ट्रेंडिंग:

>> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली

क्वारेन्टाइनलाई किन भनिदैछ ‘कैदखाना’

४ असार २०७७, बिहीबार
४ असार २०७७, बिहीबार

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित एउटा क्वारन्टीनमा बस्दै आएका एक पुरुषले बुधवार आत्महत्या गरे।

उनीसँगै बस्दै आएका मानिसहरूका अनुसार आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट देखिएका उनी पीसीआर परीक्षण रिपोर्टको प्रतीक्षामा थिए।

केही दिनअघि कैलालीको एउटा क्वारन्टीनमा बसिरहेकी एक महिलामाथि बलात्कारको प्रयास भएको भन्दै उनका आफन्तले प्रहरीमा उजुरी गरेको घटना सार्वजनिक भयो।

यसै हप्ता दैलेखको त्रिभुवन उच्च माध्यमिक विद्यालयस्थित क्वारन्टीनमा बस्दै आएका मानिसहरूले परीक्षण रिपोर्ट आउन ढिलाइ गरिएको भन्दै जुलुस निकालेपछि त्यसलाई रोक्न पुगेका एक प्रहरी झडपका क्रममा घाइते नै भए।

समस्यै समस्या

अपवादबाहेक देशभरि रहेका अधिकांश क्वारन्टीनको व्यवस्थापनसँग जोडिएका यी प्रतिनिधि घटना मात्रै हुन्।

यसअघि क्वारन्टीनबाट मानिसहरू भागेको, केही ठाउँका क्वारन्टीनमा दिनभरि बस्ने र राति घर जाने लगायतका समाचार पनि नआएका होइनन्।

क्वारन्टीनमा पाइने खानेकुरा, पिउने पानी, सुत्ने ओछ्यान र शौचालय लगायतका बारेमा नियमितजसो गुनासाहरू सुन्ने गरिन्छ।

बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीबाटै प्रतिनिधित्व गर्ने सांसद विमला राई पौडेलले क्वारन्टीनहरूको अवस्था पीडादायी भएको बताइन्।

क्वारन्टीनहरू खासगरी महिला बालबालिका तथा वृद्धवृद्धाका लागि उपयुक्त नभएको भन्दै कोठामा चुकुल समेत छैन भन्ने खालका फोनहरू पनि आउन थालेको उनले उल्लेख गरिन्।

सामाजिक सञ्जालमा पनि क्वारन्टीन व्यवस्थापनमा देखिएको अस्तव्यस्ततालाई लिएर चर्को आलोचना भइरहेको छ। कतिपयले नेपालका क्वारन्टीनहरू “कैदखानाजस्तो” भएको टिप्पणी पनि गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवारसम्म देशभरिका विभिन्न क्वारन्टीनमा १,२५,७९८ जना छन्।

कैलालीको लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारन्टीनमा बस्दै आएका लम्किचुहा नगरपालिकाका-१ का ५६ वर्षीय अजय न्यौपाने छतमा सुत्ने गरेका छन्।

“परीक्षण गरिसकिएका र नगरिएका सबैलाई यहाँ मिसाएर राखिएको छ। क्वारन्टीनमै बसिरहेका व्यक्तिबाट सर्छ भन्ने डरले म कौसीमा सुत्ने गरेको छु,” बिहीवार बीबीसी न्यूज नेपालीसँग फोनमा कुरा गर्दै उनले भने।

एउटै शौचालय धेरैले प्रयोग गर्ने गरेको र खानेपानीको हकमा पनि एकै ठाउँ सबै जानुपर्ने बाध्यताबीच सङ्क्रमण फैलिने जोखिम निकै रहेको न्यौपाने बताए।

“क्वारन्टीन बसाइ पूरा गरेर मानिसहरू गएपछि कुनै प्रकारको सरसफाइ नगरी त्यसैमा फेरि अरूलाई बस्न लगाउने गरिएको छ,” उनले थपे।

न्यौपानेका अनुसार आरडीटीमा पोजिटिभ रिपोर्ट देखिएपछि अहिले पीसीआर रिपोर्टको प्रतीक्षामा रहेको उनी छन्।

तर तत्काल रिपोर्ट आउनेमा विश्वस्त नदेखिएका उनले भने, “कति मान्छे रिपोर्ट कुरिरहेको एक महिना पनि भइसक्यो। मेरो त बल्ल तीन दिन भयो।”

तर क्वारन्टीन व्यवस्थापनमा संलग्न जिम्मेवार व्यक्तिहरू चाहिँ मापदण्डअनुसार सक्दो गरिरहेकै दाबी गर्छन्।

