ट्रेंडिंग:

>> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था

विभेद भोग्नुपरेको सहजकर्ताहरूको गुनासो

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

शिक्षाको जग नै बाल विकास भए पनि साना साना शिशुहरूको स्याहार गरेर उनीहरूलाई औपचारिक शिक्षाको लागि तयार पार्नेलाइ नै राज्यले विभेद गरेको सल्यानको शिशु विकास सहजकर्ताहरूले गुनासो गरेका छन् ।
शिक्षाको महत्वपूर्ण खुड्किलोको रूपमा रहेकोले बालविकास केन्द्रहरूलाई विभेद गर्दासम्म शिक्षा क्षेत्रले फड्को नमार्ने उनीहरूको भनाइ छ । आफुहरूलाइ विद्यालयका अन्य शिक्षकहरूले हेर्ने दृष्टीकोण फरक भएको र पाउने सेवा सुविधा पनि लाजमर्दाे भएको गुनासो शिशु विकास सहजकर्ताहरूले गरेका हुन् ।
गायत्री आधारभूत विद्यालय कपुरकोट ४ गाँडापानी सल्यानमा रहेको बाल विकास केन्द्रकी सहजकर्ता चन्द्रा डाँगीले बाल विकास केन्द्रलाइ व्यवस्थीत गर्न आवश्यक रहेको बताइन् । यद्यपि कपुरकोट गाउँपालिका सल्यानले आफुहरूलाइ पोषाक, अन्तरक्रिया तथा वाल विकास केन्द्रमा शैक्षिक सामग्रीहरूको व्यवस्था गरिदिएकोमा खुसि व्यक्त गरिन् ।
आफुहरूले जीम्मेवारपूर्वक काम गरिरहेको जनाउँदै कपुरकोटका २४ वाल विकास केन्द्रका शिशु विकास सहजकर्ताहरूले सेवा सुविधा थप गर्नुपर्ने र आफुहरूलाइ शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने माग राखेको शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारिले जनाएका छन् ।
यसैविच शिक्षा समिती प्रमुख समेत रहेका कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बाल विकास केन्द्रको व्यवस्थापनमा गाउँपालिका लागीरहेको जनाउँदै खेल, संगीत र विभिन्न क्रियाकलापमार्फत ससाना नानीबाबुलाइ अक्षर चिनाउन र उनीहरूको मानसिक र शारीरिक विकासको ख्याल राख्न आग्रह गरेका छन् ।
बालबालिकाको सुखी र समुन्नत जीवन सुनिश्चित गर्नु एवम् उनीहरूको विकासलाई सहज बनाउनु गाउँपालिकाको उद्देश्य रहेको जनाउँदै अध्यक्ष सेन र गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बाल विकास केन्द्रलाइ ३१ प्रकारका शैक्षिक सामग्री पनि हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाभित्र रहेका २४ वालविकास केन्द्रलाइ डोरि, कैँची, जनावरका चित्र, बल, जालि बल, चार्ट, व्याट, सिटी लगाएत ३१ प्रकारका बाल विकास शैक्षिक सामग्री गाउँपालिकाले खरिद गरेर हस्तान्तरण गरेको शिक्ष शाखाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष सेनले ससाना बालवालिकालाइ उनीहरूको रुची अनुसार, खान, खेल्न, सुत्न, रमाउन दिनुपर्ने भन्दै यसले बालबालिकालाई भर्ना हुनुपूर्व विद्यालय गएर पढ्नुपर्छ भन्ने ज्ञान दिने बताए ।
यस्तै उपाध्यक्ष बिुढा मगरले बालविकास केन्द्रमा व्यवस्थापन सुधार, गुणस्तर वृद्धि, पूर्वाधार निर्माण, समुदाय परिचालन तथा सशक्तीकरण आवश्यक रहेको बताइन् । शैक्षिक गुणस्तर बढाउन तथा सहयोगी कार्यकर्ताको मनोबल उच्च बनाउन गाउँपालिकाले थप कार्यक्रम ल्याउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?