ट्रेंडिंग:

>> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल

कहिले व्यवस्थित बन्ला बुटवल बजार ?

बुटवललाई बस्न योग्य शहर कसरी बनाउने भन्नेबारे पछिल्लो समय हरित योजनासहितको कार्ययोजना बनिरहेको छ । उक्त योजनामा खानेपानीको व्यवस्थापन, चुरेको पहिरो रोकथाम, तिनाउ र दानव नदीको तटबन्ध, सडक क्षेत्रमा गुणस्तरीय विद्युतीय लाइट, हरियाली सडक, सार्वजनिक शौचालय निर्माण लगायतका सवालमा योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बुटवल, ७ असार ।

बुटवललाई व्यवस्थित बनाउन भन्दै बुटवल उपमहानगरपालिकाले व्यवस्थापनका योजना संचालन गरिरहेको छ । तर, बुटवल व्यवस्थित बन्ला ? व्यवस्थित बनाउन उपमहानगरले के के योजना थालेको छ ? यसको जवाफमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले भनिन्, ‘बुटवल व्यवस्थित गर्ने पहिलो काम अन्तर्गत मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इ–रिक्सा व्यवस्थापनको काम सुरु गरेका छौं ।’

बुटवल बजारलाई व्यवस्थित गर्ने भन्दै चालु आर्थिक वर्षको सुरुवातदेखि नै अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउने जाने बाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाइएको छ । बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको छ ।

उपमहानगरले सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक, फुटपाथ अवरोध हुने वस्तु नराख्न आग्रह गरेको छ । अटेर गरिएमा कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइने नगरप्रमुख खेलराज पाण्डेयले बताए । ‘बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ, जसका लागि सबैले सडक क्षेत्र मिचेर व्यापार व्यवसाय नगर्ने, सवारीको जथाभावी पार्किङ नगर्ने वा नियमानुसार व्यवस्थापन गर्ने काम सबैले गर्नुपर्छ’–नगरप्रमुख पाण्डेयले भने ।

अहिले ठेला व्यवस्थापनको काम शुरु गरेको बताउँदै उनले अनधिकृत रुपमा सडक क्षेत्रमा ठेला नराख्न, इरिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पु¥याउनेलाई कानुनअनुुसार कारबाही गर्ने बताए । बुटवलले केहीदिन अघिदेखि माइकिङ गर्दै सडक क्षेत्रमा ठेला नराख्न र पार्किङ व्यवस्थापन गर्न आह्वान गर्दै आएको थियो । सडक क्षेत्रमा राखिएका मोटरसाईकल रिकन्डिशन, वर्कसप, शोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिसकिएकाले छिटै नै अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताए ।

यस्तै, बुटवल उपमहानगरपालिका भित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडीफाई गर्ने, ध्वनी प्रदुषण गर्नेहरुलाई कारबाही थालिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत ध्वनी प्रदुषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । उनले सडक क्षेत्रमा ठेला लगाएर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकोले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताए । उनले बुटवल क्षेत्रका हाटबजार व्यवस्थापन गर्ने र तोकिएका स्थानमा बाहेक अन्यत्र बजार लगाउन नपाउने गरी हाटबजार व्यवसायीलाई आग्रह गरेको समेत जनाए ।

सरसफाइ योजना

यही वैशाखदेखि स्वच्छ तथा सरसफाईयुक्त नगर बनाउन भन्दै बुटवल उप महानगरपालिकाले खोला तथा नहर सरसफाई अभियान सुरु गरेको छ । तालिका बनाएर नगरभित्रका सार्वजनिक क्षेत्र एवं खोला र नहर सरसफाइ थालिएको हो । यस अन्तर्गत बुधबारदेखि मुख्य शहरी क्षेत्र भएर बग्ने सुखौरा खोला सरसफाई थालिएको हो । सुरुवातमा ३ दिने अभियानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थीिनय उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरु खटेका थिए । सरसफाइसंगै सुखौरा खोलामा ढल मिसाउने, फोहोर फाल्ने काम रोक्न उपभोक्ता समितिमार्फत सचेतना कार्यक्रम अघि बढाउने उपप्रमुख अर्यालले बताइन् । पहिलो चरणमा घरघरमा सचेतना बोर्ड राख्ने र दोस्रो चरणमा टोल समितिको अगुवाईमा फोहोर गर्नेलाई जरिवानासहितको कारवाही गर्ने बुटवल उपमहानगरको योजना छ । उपमहानगरले सुखौरा खोलापछि अन्य खोला र नहर सरसफाई थाल्ने छ ।

