ट्रेंडिंग:

>> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना

वातावरणीय जोखिममा बाल अधिकार

२९ भाद्र २०७८, मंगलवार
२९ भाद्र २०७८, मंगलवार

संयुक्त राष्ट्रसङ्घ ’बाल अधिकारसम्बन्धी महासन्धि १९८९’ ले तथा नेपालको ’बालबालिका सम्बन्धी ऐन, २०७५’ ले १८ वर्षभन्दा मुनिको उमेर समूह भएका मानवलाई बालबालिका भनी परिभाषित गरेको छ । बाल्यावस्था मानव जीवनको तीव्र विकास हुने संवेदनशील अवस्था हो । बाल्यावस्थामा मानिसले जस्तो शिक्षादीक्षा, रेखदेख र वातावरण प्राप्त गर्छ, त्यसले उसको भावी जीवनको बाटो र भावी समाजको प्रारूप तयार गर्ने भएकोले बालबालिकालाई परिवार, समाज र राज्यले विशेष ध्यान दिनुपर्ने हुन्छ । बाल वचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता जस्ता बालबालिकाका न्युनतम अधिकारहरुलाई संरक्षण गर्नकालागि संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि १९८९ पारित गरिएको थियो र यसलाई १९९० सेप्टेम्बर १४ मा नेपालले अनुमोदन गरि बालअधिकारको संरक्षणमा आफ्नो प्रतिवद्धता प्रकट गरिसकेको छ ।

महासन्धिको प्रावधानअनुसार नेपालले बालबालिका सम्बन्धि ऐन २०४८ कार्यान्वयनमा ल्याएको थियो । नेपालको संवैधानिक इतिहासमै पहिलोपल्ट अघिल्लो अन्तरिम संविधान २०६३ मा मौलिक हकअन्तर्गत बालबालिकाको हक समावेश गरिएको थियो र आधा दशक पछि बालबालिका संम्बन्धी राष्ट्रिय नीति २०६९ तयार गरिएको थियो । नेपालको संविधानमा बालअधिकारका मूलभूत सिद्धान्तसहित बालअधिकारका आधारभूत मान्यताहरुलाई स्पष्ट रुपमा अंगीकार गरिएको छ । संविधानको धारा ३९ मा मौलिक हकअन्तर्गत बालबालिकाको हकअधिकारलाई समावेश गरिएकोे छ । धारा ३९ को १० वटा उपधारामा बालबालिकाको विकास, संरक्षण, सहभागितालगायतको हकको प्रत्याभूति गरिएको छ । धारा ३९ को बालबालिकासम्बन्धी विषेष व्यवस्थाका अतिरिक्त अन्य ११ वटा धाराहरु प्रत्यक्ष वा परोक्ष रुपमा बालबालिकाको विकास र संरक्षणसँग सम्बन्धित छन् । साथै नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत बुँदा (ञ) को सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गतको उपबुँदा (५) मा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रुपमा ध्यान दिने भन्ने व्यवस्था उल्लेख भएको छ । संबिधानमा उल्लेखित व्यवस्थाहरुलाई कार्यान्वयन गर्नकालागि बालबालिका सम्बन्धि ऐन २०७५ तयार गरि कार्यान्वयनमा समेत आइसकेको छ ।

मानव जीवनमा बाल्यावस्था जैविक मानसिक र सामाजिक रुपमा महत्वपूर्ण अवस्था भएकोले यस अवस्थालाई बलियो बनाई योग्य मानिस तयार गर्नको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, कानून र नीतिहरुमा धेरै व्यवस्थाहरु गरिएका छन् । यस्ता व्यवस्थाहरु सुरक्षित जन्मन पाउने अधिकारदेखि लिएर उनीहरुको शिक्षा, स्वास्थ्य, संरक्षण, नाम, राष्ट्रियता, शोषणविरुद्ध संरक्षणजस्ता कुराहरुसंग सम्बन्धित छन् । बालबालिकाको शारीरिक मानसिक, सामाजिक विकास र उच्चतम हितकालागि वातावरणीय अधिकार निकै महत्वपूर्ण हुन्छ । प्राकृतिक वातावरण, प्राकृतिक श्रोतको उपलब्धता, श्रोतमा पहुँचजस्ता कुराहरुले बालबालिकालाई सबैभन्दा छिटो प्रभावित गर्ने गर्छ. र यस्ता कुराहरुले बालअधिकारका अन्य आयामहरू निर्धारण गर्ने गर्छ. तर यस्ता कुराहरु अहिलेसम्म निकै कम चासोमा परेका छन् ।

