखेर रूपन्देहीमा सरकारी गाडीकोे दुरूपयोग गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, रूपन्देहीको बा २ झ १०१० नम्बरको सवारी साधान ‘सवारी पास विना’ पाल्पाको नुवाकोटसम्म लगेरसवारी साधन दुरूपयोग गरिएको आरोप छ । उक्त गाडीको जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट कुनै पनि पास जारी गरिएको थिएन । शनिबार बिहान बुटवल– पाल्पा बसन्तपुर केवलकार चढ्नको लागि शिक्षा मन्त्रालयका केही व्यक्तिहरू र रूपन्देहीका निजी स्कुलका सञ्चालक राखेर शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकालले उक्त गाडी प्रयोग गरेका थिए । त्यसपछि नयाँ गाउँ लगायतका क्षेत्र हँुदै खाना खाने भन्दै पाल्पाको नुवाकोटसम्म लगेका थिए ।

प्रमुख ढकालले नीजि विद्यालयको अनुगमनमा निस्कीएको र सोही अनुसार खाना खान नुवाकोट गएको दाबी गरेका छन् । तर जिल्ला प्रशासन कार्यालयबाट उनले स्वीकृती नलिएको पाइएको छ । शनिबार पाल्पाको नुवाकोटमा रहेको ‘अर्गानिक गाउँले चुलो’ अगाडि पार्कीङ्गमा भेटिएको थियो ।
उक्त गाडी पार्कीङ्ग गरि राखीएको देखेपछि पत्रकारहरूले शनिवारको दिन पासको विषयमा सोधपुछ गरेका थिए ।
बुटवलदेखि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ नुवाकोट करिव ११ किलोमिटर टाढा रहेको छ । रूपन्देहीको नीजी विद्यालयको अनुगमन गरिएको दाबी गर्दै प्रमुख ढकालले खाना खाना गएको बताए । संवाददाता संगको कुराकानीमा उनले भने –‘स्कलर्स होम बोडीङ्ग अनुमगन गरी नयाँ गाउँको स्कुल पनि हेरिएको हो ’ ।

पाल्पा नुवाकोटामा शनिवार नै अर्घाखाँची जिल्लाको सिंचाई डिभिजनको गाडी समेत भेटिएको थियो । सवारी चालक र केही मेकानिकहरू रहेको सेतो नम्बर प्लेटको बागमती प्रदेशको वि ए बी ९२५१ नम्बरको सवारी साधन समेत दुरुयोग गरेको पाइएको छ ।
उक्त गाडी सिंचाई डिभिजन अर्घाखाँचीको रहेको पुष्टी भएको छ । सवारी साधन बनाउनको लागि ल्याएको माईलेज टेष्ट गर्न नुवाकोट डाडाँमा आएको दावि चाकलले गरेका थिए । उक्त सवारी साधनको लागि पनि कुनै पनि सवारी पास जारी गरिएको थिएन । रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले शनिवारको दिन कुनै पनि सरकारी सवारी साधनको दुरूपयोग गर्न नहुने बताउँछन् ।
उनले जिल्ला प्रशासन कार्यालयबाट काम विशेषको विवरण खुलाएर मात्रै पास लिएर हिँड्डुल गर्नुपर्ने बताउँदै शनिवार शिक्षा विकास तथा समन्वय इकाईको गाडीलाई कुनै पनि पास जारी नगरिएको बताए । उनले भने–‘सवारी साधन दुरुयोग गर्न पाईदैन, पास लिएर काम विशेषले मात्रै हिँड्नुपर्ने नियम रहेको छ । यता, ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np