ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

लकडाउनले घटायो सुरक्षित गर्भपतन

१३ आश्विन २०७७, मंगलवार
१३ आश्विन २०७७, मंगलवार

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या घटेको छ । सरकारी तथ्याकले गतवर्षको तुलनामा २६ प्रतिशतले सेवाग्राही घटेको जनाएको हो । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्रम शुरु गरेका छन ।

प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्याक केलाउदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वास्थ्य निर्देशनालयका प्रजनन् स्वस्थ्य सेवाका फोकलपर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष २०७४/२०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल गर्भपतन गराएका छन । यसैगरि आर्थिक वर्ष २०७५/२०७६ मा ७ हजार १ सय ८६ जनाले सर्जिकल तथा १० हजार १ सय २७ जनाले मेडिकल गर्भपतन सेवा लिएका छन । पछिल्लो आर्थिक वर्षमा कोभिडका कारण मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ भने सर्जिकल सेवा लिनेको संख्या घटेको छ । गत आर्थिक वर्ष २०७६÷२०७७ मा सर्जिकल सेवा ६ हजार ८ सय २५ जनाले लिएका थिए भने ११ हजार ९ सय ३५ जनाले मेडिकल सेवा दिएका छन ।

छैटौ सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश ५ स्वस्थ्य निर्देशनालय, नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, आईपास नेपाल, मेरि स्टोप्स ईन्टरनेश्नल, पिएसआईको सहकार्यमा सरोकारवालाका बिचमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै फोकलपर्सन भण्डारीले यो वर्ष ‘सुरक्षित गर्भपतन प्रतिको हाम्रो प्रतिवद्घताः कोभिड–१९ को महामारीमा सेवाको सुनिश्चितता’ भन्ने नारा तय भएको बताए । सुरक्षित गर्भपतनका लागि ४ वटा मुख्य कुरा आवश्यक पर्ने भन्दै उनले हरेक सेवाग्राही सुचिकृत सेवा प्रदायक, स्वस्थ्य संस्था, गोपनियता, कानुनी दायराभित्र रहेर सेवा लिनुपर्ने बताए । नेपालमा करीब ५० प्रतिशत महिलाको विवाह १८ वर्षभन्दा कम उमेरमा हुने, ५० प्रतिशत महिलाले १८ वर्ष वा योभन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राख्ने, ४ प्रतिशत किशोरीहरुले १५ वर्ष वा सो भन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राख्ने तथा १५ देखि १९ वर्ष उमेर समुहका विवाहित महिलामध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका साधनहरु प्रयोग गर्ने तथ्याकले देखाएको छ ।

यसकारण पनि किशोरीहरुलाई सहज र पुर्ण गोप्यमैत्री प्रजनन तथा सुरक्षित गर्भपतन सेवाको आवश्यकता रहेको उनको दाबी छ । नेपालमा प्रति घण्टा २१ जना, प्रतिदिन ५ सय २० जना, प्रति महिना १५ हजार ५ सय १२ तथा प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित गर्भपतन गराउने एक तथ्याकले देखाएको उनले बताए । विश्व स्वस्थ्य संगठनका अनुसार प्रतिवर्ष करीब २० करोड ८ लाख महिलाहरु गर्भवतीमध्ये करीब ४ करोड ५० लाख तथा २२ प्रतिशतले गर्भपतन गराउने जनाएको छ । जसमा ५१ प्रतिशतलेमात्र सुरक्षित गर्भपतन गराउने गर्दछन । प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुने गर्दछन । परिवार नियोजन सेवा लिदालिदै समस्या भएमात्र सुरक्षित गर्भपतन सेवा लिनुपर्ने उनको तर्क छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वस्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले सबै सरोकारवाला पक्ष एक भएर लाग्न जरुरी रहेको बताए । गर्भपतनलाई बढावा दिनेभन्दा पनि सुरक्षित गर्भपतनमार्फत महिलाको स्वस्थ्य प्रति सचेत गराउने अभियान भएको बताए ।

नेपाल परिवार नियोजन शाखा कार्यालय शाखा प्रबन्धक मोहन बश्यालले कोभिड–१९ को संक्रमण हुने त्रासका कारण सेवाग्राहीहरु नआएको बताए । बिकल्पका रुपमा नजिकको औषधी पसलबाट असुरक्षित रुपमा गर्भपतन गराउने दर बढेको छ । आफुहरु टोल फ्रि टेलिफोनमार्फत र घरदैलो कार्यक्रम गर्ने तयारी गरेको उनले बताए । परिवार स्वस्थ्य महाशाखाको नया गाइडलाईनले स्वस्थ्य संस्था सुचिकृत नभएपनि ब्यक्ति सुचिकृत भए हुने भनेकाले यसलाई सहजता ल्याएको उनले बताए ।

नेपाल परिवार नियोजनका सिनियर स्टाफ नर्स बिष्णु गुरुङले अझै पनि परिवार नियोजन र सुरक्षित गर्भपतनबारे सचेतना जगाउने कार्यक्रमहरु चलाउन आवश्यक रहेको बताईन । नेपालमा सुरक्षित गर्भपतनबारे केवल ४१ प्रतिशतलाई जानकारी भएको तथा परिवार नियोजन सेवा ४२ प्रतिशत महिलाहरुले लिदै आएको तथ्याकबाट पुष्टि भएको बताईन । यसैगरि नेपालमा कुल १३ लाखले अहिलेसम्म यो सेवा लिएको उनले बताईन । कोभिड–१९ का कारण सुरक्षित गर्भपतन लिने सेवाग्राही घट्नुले महिलाहरुमा स्वस्थ्य समस्या बढ्ने उनको तर्क छ । अहिलेको अवस्थालाई मध्येनजर गरि सुरक्षित गर्भपतनसम्म पहुँच ल्याउन सरकारले नयाँ गाइड लाईन ल्याएको भन्दै उनले परिवार नियोजन संघले विभिन्न अभिमुखिकरण गरि सेवा शुरु गरेको बताईन । ‘हामीले होम भिजिटमै गएर परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा दिने तयारी गरेका छौ ।’– उनले भनिन् । नेपालमा पछिल्लो समय मातृ मृत्यु दर घटिरहेको बेला यसलाई स्थिर राख्न पनि सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको उनले बताईन ।

प्रदेशमा मेडिकल गर्भपतन गराउनेको संख्या बढेको छ तर सर्जिकल गर्भपतन घटेको देखिएको छ । मेडिकल गर्भपतन पनि सुरक्षित हो कि असुरक्षित भन्ने विषय मुख्य हो । मेरि स्टोप्सका स्टाफ नर्स कमला कुवरले सेवाग्राहीको संख्या घटेको बताईन । घरदैलो सेवा र टोलफ्रि समेत चलाएर सेवालाई निरन्तरता दिएको उनले बताईन । तस्वीर स्रोतः इन्टरनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?