सबै ऐन कानूनहरुले बालबालिकाको बाँच्न पाउने अधिकारलाई प्राथमिकतामा राखेका छन् । संविधानको धारा ३९ उपधारा २ बमोजिम प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक प्राप्त छ । सर्वाङ्गीण विकासकालागि अभिभावकको साथ, माया र खानामात्र भएर पुग्दैन, स्वस्थकर वातावरण आवस्यक पर्छ । पर्याप्त र खुल्ला हरियालीयुक्त तथा प्रदुषणरहित वातावरण भएमामात्र बालबालिकाले स्वस्थ र स्वच्छ वातावरणमा हुर्कन पाउँछन् । खासगरी शहरी क्षेत्रमा बालबालिकाले यस्तो वातावरण गुमाईसकेका छन् । शहरहरु कंक्रिटका जंगल बनिरहदा घर वरपर खुल्ला, स्वच्छ र हरित स्थल त छैनन् नै, विद्यालयहरु पनि साँघुरा जेलजस्ता बनिरहेका छन् । साँघुरा घरहरुमा आन्तरिक प्रदुषण बढी हुने गर्छ, जसबाट बालबालिकाहरु नै बढी प्रभावित हुने गरेका छन् । विश्वभरी हरित विद्यालयको अवधारणा फैलिरहेको भएपनि नेपालका अधिकांश शहरी क्षेत्रमा रहेका विद्यालयहरुमा बालबालिकालाई उफ्रने ठाउँसमेत हुन छोडेको छ । शहरहरु प्रदुषित भैरहेका छन् र ट्राफिक समस्या पनि बढिरहेको छ, यस्तो अवस्थामा विद्यालय जाँदा र आउँदा प्रदुषणको चपेटामा पर्ने गरेका छन् ।

नेपालको संबिधानको धारा ३९ उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइनेछैन भन्ने उल्लेख छ । तर खानीभन्दा पनि अस्वस्थकर वातावरणमा शहरी बालबालिकाहरु बस्नु परिरहेको छ । नेपाल बालश्रम प्रतिवेदन २०२१ काअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेरका ११ लाख बालबालिकाहरु श्रमिकको रुपमा कार्यरत छन् । र यस्ता बालश्रमिकहरुमध्ये ८७ प्रतिशत कृषि क्षेत्रमा संलग्न छन् । ग्रामीण क्षेत्रमा कृषि मजदुरको अभाव छ । यस्तो अवस्थामा बालबालिकाहरु नै कृषि कार्यमा बढी संलग्न हुनुपरिरहेको छ । कृषि क्षेत्रमा विषादी र रासायनिक मलको प्रयोग बढ्दो छ, जसबाट बालबालिकाहरु प्रभावित नहुने कुरै रहँदैन । ईट्टा कारखाना, खानी, फोहर संकलनजस्ता क्षेत्रहरु बालबालिकाले नै धानिरहेका छन् । कानूनले उनीहरुलाई काममा लगाउन प्रतिबन्ध लगाएपनि गरिबीको कारणले उमेर लुकाएरसमेत जोखिमपूर्ण काम गर्न बालबालिकाहरु बाध्य छन् । यसले बालबालिकाको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमात्र खोसिएको छैन, अस्वस्थ नागरिकसमेत तयार भैरहेका छन् ।

