ट्रेंडिंग:

>> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते

विद्यार्थी टिकाउन सेनेटरी प्याड बनाउने तालीम

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

महिनावारीको समयमा छात्राहरुले विद्यालय छोड्ने गरेको सामुदायिक विद्यालयहरुले जनाएकाछन् । महिनावारी हुँदा विचैमा पढाई छोडेर घर जानुपर्ने समस्या रहेको छात्राहरु बताउछन् । सामुदायिक विद्यालयमा महिनावारी हुँदा छात्राहरुले प्रयोग गर्ने प्याडको व्यवस्था नहुँदा छात्राहरुलाई विद्यालय छोड्नुपर्ने बाध्यता रहेको छ । तर अहिले छात्राहरुले विद्यालय छोड्न नपरोस् भनेर प्याड वनाउने तालिम दिन सुरु गरिएको छ ।
छात्राहरुले महिनावारीको समयमा विद्यालय छोड्ने गरेका कारण अहिले जिल्लाका माध्यामिक विद्यालयमा सेनेटरी प्याड वनाउने तालीम समेत दिन थालिएको हो । जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरुले आफ्नो स्रोत प्रयोग गरेर तथा केही संस्थाहरुले स्थानीय सरकारसंग समन्वय गरेर प्याड बनाउने तालीम सञ्चालन गरेकाहुन् । जिल्लामा क्रियाशिल अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले साविकको लक्ष्मिपुर र सौडियार गाविसमा रहेका सामुदायिक विद्यालयका कक्षा ९ र १० का छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वनाउने तालीम दिएको छ । ईन्सेकले गतवर्ष माध्यामिक विद्यालय जजरागाँउ, मावि डाँडागाँउ गोग्ली, माध्यामिक विद्यालय सौडियार र माध्यामिक विद्यालय झिङनीका विद्यार्थीहरुलाई तालिम दिईएको ईन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी दिए । त्यसैगरी यसवर्ष माध्यामिक विद्यालय सौडियार र जयशेर माध्यामिक विद्यालय रावतगाँउका छात्राहरु तथा आमा समुहकालाई तालिम दिईएको पुनले बताए । “महिनावारीमा छात्राहरुले विद्यालय छोड्दा उनीहरु पढाईवाट बञ्चित भैरहेकोले तालीम पछि नियमित विद्यालय आउन सकुन भन्ने हाम्रो उद्देश्य हो” पुनले भने ।
तालिम लिएका विद्यार्थीहरु यसवर्ष विद्यालयमा नियमित भएको माध्यामिक विद्यालय जजरागाँउका शिक्षीका रिमा गौतमले जानकारी दिईन् । तालीम लिएका विद्यार्थीहरु कक्षा १० को परीक्षा पछि विद्यालय छोड्ने भएकोले तल्लो कक्षाका छात्राहरुलाई पनि प्याड वनाउन सीकाउने गरेको गौतमले बताईन् । “अहिले विद्यालयमा कक्षा १० सम्मको मात्र पढाई हुने भएकोले प्याड वनाउन सिकेका छात्राहरुवाट तल्लो कक्षाका छात्राहरुलाई पनि सिकाईदै आएका छौ” गौतमले भनिन् । त्यस्तै उता तुलसीपुरमा पनि महिला पुनस्थापना केन्द्र ओरेक नेपालले तुलसीपुरका सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रा र शिक्षकाहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र सेनेटरी प्याड निर्माण सम्वन्धी दुई दिने तालिम दिएको छ । तुलसीपुर उप महानगरपालिकासंग समन्वय गरी ओरेकले तालिम दिने र उप महानगरपालिकाले सेनेटरी प्याड निर्माणका लागि सहयोग र सहकार्य गर्ने सहमति अनुसार तालिम दिन सुरु गरिएको कार्यक्रम अधिकृत दिपा धितालले जानकारी दिइन् । “पहिलो चरणमा १० वटा विद्यालयका शिक्षीका र छात्राहरुलाई तालिम दिएका छौं विस्तारै यस कार्यक्रमलाई अगाडी बढाउने छौ” धितालले भनिन् । तुलसीपुर उप महानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले तुलसीपुर उप महानगरपालिकाका जनतालाई स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका भन्दै भौतिक भन्दा पनि मानविय विकाशलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताए ।
अहिले तुलसीपुरका ८३ वटा विद्यालयमा शिक्षाको गुणस्तर र स्वास्थ्यको लागि विभिन्न कामहरु गर्ने विश्वकर्माले जानकारी दिए । तुलसीपुर उप महानगरपालीकाका नगर स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले अहिले पनि महिनावारी हुदा धेरै विद्यार्थीहरुले कक्षा छोडनुपर्ने समस्यालाई अत्य गर्न उप महानगरपालिका र ओरेक नेपाल विच सहकार्य गरी प्रत्येक विद्यालयमा सेनेटरी प्याड निर्माणका लागि तालीम सञ्चालनगर्ने योजना रहेको बताए । “हामीले प्याड निर्माणको लागि सहयोग गर्नेछौ भने ओरेक नेपालले तालिम र सचेतनाको काम गर्ने छ” दाहालले भने । उनले पहिलो चरणमा उप महानगरपालिकाले प्रत्येक विद्यालयमा प्याड वितरण गर्ने कार्यक्रम अन्र्तगत केही प्याडहरु वितरण गरेको र आगामी दिनमा ओरेक नेपालसंग समन्वय गरी महिनावारी सरसफाई व्यवस्थापन र सेनेटरी प्याड निर्माण तालिम दिने बताए । त्यसैगरी नगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले विद्यार्थीहरुको विभिन्न स्वास्थ्य र शिक्षालाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु ल्याएको बताए । दुई दिन सम्म सञ्चालन गरेको तालिमको प्रशिक्षकमा खानेपानी डिभिजन कार्यालयका ईञ्जीनियर तिलकबहादुर केसी, ओरक नेपालकी संयोजक इश्वरी थापा र कार्यक्रम अधिकृत दिपा धिताल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?