ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

सहकारी मियो बन्दा, डुम्रेमा ‘दुग्ध क्रान्ति’

पाल्पाको डुम्रेमा चार पालिकाका किसानको दुध संकलन र बिक्री हुने गरेको छ । सहकारी मार्फत संकलन र बिक्री हुने गरेको दुधमा किसानले थप प्रोत्साहन रकम पाउने गरेका छन् । बर्षौदेखि उदाहरणको रुपमा संचालनमा रहेको सहकारीको यो मोडल अरु गाउँ–ठाउँका लागि देख्न, सिक्न र गर्न योग्य छ ।
२१ असार २०८०, बिहीबार
२१ असार २०८०, बिहीबार

पाल्पा, २१ असार
कुनै संस्थाले किसान केन्द्रित रहेर काम गर्दा कस्तो आर्थिक परिवर्तन देख्न सकिन्छ भन्ने उदाहरण पाल्पाको डुम्रेमा पुगेर देख्न सकिन्छ । जहाँ चार पालिकाका किसानहरु आफैले स्थापना गरेको संस्थासँग हातेमालो गर्दै गाउँमै स्वरोजगार सिर्जन गरिरहेका छन् । गाउँमा कृषि कर्मबाट पनि पैसा आउने वातावरण बनाउन सकिन्छ भन्ने उदाहरण देखाइरहेका छन्। जिल्लामा २०५१ सालमा स्थापना भएको डुम्रे दुग्ध कृषि सहकारी संस्था लि. किसानको सारथी बन्दा यो संभव भएको हो ।

उक्त सहकारीमा ती सय १० किसान आबद्द छन् । तिनाउ गाउँपालिका वडा नंं. ६ बाह्विसेक गिरीराज खनालले सहकारी आफुहरुका लागि बरदान भएको प्रतिक्रिया दिए । पुर्खौलीदेखि गाई पाल्दै आएका गिरीको गोठमा अहिले ३ वटा गाई छन् । उनले दैनिक ४० देखि ४५ लिटर दुध सहकारीसम्म ल्याउने गरेको बताए ।
सहकारीको मातहतमा दैनिक रुपमा २ हजार ५ सय लिटर दुध संकलन हुने गर्दछ । उक्त सहकारीको दुग्ध संकलन केन्द्रमा भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी, जनमैत्री कृषि सहकारी र माडी कृषि बहुउद्देश्यीय सहकारी गरी तीन सहकारी र ७ समुहले दुध संकलन गरी डुम्रे सहकारीमा दुध संकलन गरी पठाउने गरेका छन् । ति ७ समूहहरुमा छाप पशु विकास समिति, मदनपोखरा, जरेपिपल दुग्ध संकलन केन्द्र, तानसेन, पोरकनी दुग्ध संकलन केन्द्र, ढिमुरे, काशी भन्ज्याङ दुग्ध संकलन केन्द्र, तिनाउ ६, हटिया दुग्ध संकलन केन्द्र, तिनाउ ६, पुग्दी दुग्ध संकलन केन्द्र, तिनाउ ६, चिदी दुग्ध संकलन केन्द्र ६ रहेका छन् ।

संकलन भएको दुध माग अनुसार तानसेन, दमकडा, प्रभास, मिसन, जोडधार, गुल्मीको रिडीसम्म पुग्ने गरेको छ । दुध बिक्रीका लागि बजारको कुनै समस्या रहेको छैन् । सहकारीका संचालकहरुले आफ्नो धितो राखेर किसानलाई ऋण समेत उपलब्ध गराउँदै आएका छन् । किसानलाई २ वटा फरक फरक बैंकबाट ९.९५ प्रतिशत र ६ प्रतिशतमा ऋणको सुविधा दिएका थिए । सहकारीले दाना पसल, भेटेनरी औषधी, एग्रोभेट सेवा दिएको छ ।संस्थामा १५ जना कर्मचारी र २ वटा बोलेरो गाडी समेत छ । किसानलाई पुश पालनमा प्रोत्साहन गर्नका लागि सहकारीले आफ्नै प्राविधिक राखेको छ भने पशु वीमा समेत गरिदिएको छ ।

सहकारीले प्राविधिक राखेर किसानलाई सेवा दिइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए । उनका अनुसार किसानले दुध बिक्री गर्दा प्रतिलिटर २ रुपियाँ सहकारीमा बचत गर्ने गरिएको छ । यसबाट किसानको संचित कोषमा पैसा बढ्दै जाने र चाहिएको समयमा रकम निकालेर गर्जो टार्न सक्छन् ।

किसानलाई पशु सुत्केरी पोषणः

सहकारीले सुत्केरी भएको १५ दिनभित्र भिटामिन, मिनिरल र क्याल्सियम सहितको प्राविधिक सेवा दिने गरेको छ । गाई, भैसी खरीद गर्दा २ हजार ५ सय रुपियाँ ढुवानी अनुदान दिने गरेको छ । सहकारीको स्थापना दिवकमा किसानलाई पुरस्कार दिने गरेको छ । शेयर सदस्यलाई बोनस वितरण र पशु उपचार खर्च दिने गरेको छ । उक्त दिन ३१० शेयर सदस्यलाई करिब ८ लाख रुपियाँसम्म वितरण गर्ने गरिएको छ ।
भैसीको दुध प्रतिलिटर १५ रुपियाँ सहकारीले थप रकम दिने गरेको छ ।

यसरी थप गरेर प्रोत्साहन रकम दिन थालेको २ बर्ष पुगिसकेको छ । भैसी पालनमा प्रोत्साहन गर्न यो नीति ल्याइएको सहकारीले जनाएको छ । सिजन अनुसार भैसीको दुध संकलनको अनुपात कमबढी हुने गरेको छ । सहकारीका अनुसार असौज–माघमा करिब ८ सय लिटर र फागुन–साउन महिनामा ४ सय लिटर भैसीको दुध संकलन हुने गरेको छ । उक्त सहकारीमा धेरै दुध ल्याउनेले २ सय लिटर र कममा २÷३ लिटरसम्म दुध बिक्र गर्न किसान आउने गर्दछन् ।

किसानलाई सरकारको पनि प्रोत्साहनः

किसानलाई सहकारीमा दुध बेचे वापत पालिका अनुसार पालिकाले प्रतिलिटर फरक फरक थप प्रोत्साहन रकम दिने गरेका छन् । तिनाउ गाउँपालिकाले विगत ४ बर्षदेखि प्रतिलिटर २ रुपियाँ, रिब्दीकोट गाउँपालिकाले प्रतिलिटर २ बाट शुरु गरेर अहिले ४ रुपियाँ, तानसेन नगरपालिकाले चालु वर्षदेखि प्रतिलिटर २ रुपियाँ दिने गरेको छ ।

माथागढी गाउँपालिकाले गत बर्ष प्रतिलिटर २ रुपियाँ दिने गरेकोमा चालु वर्ष दिएको छैन् । लुम्बिनी प्रदेश सरकारले पनि प्रतिलिटर २ रुपियाँ प्रोत्साहन रकम दिने गरेकोमा चालु वर्ष भने दिएको छैन् । यो अभ्यास अरु गाउँ ठाउँका लागि पनि सिक्न योग्य देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?