“खाने, सुत्ने र बस्ने आवश्यक व्यवस्था गरेका छौँ। सबै गरे पनि सबैको चित्त बुझ्ने कहाँ हुन्छ र कतिपयलाई खानेकुराको स्वाद नमिलिरहेको हुन्छ, कतिपय के नमिलेको भन्छन्,” लम्किचुहा अस्पताल विकास समितिका सदस्य गङ्गाराम उपाध्यायले बीबीसी न्यूज नेपालीसित भने।

परीक्षणदेखि क्वारन्टीन व्यवस्थापनसम्मका विषयमा खासगरी सङ्घीय सरकारबाट आवश्यक सहयोग नपाएको स्थानीय जनप्रतिनिधिहरूले गुनासो गर्दै आएका छन्।

बुधवार आत्महत्याको घटना भएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-५ का वडाध्यक्ष कमल पौडेलका अनुसार स्थानीय सरकारहरूले अहिलेसम्म जे गरेका छन् ती आफ्नै “बलबुता”मा गरेका छन्।

“तपाईँलाई मैले साँच्चै भन्नुपर्दा अहिलेसम्म हाम्रो वडाले सङ्घीय सरकार वा प्रदेश सरकारको तर्फबाट हामीले एउटा मास्कसम्म पाएका छैनौँ,” पौडेलले भने।

स्थानीय सरकारहरूबाट मानिसहरूले धेरै अपेक्षा गरे पनि आफूहरूको भूमिका सीमित रहेको उनको भनाइ छ।

“हामीले खाने बस्ने लगायत व्यवस्था छौँ। परीक्षणका लागि नमुना सङ्कलनसम्म गरेका छौँ। अब परीक्षण गर्ने र रिपोर्ट कहिले दिने कुरामा हामी केही गर्न सक्दैनौँ,” पौडेलले थपे।

“मिडियामा बोलेर मात्रै हुँदैन। सङ्घीय र प्रदेश सरकारबीच मैले त कुनै समन्वय नै भएको देख्दिनँ।”

हवाईमार्ग र स्थलमार्गबाट आउने नेपालीहरूबीच सरकारले नै विभेद गरेको वडाध्यक्ष पौडेलको गुनासो छ।

स्वयं सरकारी अधिकारीहरूकै अनुसार नेपालमा क्वारन्टीनमा बसिरहेका व्यक्तिहरूमै सङ्क्रमणका धेरै घटना देखिएका छन्।

उदाहरणका लागि केही साताअघि बाँकेको नरैनापुर क्वारन्टीन केही समयअघि कोरोनाभाइरस सङ्क्रमणको हटस्पट बन्न पुगेको थियो।

त्यहाँ ११८ जना व्यक्तिमा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भयो भने बाँकी ११७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपाली अधिकारीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेका मापदण्ड अनुसारकै क्वारन्टीन बनाइएको दाबी गरे पनि त्यहाँ बस्नेहरूको गुनासो र सरकारी दाबीबीच तालमेल देखिँदैन।

डब्ल्यूएचओका अनुसार क्वारन्टीनमा यी लगायतका सुविधा हुनुपर्छः

  • पर्याप्त भेन्टिलेशन भएको, सरसफाइ गर्न पाउने र शौचालय भएको एक जना बस्न मिल्नेगरी बनाइएको फराकिलो कोठा हुन्छ। छुट्टै कोठा नभएको अवस्थामा एक मिटरको दूरीमा ओछ्यानहरू हुनुपर्छ
  • सङ्क्रमण नियन्त्रणका लागि उपयुक्त वातावरणीय उपाय प्रयोग गर्नुपर्छ
  • क्वारन्टीनमा खानेकुरा, पानी र सरसफाइको उपयुक्त व्यवस्था हुनुपर्छ
  • क्वारन्टीनमा बस्नेहरूका झोला लगायत सामानको सुरक्षा सुनिश्चितता हुनुपर्छ
  • उपलब्ध स्थितिमा व्यक्तिको उपचारको उपयुक्त व्यवस्था गरिनुपर्छ
  • क्वारन्टीनमा बसिरहेका मानिसहरूले बुझ्न सक्ने भाषामा कुराकानी गर्ने व्यवस्था हुनुपर्छ ताकि आफूले पाउने सुविधा लगायतका विषयबारे उनीहरूले बुझ्न सकून्
  • क्वारन्टीनमा बसिरहेका मानिसहरूले क्वारन्टीनबाहिर रहेका परिवारका सदस्यसँग कुरा गर्न सक्ने हुनुपर्छ
  • सम्भव भए इन्टरनेट, समाचार पढ्न हेर्न/पाउने र मनोरञ्जन गर्न पाउने व्यवस्था मिलाइनुपर्छ
  • उनीहरूलाई मनोवैज्ञानिक सहायता उपलब्ध गराइनुपर्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?