ट्रेंडिंग:

>> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन

चार दशकपछि हलिउडमा हड्ताल, पहिचान हुदै प्रशारण अर्थतन्त्रको समस्या

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

एजेन्सी, ३१ असार    ४३ वर्षको इतिहासमा गत हलिउडमा हडताल भएको छ । शुक्रबार करिब १ लाख ६० हजार संगठित कलाकार हड्तालमा उत्रिए । सन् १९६० देखि हलिउडमा कुनै पनि हड्ताल भएको थिएन । हलिउडका बादशाहहरुलाई दिइने तलब सुविधा र आफूले पाउने पारिश्रमिकबीचको अन्तर र स्ट्रिमिङ उद्योगबाट उचित रकम नपाइएको भन्दै उनीहरुले ११ हजार ५ सय पटकथा लेखकले सुरू गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

पटकथा लेखकहरूले आफूहरूको पेशा यान्त्रिक बौद्धिकता (एआई) का कारण संकटमा रहेको भन्दै हड्तालमा थिए । हड्तालबारे कलाकार युनियनका अध्यक्ष फ्रान डेस्चर भन्छन– ‘मैले द न्यानीमा अभिनय गर्दासम्म थोरै काम गर्दा पनि सबैले धेरै पैसा पाउँथे । अहिले त अनिश्चयको स्थिति छ ।’

यही समयमा हलिउडको परम्परागत व्यापारको थलो बक्स अफिस र टेलिभिजन च्यानल दुबै ध्वस्त छन् । महामारीपछि यस वर्ष चलचित्र व्यवसाय फस्टाउने अपेक्षा गरिएको थियो ।

महामारीको समयमा बन्द भएका सिने तथा नाट्यघर विस्तारै जुर्मुराउने अपेक्षा राखिएको थियो । सिनेघरहरूले यसको सांस्कृतिक औचित्यको पुनः पुष्टि गर्ने अपेक्षा लिइएको थियो ।

तर चलचित्रको टिकट बिक्री दर सन् २०१९ को तुलनामा हाल २१ प्रतिशतले कमी आएको बक्स अफिसको तथ्यांक राख्ने संस्था कमस्कोरको भनाइ छ । अमेरिका र क्यानडामा यस वर्षको हालसम्मको स्थितिमा ४ अर्ब ९० करोड डलरको टिकट बिक्री भएको छ ।

सन् १९८० को दशक, भीसीआरको जमानामा होस् वा महामारीको समयमा फस्टाएको ओटीपी चलचित्र तथा टेलिभिजन व्यवसायीहरूले केही न केही तनाव झेलिरहेका छन् । उनीहरू समस्या पहिल्याउँछन् तर समाधानका लागि कसैसँग कुनै उपाय भने छैन ।
‘स्पाइडर म्यान ः अक्रस द स्पाइडर भर्स’ को टिकट पनि उत्साहजनक रूपमा विक्री नभएपछि महँगा चलचित्रका निर्माता तथा त्यसमा काम गरेका कलाकार निराश छन् । त्यसको सुचीमा पर्ने चलचित्रहरु हुन् ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’, ‘एलिमेन्टल’, ‘द फ्ल्यास’, सजाम! फ्युरी अफ गड’, ‘द लिटल मेरमेड’ र ‘फास्ट एक्स’।

सन् २०२७ मा विश्वभर हलिउडको टिकट बिक्री ७ अर्ब २० करोड डलर पुग्ने अपेक्षा राखिएको छ । सन् २०१९ मै ७ अर्ब ९० करोडको टिकट बिक्री भएको थियो । टिकट व्यापार विस्तारै खस्किरहेको छ ।

सन् २०२७ मा केबल टेलिभिजन वा भू–उपग्रह टेलिभिजन घरमा राखेर पैसा तिर्नेको संख्या ५ करोड मात्रै हुने प्रक्षेपण गरिएको छ । सात वर्षअघि यो संख्या १० करोड थियो । हाल यो संख्या ६ करोड ४० लाखमा खुम्चिएको छ ।

‘परम्परागत शैलीमा टेलिभिजन हेर्नेहरूको संख्या हाल निकै खस्किएको छ’, प्रशारण विश्लेषक मिचेल न्याथनसन भन्छन् । ‘डिज्नी’, ‘एनबीसी युनिभर्सल’, ‘प्यारामाउन्ट ग्लोबल’, डिस्कभरी जस्ता च्यानलहरूले दशकदेखि नै नाफा आर्जन गर्न सकेका छैनन् । यिनीहरूको स्टक मूल्यमा अस्थिरताको परिणामले पनि त्यसको संकेत गर्छ । डिज्नीको शेयर मूल्य ५५ प्रतिशतले कमी आएको छ ।

यता एमटिभी, सिबिएस जस्ता च्यानल चलाउने प्यारामाउन्ट ग्लोबलको शेयर मूल्यमा पनि ८३ प्रतिशतले गिरावट आएको छ । बिहीबार मात्रै डिज्नीका सहायक च्यानलहरू एबीसी एफएक्सलाई बिक्री गर्ने निर्णय प्रमुख कार्यकारी रोबर्ट ए इगरले लिएका छन् ।