बालबालिकाहरु विपदको जोखिमको बारेमा कम जानकार हुन्छन् । सम्भावित प्रकोप र त्यसबाट बँच्ने उपायको बारेमा धेरै जानकारी नहुने र सावधानीसमेत नअपनाउने भएकोले विपदबाट बालबालिकाहरु बढी प्रभावित हुने गरेको देखिन्छ । सर्पको टोकाइ, आगलागीमा परेर, पानीमा डुबेर मर्नेहरुमा बालबालिकाकै संख्या धेरै हुने गरेको छ । सुरक्षित किसिमले भाग्न नसक्ने भएकोले बाढी, पहिरो र भूकम्पमा मर्नेहरुमा बालबालिकाको संख्या उल्लेख्य हुने गरेको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ मा भूकम्प बाढीजस्ता प्राकृतिक प्रकोप र त्यसको असरबाट बचाउन बालबालिकालाई आवश्यक बासस्थानको व्यवस्था गरिने कुरा उल्लेख भएपनि बालबालिकालाई प्रकोपको जोखिमबाटै जोगाउने, उनीहरुलाई पुनस्र्थापित गर्ने, बालबालिका खेल्ने, हिँड्ने र पढ्ने ठाउँलाई जोखिममुक्त राख्ने बारेमा ऐन कानून र नीतिहरु मौन छन् । प्रकोपका हरेक घटनामा बालबालिकाले अविभावक गुमाइरहेका छन् । यस्ता प्रकोप प्रभावित अनाथ बालबालिकालाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा राज्य राहतका ८/१० हजारमा रुमल्लीइरहेको छ र बालबालिकाहरु प्रकोपको असह्य पीडा बोकेर बाँच्न बाध्य छन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहँुचको हक हुने कुरा उल्लेख छ भने बालबालिका सम्बन्धि ऐन २०७५ को दफा १३ ले प्रत्येक बालबालिकालाई उचित पोषण, सफा खानेपानी अधिकार सुनिस्चित गरेको छ. तर अहिलेपनि स्चच्छ खानेपानी र सरसफाइको अभाव गाउँदेखि शहरसम्म व्याप्त छ । जलवायु परिवर्तन तथा जलाधार क्षेत्रको दोहनको कारणले पानीका श्रोतहरु सुक्दै जाँदा खानेपानी समस्या गहिरिँदै गएको छ । पहाडी क्षेत्रका कतिपय वस्तीहरुमा पानीको अभाव हुँदा बालबालिकाहरुको अधिकांश समय पानीको जोहो गर्नमा खर्च हुने गरेको छ जसले उनीहरुको पढाइ र स्वास्थ्यमा असर परिरहेको छ । विद्यालयमा जाँदा घरबाट पानी लिएर जानुपर्ने, विद्यालयको शौचालयमा पानी नहुने, दिसा गर्न र पानी पिउनकालागि घर नै आउनुपर्ने अवस्थाले गर्दा बालबालिकाहरुले विद्यालय छोड्ने गरेका अप्रिय समाचारहरु बेलाबेलामा आईरहेका छन् । जलवायु परिवर्तनले गर्दा बालबालिकाको अनुकूलन क्षमतालाई कमजोर बनाइरहेको छ, जसले गर्दा आउँदा दिनहरुमा बालबालिकाको स्वास्थ्य समस्या अझ बढ्ने निश्चित छ ।

स्वस्थ जीवनयापनकालागि पर्याप्त खाद्यान्नको आवस्यक पर्छ । नेपालमा खाने मुखहरू बढिरहँदा कृषि उत्पादनमा वृद्धि हुन् सकेको छैन । खेतबारीहरु वस्तीमा परिणत हँुदा तराईका अन्न भण्डारमा अन्न कम भैरहेको छ । पहाडी क्षेत्रमा जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको कारणले पानीका श्रोतहरु सुख्खा हँुदैजाँदा खेतीपाती गर्न कठिन भएको छ र वन्यजन्तुको कारणले लगाएको खेतीपाती जोगाउन पनि धौधौ परिरहेको छ । खासगरी पहाडी क्षेत्रमा खाद्यान्न अभाव हरेक वर्ष दोहोरिने गरेको छ । यसले बालबालिकाहरु गर्भावस्थादेखि नै कुपोषित बनाइरहेको छ ।

बालबालिकाको पहिचान, शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा र सर्वाङ्गीण विकासकालागि राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐन कानूनहरु कार्यान्वयनमा आएका छन् र त्यसै अनुसार राज्यले कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ. प्रत्येक बालबालिकालाई बाँच्न पाउने अधिकार हुने कुरामा सबैको एकमत छ. तर बाँच्नको लागि स्वच्छ र स्वस्थ वातावरण, प्राकृतिक श्रोतको उपलब्धताको सुनिस्चितता, प्रदुषणमुक्त घर, विद्यालय र खेल स्थल, विपदबाट सुरक्षा, स्वच्छ खानेपानी र पर्याप्त भोजनको सुनिस्चितता जस्ता कुराहरुलाई बाल अधिकार र बाल कार्यक्रहरुमा प्रभावकारी रुपमा जोड्न सकिएको छैन । जबसम्म बालबालिकाले आवस्यक र दिगो प्राकृतिक वातावरण प्राप्त गर्न सक्दैनन्, तबसम्म उनीहरुले अन्य बालअधिकार उपयोग गरेर योग्य नागरिकको रुपमा हुर्कन सक्ने छैनन् । यो कुरा सबैले र बेलैमा बुझ्नु जरुरि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?