ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

आरुसले पाए नयाँ जीवन

२८ आश्विन २०७७, बुधबार
२८ आश्विन २०७७, बुधबार

लक्ष्मण र पुनम श्रेष्ठको परिवारमा असोज ९ गते शुक्रबार डरलाग्दो घटना घट्यो । अन्य दिन झै घरको छतमा खेलिरहेको कान्छा छोरा आरुस श्रेष्ठ दुर्घटनामा परे । ४ वर्षिय आरुस एक तला घरको छतबाट टाउकाको भरमा बजारिन पुगे । घरभित्र काममा ब्यस्त आमा पुनमले छरछिमेकको हल्लाखल्ला भएपछि बल्ल थाहा पाए । करीब १५ फिट उचाईबाट सिधै भुईमा टाउकोको अगाडीको भाग ठोक्कीएका बच्चालाई गम्भिर चोट लागेको थियो । रक्तश्राप भैरहेको अर्धचेत बच्चालाई परिवारका सदस्यले बोकेर आम्दा अस्पताल लगे ।

महिला तथा बाल अस्पताल आम्दामा यस्तो जटिल समस्याको उपचार नहुने भएकाले प्राथमिक उपचार पछि न्युरोसर्जनकोमा लग्न सुझाव उपचारमा संलग्न चिकित्सकहरुले दिए । उता आमा पुनम र बुबा लक्ष्मण श्रेष्ठको होस हवास उड्यो । गम्भिर चोक लागेको र टाउको नै फुटेको छोराको उपचार कहा गर्ने भन्ने चिन्तामा डुबे । ‘बच्चाले बान्ता गरिरहेको थियो ।’– बुबाले घटना सम्झदै भने ।

यस्तो आपतको बेला उनलाई रोशनी क्षेत्रीले राहत दिईन । बुटवलमा न्युरोसर्जरीको उपचार गर्दै आएका चिकित्सक केआई सिह केसीको बारेमा उनले परिवारलाई जानकारी दिए ।

बच्चालाई चौराहा अस्पतालको ईमरजेन्सी कक्षमा लगियो । सिटि स्क्यान पछि बच्चा गम्भिर अवस्थामा रहेको कुरा थाहा लाग्यो । टाउकोको अगाडीपट्टि हड्डी भुटेर रक्तश्रापसंगै गिदीमा समेत चोट लागेको थियो । तुरुन्तै अपरेसन कार्य अघि बढ्यो । ‘छोराको अवस्था हेर्दा हामीले आशा मारेका थियो ।’–बुबा लक्ष्मण श्रेष्ठले भने । अपरेसन कक्षमा लगेसंगै निक्कै चिन्तामा पिरोलिएका आमा पुनम साढे दुई घण्टासम्म ढोकामै बसिन । अपरेसन कक्ष बाहिरको रातो बत्ति निभ्यो अनि चिकित्सक बाहिरिए । ‘कस्तो छ डाक्टर साब ।’– आमाले रुदै सोधिन । डा.केसी मुस्कुराउदै अपरेसन सफल भएको बताए ।

न्युरोसर्जन डा.केसीका अनुसार न्युरोसर्जरी निक्कै संवेदशिल उपचार भएको बताउछन । अझ त्यसमा पनि सिभियर हेड इन्जुरी गंभिर र संवेदनसिलसंगै जटिल मानिने उनको दाबी छ । ‘गिदीको उपचारको क्रममा कुनै भागमा छुदा शरीर नै नचल्ने पनि हुनसक्छ ।’–उनले भने । टाउकोमा रहेको गिदी ४४ भागमा बाडिने उनी बताउँछन । बच्चाको चोट टाउकोको अगाडि पट्टि लागेको हुदा यो भाग भित्रीतर्फभन्दा कम जटिल हुने उनले बताए । हड्डि भाचिएर गिदिको झिल्लि च्यातिएको अवस्था ल्याईएको बच्चाको उपचार सफल भएको उनले बताए । ‘यस्तो चोट रिकभरी पनि सजिलै हुन्छ ।’– उनले भने । अहिले बच्चाको स्वस्थ्य यथावत अवस्थामा आएको भएपनि केही समस्या भने हुने उनले बताए । अगाडी फुटेको हड्डी निकालेर सुरक्षित फ्रिजिङ गरेर राखिएको हुदा अब गिदीको सुरक्षा सबैभन्दा चुनौती हुने उनले बताए । बच्चाको चोट निको भएपनि २–३ महिनामा फेरि अपरेसन गरेर हड्डी वा यस्को साटोमा टाईटनियम जाली राखिने उनले बताए । गिदीलाई सुरक्षा प्रदान गर्ने हड्डी निकालिएकोले अब विशेष सुरक्षा अपनाउन उनले सुझाव दिएका छन । ‘टाउको कतै ठोक्किनबाट जोगाउनुपर्छ ।’–उनले भने । बच्चाहरुको उमेर बढ्दै जादा टाउकोको आकार पनि केही बढ्ने हुन्छ । त्यसैले १८ वर्षभन्दा माथि पुगेपछि टाईटनियम जाली वा आर्टिफिसियल हड्डि राख्न उपयुक्त हुने उनको सुझाव छ ।

१२ दिन अस्पतालको उपचारपछि डिष्चार्ज भएका छोरालाई घर लैजाने तरखरमा रहेका बुबा लक्ष्मण श्रेष्ठ निक्कै खुशी छन ।

‘छोराले अर्को जीवन पाएको छ ।’–उनले भने । मध्यम आयश्रोतका श्रेष्ठ उपचारमा करीब साढे ४ लाख खर्च भएको बताउछन । ‘हामीलाई उपचारमा खर्चको पिरभन्दा पनि बच्चाले नया जीवन पाउदा खुशी छौ ।’–उनले भने । बच्चा सानो भएकाले पनि बालरोग विशेषज्ञबाट उपचार गर्नुपर्ने भएपनि त्यसप्रकारको उपचार ब्यवस्था नेपालको सबै भागमा नहुदा धेरै कठिनाई भएको उपचारमा संलग्न चिकित्सक केसी बताउछन । बच्चाहरुको घरमै पनि विशेष ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।

लुम्बिनी प्रदेशभरिमा अहिलेसम्म १ हजार ६ सय बढी न्युरोसर्जरीको उपचार उनले गरेका छन । हेड इन्जुरीसहित ट्युमर र अन्य धेरै प्रकारका बिरामीहरु रहेका छन । विशेष गरि विरामीहरु फलो अपमा नआउने समस्या बढी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np