ट्रेंडिंग:

>> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
शोभाको उद्यमी यात्रा...

जो कहिल्यै पछि हटिनन्

शोभा काम र संस्थाको नेतृत्व गर्न कहिल्यै पछि हटिनन् । श्रीमान्को अभावमा ढाड्स दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा उनको छोरा जहिले पनि सारथी बनेर लागे । यसबाट शोभामा उद्यमीकरणको बाटोमा हिडन सहज हुँदै गएको छ ।
१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, १९ असार ।   शोभा पोखरेल, जो कास्की जिल्लामा जन्मिईन । प्रारम्भिक शिक्षा उनको गाउँमा नै वित्यो । कक्षा—३ सम्म कास्कीमा पढेपछि उनी तराईमा झरिन् । आफ्ना बुबाको साथमा नवलपरासीमा चोरमारामा आएकी उनले त्याहाँ रहेको नवजारण माविबाट कक्षा—१० सम्म अध्ययन पुरा गरिन् ।
सानैदेखि नै केही नयाँ उद्यमी गर्ने सोँच बनाएकी उनमा व्यवसायी प्रतिको मोह थियो । कक्षा १० पास गरेपछि उनको विवाह भयो । अर्घाखाँचीका बलकोटमा विवाह भएकी उनी ८ बर्षसम्म भारतमा समेत बसिन् । भारतको बसाई छोडेर उनिहरु नेपाल आएपछि आफनै देशमा केही गर्ने सोच बनाए । सबैले व्यवसायमा राम्रो आम्दानी हुने भनेपनि ठोसमा के व्यवसाय गर्ने भन्ने सोँच उनमा थिएन ।
भर्खरै मात्र हाटबजार व्यवसायी बुटवलमा फष्टाउदै गएको थियो । सुरुमा श्रीमानसंगै उनले २ क्यारेट टामाटर राखेर हाटबजारमा व्यवसाय सुरुवात गरिन् । बुटवल–६ हाट बजारमा उनले व्यवसायी सुरुवात गरेको त्यो दिनको स्मरण अहिले पनि छ । सुरुवात दिनमा खर्च कटाएर २ सय रुपैयाँ आम्दानी समेत भयो । श्रीमानसंगै व्यवसायमा लागेकी उनले सुरुवात दिनमा गरेको आम्दानीबाट पछि हटिन्न । जसलाई निरन्तरता दिईन ।

२०५६ साल देखि उनी हाटबजार व्यवसायमा संलग्न भएर अहिले पनि यसलाई निरन्तरता दिएकी छिन् । तरकारीसंगै उनी च्याउको समेत व्यापार गर्दथिन् । विदेश झोक उनीमा नजागेको होईन । विदेश जाने अलि बढि पैसा कमाउने भनेर उनले दलाल पैसा समेत दिइन । तर दलालले विदेश जाने कुनै व्यवस्था गरेन, उल्टै पैसा खाईदिएपछि उनी अव विदेशी मोह त्यागेर स्वदेशमा नै उद्यमी गर्ने सोँचका साथ लागेकी थिईन । श्रीमान्संगै लामो समय व्यवसायमा लाग्ने उनको योजना तुषारापात भयो ।

श्रीमान्संगै व्यवसायमा लागेकी शोभा श्रीमानलाई दीर्घरोगको कारण सधैंका लागि गुमाईन् । २०७० सालदेखि उनी एउटा छोराका साथमा छिन् । उनको छोरा अहिले दुबईमा होटल म्यानेजमेन्टको पढाई सकेर सोही देशमा नै रोजगारी गरिरहेका छन् । जसले उनलाई उद्यमीमा थप साहस थपेको छ । श्रीमान्को अभावमा ढाड्स दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा उनको छोरा जहिले पनि सारथी बनेर लागेका छन् । श्रीमान्को उपचारको लागि उनले बुटवल १३ झोलुङ्ग पुल नजिकै बनाएको घर समेत विक्रि गर्नुप¥यो । तर उनले हार मानिनन् ।

हाटबजारमा च्याउको व्ययवसाय गर्दै गर्दा व्यवसायी समेत रहेका कृष्णराज पोखरेलले उनलाई समुहमा लाग्न र समुहमार्फत उद्यमी बन्न सुझाव दिए । जसबाट सुरुवातमा ७ जनाको समुह निर्माण भएर व्यवसायीक च्याउ खेतीमा समेत उनी जोडिईन् । कृष्णराज पोखरेलको नेतृत्वमा ऋषव पोखरेल, जीवलाल न्यौपाने लगायतको समुहमा उनी आवद्ध भएपछि च्याउ खेती व्यवसायिक रुपमा अगाडी बढ्यो । जसमा सुरुवात हाट बजार व्यवसायीहरुले स्थापना गरेको सहकारी शशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १÷१ लाख कर्जा लिएर उनीहरुले ‘सबल नेपाल च्याउ उत्पादक कृषक समुह’ स्थापना गरे । जुन समुहमा ७ जनाको ७ लाख र थप ५० हजार रुपैयाँ गरी प्रति व्यक्ति ७ लाख ५० हजार रुपैयाँमा जन्मिएको सबल च्याउ उत्पादक कृषक समुहले भलुहीमा खेती सुरु ग¥यो । जसमा समुहले १० लाख लगानी गरेकोमा २० लाख आम्दानी गर्न सफल भएको थियो ।

