ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

सैनामैनाले शुरु गर्यो कोरोना अस्पताल

१७ बैशाख २०७८, शुक्रबार
१७ बैशाख २०७८, शुक्रबार

कोभिड–१९ संक्रमणबाट ज्वरो, रुघाखाकीका लक्षणसंगै जटिलता देखिएका सैनामैनाका एक युवालाई भर्ना गर्न बेड भएन । बुधबार रातीसम्म आफन्तहरु बुटवल, भैरहवाको कोभिड अस्पतालमा फोन लगाउन लागे । सबैतिरबाट बेड खाली नभएको जवाफ आयो । यसैबिच विहिबार सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा सुभारम्भ हुन लागेको अस्थाई अस्पतालमा बिहान ८ बजे एम्बुलेन्समार्फत उनलाई ल्याईयो ।

त्यही अस्पतालको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भुमिश्वर ढकालले अस्पतालको उद्घाटन गर्दै थिए भने अर्कोतिर बिरामीलाई भर्ना गरेर अक्सिजन चढाईदै थियो । औपचारिक उद्घाटन कार्यक्रम सकिनुअघि कोभिड संक्रमित बिरामी भर्ना भैसकेको थियो ।

उता शंकरनगर स्वस्थ्य चौकीमा संचालन गरिएको कोभिड आईसोलेसन सेन्टरमा १२ जना कोभिड संक्रमित बिरामीहरु उपचारार्थ भर्ना भएका छन । त्यसमध्ये ३ जनाको अवस्था जटिल रहेको तिलोत्तमा नगरपालिकाका जनस्वस्थ्य निरिक्षक राजेश ज्ञवालीले बताए । समुदायमा थप संक्रमण रोक्न आईसोलेसन सेन्टर उपयोगी भएको उनले दाबी छ । कुल २० बेडको क्षमता रहेको आईसोलेसन सेन्टरमा पुर्ण रुपमा अक्सिजन ब्यवस्था गरिएको छ ।

कोभिड–१९ को दोस्रो लहरसंगै संक्रमण बढेपछि रुपन्देहीका स्थानिय सरकारहरु कोभिड अस्थाई अस्पतालको सेवा शुरु गरेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउपालिका, सियारी गाउपालिकाले कोभिड संक्रमित बिरामीलाई सेवा दिन अस्थाई अस्पताललाई प्राथमिकता दिएका छन ।

दोस्रो लहरको संक्रमणको सर्ने दर र प्रभावलाई मध्येनजर गरि होम आईसोलेसनभन्दा अस्थाई अस्पताल उपयोगी देखिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर केसीले बताए । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा अस्थाई अस्पतालको सेवा शुरु गरिएको हो । संघिय सरकारबाट प्राप्त भएको ४ करोड र नगरको १ करोडबाट चिकित्सालयको भवन निमार्ण जारी रहेको उनले बताए । होम आईसोलेसनमा बस्दा अक्सिजन दिनुपर्ने अवस्था भएका बिरामीहरुलाई अस्थाई अस्पतालमा ल्याएर सेवा दिईने उनले बताए । ‘अघिल्लो वर्ष पनि कोभिडको बिरामीहरुलाई सेवा दिएको नगरपालिका यसपटकको दोस्रो वेभमा पनि अस्पतालमा बेड अभाव देखिएपछि नगरभित्र नै दोस्रो पटक सेवा शुरु गरेका हौ ।’– उनले भने । पाच बेड स्वीकृत भएको अस्पतालमा अहिले पाच वटै बेडमा अक्सिजनसहित अन्य ४५ बेडमा उपचार गर्न सकिने गरि पूर्वाधार तयार भएको उनले बताए । कुल २५ जना चिकित्सक, कर्मचारीहरुले सिफटमा सेवा दिने उनले बताए । एउटा एक्सरे मेशिन, ३० वटा सिलिण्डर उपलब्ध भए ४५ बेडको आईसोलेसन अस्पताल संचालन गर्न सकिने उनले बताए । कोभिड–१९ को समस्या समाधानका लागि आफुहरु अगाडि बढेको भन्दै यसमा संघ र प्रदेश सरकारको साथ जरुरी रहेको उनले बताए ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले कोभिड कोषमा ४८ लाख रकम रहेको बताए । यही रकमबाट असारसम्म खर्च ब्यवस्थापन गर्न सकिने उनले बताए । ‘अघिल्लो वर्ष राहतसहित प्रदेश सरकारबाट समेत प्राप्त भएको १ करोड रकम कोभिड रोकथाममा खर्च भयो ।’– उनले भने । गतवर्ष ५ सय ३० जनाको आरडिटी, पिसिआर परिक्षण तथा २ सय २७ जना कोभिड–१९ बिरामीहरुलाई आईसोलेसन सेन्टरमा आवास र खानाको समेत ब्यवस्था गरिएको उनले बताए । तलब भत्ता बेड उपचार खर्च गरि भएको छ । आईसोलेसन सेन्टर ४ वटा विद्यालयमा राखिएको थियो । नगरमा गतवर्ष कोभिड–१९ का कारण उपचारका क्रममा ११ जना मृत्यु भएको थियो ।

स्वास्थ्य निर्देशनालय बुटवल निर्देशक डा. बिनोद कुमार गिरिले उपचार अभाव भएको बेला स्थानिय सरकारहरु आफै आइलोसेन सेन्टरहरुमा अक्सिजन दिने गरि सेवा गर्दा थोरै भएपनि राहत मिलेको बताए । होम आईसोलेसनमा कठिनाई भएका बिरामीहरुलाई आईसियु लैजाने अवस्थासम्म सेवा मिल्ने उनले बताए । एक जना मेडिकल स्टाफ र नर्ससंगै केही स्थानिय सरकार आफनै पहलमा जनशक्ति थपेर सेवा संचालन गरेको उनले बताए ।

सैनामैना नगरपालिकास्थित अस्पतालका प्राकृतिक चिकित्सक (नेचुरोप्याथी) डा दिपक पौडेलले बिरामीहरुको अवस्था हेरिकन आर्युवेदिक मार्फत उपचार शुरु गरिने बताए । जसमा विरामीहरुलाई खानपिन, योगाभ्यास समेत गराईने बताए । जटिलता किसिमका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन सहित अन्य सेवा पनि यहा उपलब्ध हुने उनले बताए । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरमा भने कोभिड १९ विशेष अस्पताल स्थापना गरि अघिल्लो वर्षबाट सेवा दिईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?