ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

जोखिम भत्ता र तलब नपाएपछि बुटवल कोरोना अस्पतालका चिकित्सकको सेवा रोक्ने चेतावनी

१६ भाद्र २०७७, मंगलवार
१६ भाद्र २०७७, मंगलवार

कोरोना भाईरस संक्रमित बिरामीको उपचारका लागि स्थापना गरिएको बुटवल कोरोना विशेष अस्पतालमा खटिएका चिकित्सक र स्वस्थ्यकर्मीहरुले मासिक पारिश्रमिक र जोखिम भत्ता नपाएको गुनासो गरेका छन । कोरोना भाईरस संक्रमण रोक्ने फ्रन्ट लाईनरको रुपमा प्रचार गरिएका चिकित्सक र स्वस्थ्यकर्मीहरु सरकारबाट नै तोकिएको सेवासुविधा पाउनबाट बन्चित गराईएको उनिहरु बताउछन ।

अस्पतालका चिकित्सकहरु साहिल भुषाल, पुजन ज्ञवाली, प्रतिमा भण्डारी, बिशाल झा, राजेश लिम्बु, एलिसा न्यौपाने, कल्याण रेग्मी, आर्शिबाद अर्याल र सबिता अर्यालले संयुक्त रुपमा भदौ ११ गते लुम्बिनी प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउदै पारिश्रमिक र भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन । ‘हाम्रो मागलाई ब्यवस्थापन पक्षले बेवास्ता गरेको छ ।’ –एक चिकित्सकले भने । लुम्बिनी प्रादेशिक अस्पतालले करारमा नियुक्ति गरि कोरोना अस्थाई अस्पतालमा खटाएर काम लगाए पनि आफुहरुले सेवासुविधा पाउन नसकेको उनको गुनासो छ । बुधबारसम्म आफुहरुको माग पुरा नभए सेवा बन्द गर्ने उनले चेतावनी दिए । जोखिम मोलेरै फिल्डमा खटिएपनि नियमित पारिश्रमिक भुक्तानी पाउन नसकेको उनले बताए ।

नेपाल सरकारबाट कोरोनामा काम खटिने चिकित्सकहरुलाई शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएपनि अस्पतालले सो समेत पहिलो महिनामात्र उपलब्ध गराईएको उनले बताए । अर्कोतर्फ कोरोना नियमावली अनुसार १४ दिनको सेवापछि ७ दिन बिदाको ब्यवस्था गर्नुपर्ने भएपनि त्यो कार्यान्वन नभएको चिकित्सकहरुको गुनासो छ । कोरोना अस्पतालमा सेवा दिएर फेरि प्रादेशिक अस्पतालमा समेत खटाउने गरेको एक जना चिकित्सकले बताए । ‘हाम्रो परिवार पनि पारिश्रमिकमा आश्रित छन, कसरी चल्ने समस्या भएको छ ।’– उनले भने । अब बुधबारसम्म निर्णय नभए आफुहरु सेवा रोक्ने र थप आन्दोलनमा उभिने तयारीमा रहेको चिकित्सकहरुको तयारी छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले चिकित्सकहरुको माग जायज भएको बताए । जटिल अवस्थामा खटिएका चिकित्सकहरुको तलब निकासा नभएको भनी आउनुभएको र यसको समाधान हुने उनले बताए । अस्पतालका दुई जना एकाउन्टेन्टहरु पोजिटिभ हुदा उनिहरु होम क्यारेन्टिनमा रहेको उनले बताए । साउनको तलब निकासा नभएको उनले बताए । फ्रन्ट लाईनमा रहेको चिकित्सकलाई शतप्रतिशत भत्ता उपलब्ध गराउने सरकारको घोषणा अनुसार पहिलो महिना मन्त्रालयबाट निकासा भएअनुसार भुक्तानी गरिएको भन्दै थप रकम निकासका नहुदा समस्या आएको बताए । मन्त्रालयबाट असारका ३० गते पठाएको रकम अपुग भएको जानकारी गराईएको भन्दै उनले थप रकम भुक्तानीका लागि प्रदेश सरकारलाई माग गरेको बताए । प्रदेश सरकारबाट रकम निकासा नगरिए अस्पताल विकास समितिले निर्णय गरेर चिकित्सकहरुको ब्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए । हाल अस्पतालमा ९ जना चिकित्सक, ६ जना एचए, करीब ४ दर्जन नर्सिङ स्टाफ र ४ जना गार्डहरुले ३ सिफटमा काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?