ट्रेंडिंग:

>> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

दलहरूको लेखापरीक्षण प्रतिवेदन : प्रमाण पुग्ने कागजात माग

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

काठमाडौँ, ७ असार ।

निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनीतिक दललाई बुधबारदेखि तीन दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। राजनीतिक दलसम्बन्धी ऐनबमोजिम आयोगले माग गरेको कागजात वा विवरण नदिएमा १० हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने छ।

आयोगमा आयव्ययको विवरण बुझाएका ९१ राजनीतिक दलसँग कागजात माग गरिएको छ। ८२ राजनीतिक दलले समयमै र नौ राजनीतिक दलले म्याद नाघेर आयव्ययको विवरण बुझाएका थिए। विज्ञ टोलीले आयोगमा विवरण बुझाएका सबै राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन जाँच्दै छ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले दलको आयव्ययको विवरण अध्ययनका क्रममा टोलीले ‘बैङ्क स्टेटमेन्ट’ आवश्यक देखेकाले थप अध्ययनका लागि सो कागजात माग गरेको जानकारी दिए। आयोग स्रोतका अनुसार दललाई पठाइएको पत्रमा भनिएको छ, “२०७९ असार मसान्तसम्मको मौज्दात प्रमाणपत्र वा बैङ्क स्टेटमेन्ट र लेखापरीक्षकले प्रमाणित गरेको बैङ्क समायोजन विवरणपत्र प्राप्त भएको मितिले तीन दिनभित्र पेस गर्न अनुरोध छ।”

राजनीतिक दलसम्बन्धी ऐनले आयोगले तोकेको अधिकृत वा विशेषज्ञले दलको हिसाबकिताब र लेखा जुनसुकै बखत माग गर्न वा निरीक्षण गर्न सक्ने व्यवस्था गरेको छ। सोही ऐनमा लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने उल्लेख छ। ऐनको उक्त व्यवस्थालाई टेकेर आयोगले लेखापरीक्षण प्रतिवेदन जाँच्ने र जाँचका क्रममा आवश्यक अपुग कागजात बुझाउन दललाई निर्देशन दिएको छ।

राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा (एमाले) का १९ तथा नेपाली कांग्रेसले १७ वटा बैङ्कमा खाता रहेको देखाइएको छ। आयोगले महालेखा परीक्षकको विज्ञ टोलीले यसै साताभित्र अध्ययन सक्ने अनुमान गरेकोमा बैङ्क मौज्दात विवरण र प्रतिवेदन भिडाएर जाँचबुझ गर्न थप समय लाग्ने भएको छ।

राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन बुझाउँदा राजनीतिक नियुक्ति शीर्षकमा आय देखाएको, अस्वाभाविक रूपमा चन्दा लिएको, चन्दा तथा सहयोग रकम पारदर्शी नभएको, दल गठन भएको छोटो अवधिमै पाँच करोडभन्दा बढी रुपियाँ जम्मा भएको देखिएको छ।

राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमाथि शङ्का लागेपछि आयोग पदाधिकारीको वैशाख २६ गतेको बैठकले दलको लेखापरीक्षण विशेषज्ञ कर्मचारीबाट जाँच्ने निर्णय गरेको थियो। सोही बैठकले विशेषज्ञ कर्मचारी परिचालन गर्न महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरेको थियो। दलको लेखापरीक्षण प्रतिवेदन जाँच्न महालेखा परीक्षकको कार्यालयका निर्देशक ललितबहादुर शाक्यको नेतृत्वमा पाँच जना विज्ञ कर्मचारी खटिएका छन्। आयोगका उपन्यायाधिवक्ता वाग्लेले भने, “विशेषज्ञ कर्मचारीलाई कार्य विवरण दिँदा नै आवश्यक अपुग कागजात आयोगले दलसँग माग गर्ने भनेको र वैशाख २६ गतेकै बैठकले समेत सो सम्बन्धमा स्पष्ट गरेकोले कागजात माग्न पदाधिकारीको निर्णय आवश्यक रहेन।”

महालेखा परीक्षकको कार्यालयले जेठ १६ गते विज्ञ कर्मचारी पठाउने निर्णय गरेकोमा जेठ २१ गतेबाट उक्त टोली आयोग पुगेर दलको लेखा विवरण अध्ययन गर्न थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np