‘परम्परागत टिभी च्यानलको खस्कँदो बजारलाई हामीले आत्मसात गर्नैपर्छ । अर्को भाषामा भन्नुपर्दा यसको युगनै अब समाप्त भयो भन्दा हुन्छ’, उनले भनेका छन् । प्रशारणको दुनिँया अहिले फेरिएको छ । अब ग्राहकहरू डिज्नी प्लस, म्याक्स, हुलु, प्यारामाउन्ट र पिककतर्फ अघि बढेका छन् । त्यसैले हलिउडका ठूला कम्पनीले पनि अनलाइन प्रसारणतर्फ लगानी बढाएका छन् । नेटफ्लिक्सले यसको बजार कब्जा गरेको थियो । विस्तारै एमेजन आयो । अहिले एप्पल पनि यसमा जोडिएको छ ।

यदि मनोरञ्जन कम्पनी प्रतिस्पर्धी हुन चाहन्छन् भने अब एकमात्रै उपाय उनीहरुसँग छ । मनोरञ्जन दुनियाँ पनि अब प्रविधि कम्पनीको कब्जामा पुगेको छ । यो वास्तविकता हो यो कुनै अपमान होइन’, एप्पल र एमेजनलाई लक्षित गर्दै मिडिया भेट्रान ब्यारी ड्रिलर भन्छन् ।

मनोरञ्जन दुनियाँ अब सबैको हिस्सा हुने भएको छ । ‘मनोरञ्जन दुनियाँको व्यापार प्राथामिकताको नभएपनि अब सबैको हिस्सा हुँदैछ । प्रविधि कम्पनीको प्रभाव र प्रभुत्वको कारण विस्तारै उनीहरूकै कब्जामा पुग्नेछ’, ड्रिलरले भने ।

केही वर्षअघि नेटफ्लिक्सले सब्सक्राइबर खस्किएको प्रतिवेदन निकाल्यो । त्यसपछि वालस्ट्रिटको पनि यसमा मन जान थाल्यो । अहिले उसले सब्सक्राइबरको हिसाबकिताब र नाफाको मुल्यांकन राख्दैन । बक्स अफिस खस्कँदै जाँदा विस्तारै यसको बजार बढ्ने निश्चित नै छ ।

डिज्नी प्लस, प्यारामाउन्ट प्लस र म्याक्सका कम्पनी नाफामै छन् । तर उनीहरूले आफ्नो खर्च कटौती गर्दै १० औँ हजारको जागिर खारेज गरिदिए । तीनका स्टुडियोले पनि नयाँ कार्यक्रम उत्पादन गर्न छोडेका छन् ।

डिस्कभरीका अनुसार म्याक्स सन् २०२३ भित्र नाफामा जानेछ । डिज्नीले सन् २०२४ भित्र नाफामा पुग्ने बताएको छ । प्यारामाउन्टले भने नाफा घाटाको प्रक्षेपण गरिसकेको छैन । हाल कलाकारहरूको युनियनले गरेको मागका कारण अनलाइन प्रशारणको नाफामा केही असर पुग्ने चिन्ता प्रकट भइरहेको छ । ‘छोटो अवधिमा केही दुःख होला तर कलाकारका सबै माग पूरा हुने स्थितिमा अनलाइन प्रशारण उद्योगमा धेरै दुख आउनेछ’, हेल बेरी भन्छन् ।

अहिलेको अवस्थाले विनाशकारी र लामो गतिरोध इंगित गर्छ । ४० वर्षदेखि यो उद्योगमा रहेकाहरूले हलिउडमा अनौठो र अहिलेसम्मकै उच्च आक्रोश देखापरेको बताउँछन् । गत शुक्रबार केही कलाकारहरूले अनलाइन प्रसारणको चर्को विरोध गरे । उनीहरूले आफूहरूलाई भनिए अनुसारको र सम्झौता अनुसारको तलब नदिएको भन्दै विरोध जनाए ।

‘हामीलाई सम्झौता अनुसारको सुविधा पनि नदिने अनि हाम्रो माग वास्तविक धरातलमा नरहेको भनेर पनि आलोचना गर्ने कुरा सह्य हुँदैन’, डिज्नरले भनिन् ।

आगामी साताभित्र स्टुडियोहरुले लेखक तथा कलाकारसँगका सम्झौता रद्ध गर्ने तयारी गरेका छन् । उनीहरूसँग गरिएका सम्झौता पुनर्विचार गर्ने पनि तयारी छ । केही अप्रत्यासित स्थिति देखापरेको खण्डमा क्षतिपूर्तिबिनै गरिएका सम्झौता रद्ध हुनेगरी अब सम्झौता बनाउने तयारी स्टुडियोको छ । यसले राइटर्स गिल्ड अफ अमेरिका साग–आफ्त्रा र कलाकार युनियनलाई पनि प्रभाव पार्नेछ । यसले व्यापारलाई झन् ठूलो चुनौती थप्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?