उत्पादक किसान समुह, बजारीकरण पनि समुह मार्फत गर्दै गर्दा उनीहरुले च्याउ व्यवसायका लागि विचौलियालाई कुर्नु परेन् । सोही अनुसार २०७६ सालमा फार्म स्थापना भयो । त्यसपछि सोही समुहले पाल्पा, रुपन्देहीका बेलवास, नयाँ गाउँ, अर्घाखाँचीको सितगंगा क्षेत्रमा व्यवसायिक रुपमा च्याउ उत्पादन गरेको थियो ।
अहिले सबल नेपाल च्याउ उत्पादक कृषक समुहमा १० जना शेयर सदस्य थपिएका छन् । अहिले उक्त प्रालिमा १७ जना सदस्य रहेका छन् । उद्योगमा ५० लाख बढि लगानी छ । उद्योग स्थापनाको लागि संरचना निर्माण गरिएको छ । मेसिनेरी उपकरण पनि जडान छन् । प्रालिको व्यवस्थापकको जिम्मेबारी समेत पाएकी शोभा पोखरेलले बुटवल बेलबासमा निर्माण भएको प्रालिमा नै व्यवसायिक रुपमा च्याउका विभिन्न परिकारका साथै विभिन्न प्रकृतिका अचार बनाएर विक्रि वितरण गर्दै आएकी छिन् ।
कम्पनीमा च्याउका ४ प्रकार सिताके, राजा च्याउ, कन्ये च्याउ, डल्ले च्याउका अचार बनाउदै आएकी छिन् । यसको अलवा मासुको पनि अचार निर्माण गर्दछिन् । विभिन्न मेला, महोत्सवमा उनको सहभागीता अनिवार्य जस्तै भएको छ । महिला उद्यमीको अचार भनेपछि उपभोक्ताले पनि रुची मानेर किनेर लैजाने गरेका छन् । विभिन्न मेला महोत्सवमा उनको उद्यमले पुरस्कार सम्मान समेत पाउने गरेको छ ।
सबल नेपाल च्याउ उद्योग प्रालिका अध्यक्षमा अहिले पनि कृष्णराज पोखरेल रहेका छन् । प्रालिले अहिले पनि पाल्पामा च्याउ उत्पादन गरिरहेको छ । उत्पादित च्याउको बजारीकरण सोही प्रालिका शेयर सदस्यहरुले गर्दै आएका छन् ।

बजारमा च्याउको माग अहिले पनि उच्च रहेको छ । सबलले अचार सहित तरकारी, फलफुल सुकाउने ड्रायर मेसिन, प्याकेजिङ्ग मेसिन, सिल्ड प्याक गर्ने मेसिन, मसला पिस्ने मेसिन स्थापना गरेको छ । जसबाट विभिन्न काम हुदै आएका छन् । प्रालिले च्याउको बिउ समेत उत्पादन गरी विक्रि वितरण गर्दै आएको छ । प्रालिमा प्रदेश सरकारको २५ लाख अनुदान सहयोग समेत रहेको छ । जसबाट मेसिन, उपकरण खरिद गरिएको छ । उद्योगमा स्थापना भएको ड्रायर मेसिनले आठ घण्टामा २ सय किलो (दुई टन) तरकारी वा फलफुल सुकाउन सक्छ । यस्तो प्रकृतिको मेसिन बुटवलमा सबलले भित्र्याएको छ । विभिन्न स्थानमा उत्पादित तरकारी तथा फलफुल खेरा गैरहेको बेलामा उत्पादन बढि भएको बेला सुकाएर बेमौसममा विक्रि वितरण गरी अन्य समुह वा सहकारी वा किसानले फाईदा लिन सक्ने व्यवस्थापक शोभा पोखरेलको भनाई रहेको छ ।
उक्त मेसिन सञ्चालनको लागि तालिम प्राप्त प्राविधिक समेत आवश्यक रहेको भन्दै उनले यसलाई फुल फेजमा सञ्चालन गरेर राम्रो आम्दानी गर्ने समेत योजना बनाएकी छिन । शोभा पोखरेल सामाजिक संघ संस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएकी छिन् । उनी च्याउ उत्पादक किसान संघ देखि लिएर हाटबजार व्यवसायी समिति रुपन्देहीको द्धितिय उपाध्यक्ष (कृषि) हुन । यस्तै सहकारीमा पनि उनी सल्लाहकारको भूमिकामा छिन् । हाटबजार व्यवसायीमा उनि निरन्तरता दिदै आएकी छिन् । विभिन्न स्थानमा लाग्ने बजारमा हाट लगाउने काम महिलाहरुका लागि जोखिम मानिन्छ तर त्यो जोखिमलाई चिर्दै पोखरेलले हाट बजारको कार्यलाई अहिले पनि निरन्तरता दिएकी छिन् । यसरी पेशा परिर्वतन नै नगरी हाटबजारमा व्यवसाय गर्ने महिला उनी एक प्रतिनिधी पात्र समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?