ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

वैकल्पिक सिकाई सहजीकरणमा प्रदेश सरकारको यस्तो छ जिम्मेवारी

८ असार २०७७, सोमबार
८ असार २०७७, सोमबार

कोभिड १९ को संक्रमणको कारण विद्यालयमा पठन पाठन गराइने सिकाई प्रणाली अवरुद्ध छ । अभिभावकहरु आफ्ना सन्ततिलाई कसरी सिकाईसँग जोड्ने भन्ने चिन्तामा छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको अवस्थालाई बर्गीकरण गरी पाँच वटा विकल्पलाई पठन पाठनको सहजीकरणका लागि अगाडी सारेको छ ।

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ मा बालबालिकाहरुलाई बर्गीकरण गरी मुख्यगरी पाँच तरिकाले बालबालिकाको पठन पाठनमा सहजीकरण गर्न भनिसकेको छ । त्यसमा

१) त्यसमा सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी रहेको समूहका लागि प्रिन्ट सामग्री,

२) रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि रेडियो कार्यक्रम,

३) टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि टेलिभिजन कार्यक्रम,

४) कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी रहेको समूहका लागि पेन डईभ, पाठ्यपुस्तक, उत्प्रेरक र इन्टरनेट तथा

५) सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि अनलाइन कक्षा र सामग्री रहेका छन् ।

 

वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा प्रदेश सरकारको भूमिका पनि उल्लेख गरेको छ । निर्देशिकामा उल्लेख गरेको भूमिकामा

(क) संघ वा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इलर्नीङ पोर्टलमा भएका सामग्रीहरू प्रदेश स्तरमा टेलिभिजन तथा रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने,

(ख) स्थानीय तहबाट भएका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने,

(ग) शिक्षा विकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने, गराउने,

(घ) प्रदेशको शिक्षा तालिम केन्द्रको परिचालन गरेर शिक्षकको क्षमता विकाससम्बन्धी कामहरू गर्ने,इकाइमा आवश्यक मनोपरामर्श, शिक्षक अभिभावकका लागि घरायसी विद्यालय (होम स्कूलिङ्ग) सञ्चालनका लागि तयारी गर्ने, गराउने,

(ङ) राष्ट्रिय पाठ्यक्रम प्रारुपको परिधिभित्र रही प्रदेश स्तरमा टेलिभिजनका कार्यक्रमहरू उत्पादन र प्रदेश अन्तर्गतका टेलिभिजन तथा केवल टेलिभिजनहरूबाट प्रसारण गर्ने, गराउने,

(च) प्रदेशबाट उत्पादन तथा प्रसारण भएका सामग्रीहरू प्रदेश सामाजिक विकास मन्त्रालय र सम्बन्धित शिक्षा विकास निर्देशनालयको वेवसाइटमा राख्ने र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लर्निङ प्रोटलसँग लिङ्क गर्ने,

(छ) अनलाइनका लागि तयार गरिएका सामग्रीहरूलाई सिडि वा पेनड्राइभ, हार्डडिस्क, सिष्टमजस्ता अफलाइन मोडमा रुपान्तरण गर्ने र स्थानीय तह मार्फत वा सोझै विद्यालयले प्रयोग गर्न अनुकूल बनाउने,

(ज) अफलाइन मोडमा तयार गरिएका सामग्रीहरूलाई पुस्तक वा पुस्तिकाका रूपमा छपाइ गरी उपलब्ध गराउने,

(झ) प्रदेश भित्र भएका शिक्षण सिकाइका कार्यक्रमहरूको अनुगमन तथा सुपरीवेक्षण गरी आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?