बुटवल शहरमा दैनिक ७० टन फोहोर उत्पादन हुन्छ । उक्त फोहोर व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र भने छैन । उपमहानगरले फोहोर उठाएर तिनाउ नदी किनारमा फाल्छ । यसबाहेक खोला नहरका छेउँमा बस्ने स्थानीयले समेत फोहोर फाल्दा बुटवल दुर्गन्धित बन्दै गएको छ ।

ई–रिक्सा व्यवस्थापन

पेट्रोलियम पदार्थबाट चल्ने साना गाडी व्यवस्थापन गरी वातावरण प्रदुषण हुनबाट जोगाउन भन्दै नेपालमा करिब १२ वर्षअघिदेखि विद्युतीय रिक्सा संचालनमा ल्याइएको छ । त्यसअनुसार बुटवल उपमहानगरपालिका भित्र ई–रेक्साहरु दर्ता संचालनमा आइरहेका छन् । बुटवल उपमहानगरपालिका राजश्व शाखाका अधिकृत डोलराज पौडेलका अनुसार आर्थिक वर्ष २०७२÷७३ सालमा दर्ता गरिएका तर, व्यवस्थापन नभएका रिक्सालाई अहिले व्यवस्थापन गरिएको हो । बुटवल उपमहानगरपलिका भित्र १ हजार २ सय ५६ वटा ई–रिक्सा दर्ता भएर संचालनमा आएका छन् । १७ वटा टेम्पुलाई दर्ता गरी संचालनमा इजाजत दिइएको छ । ई–रिक्साको क्षमता १ हजार ४ सय ४० छ । अब दर्ता हुन बाँकी रहेका रिक्साहरु १८४ वटा छन् ।

नियमत इन्जिन जडित सार्वजनिक यातायात दर्तादेखि व्यवस्थापनको जिम्मा प्रदेश सरकारमा छ । तर देशका कुनैपनि प्रदेशले विद्युतीय रिक्सा व्यवस्थापन सम्बन्धी कानुन बनाएका छैनन् । प्रदुषण नहुने, भित्री सडकहरुमा पनि पुग्ने र तुलनात्मक रुपमा सस्तो भाडादरका कारण तराइका जिल्लाहरुमा विद्युतीय रिक्साको माग बढिरहेको छ । यस्तोमा बुटवल उपमहानगरले आवश्यक संख्याको निर्धारण, रुट निर्धारण, भाडा दर निर्धारण गर्ने एवं नियमनको कामलाई अगाडि बढाएको हो । ‘यात्रामा सहजता ल्याएका विद्युतीय रिक्सा व्यवस्थापन नै गर्न नसक्ने गरी बढ्दै जाने र दुर्घटना निम्त्याउने कारक बन्न सक्नेछन् । यसर्थ बुटवलवासीले चलाउने आवश्यकता अनुसारका रिक्सा व्यवस्थापन गर्ने प्रक्रिया बेलाबेलामा हेरफेर गरिराख्ने छौं ।’

बुटवललाई बस्न योग्य शहर कसरी बनाउने भन्नेबारे पछिल्लो समय हरित योजनासहितको कार्ययोजना बनिरहेको छ । उक्त योजनामा खानेपानीको व्यवस्थापन, चुरेको पहिरो रोकथाम, तिनाउ र दानव नदीको तटबन्ध, सडक क्षेत्रमा गुणस्तरीय विद्युतीय लाइट, हरियाली सडक, सार्वजनिक शौचालय निर्माण लगायतका सवालमा योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?