ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन

मुद्दा खेप्ने भालेको छ बर्षको उमेरमा मृत्यु

५ असार २०७७, शुक्रबार
५ असार २०७७, शुक्रबार

फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्याइएपछि चर्चामा आएको उक्त भालेको वर्षको उमेरमा मृत्यु भएको छ।

ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो।

त्यो भाले फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक नै बन्न पुगेको थियो। सन् २०१९ मा एउटा अदालतले मोरिसको पक्षमा फैसला सुनाएको थियो। त्यसपछि उक्त भाले ओलेरोँ नामक टापु स्थित एक घरमा बस्दै आएको थियो। उक्त पक्षीको मृत्यु गत मे महिनामा भएको बताइएको छ। तर उसलाई पालेका व्यक्तिले भने ढिलो गरी यो समाचार सार्वजनिक गरेका छन्।

“लकडाउनकाबीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय छन् भन्ने मलाई लाग्यो,” कोरिन फेसेअउले एउटा फ्रान्सेली रेडियोमा भनिन्। “हामीले नयाँ भाले किनेका छौँ। उसको नाम मोरिस नै राखेका छौँ। उसको पनि आवाज मिठो छ। तर उ हाम्रो पुरानो मोरिस कहिल्यै बन्न सक्दैन।”

समस्या

ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दु:ख दिएको बताएपछि मोरिस समस्यामा परेको थियो।

त्यसपछि ग्यालिक मूलको कुखुराकोभाले लाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलियो। र उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरे। अदालतले पक्षमा फैसला नगरेको भए ३५ वर्ष देखि ओलेरोँमा बस्दै आएका फेसेअउले कसै गरी मोरिसलाई चुप लगाउनुपर्थ्यो या अन्तै बसाइ सर्नु पर्थ्यो।

तर गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाए र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराए। “यो मेरो जस्तै अवस्था भएका सबैको जित हो। मेरो आशा छ कि यसले उनीहरूका लागि नजिर स्थापित गर्ने छ,” समाचार संस्था एएफपीले फेसेअउलाई उद्धृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?