ट्रेंडिंग:

>> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु >> वडा कप क्रिकेटमा वडा नं ११ र १० विजयी >> ‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य >> तिलोत्तमा–३ मा ७ दिने उदघोषण तालिम सकियो

उखु कृषकको अढाइ करोड कहाँ रोकियो ?

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

नेपाल सरकारले पाँच वर्ष अघि उखु कृषकहरूलाई प्रोत्साहन स्वरूप उपलब्ध गराउने भनेको अनुदान रकम कपिलवस्तुका उखु किसानहरूले हालसम्म पनि नपाउँदा निराश बनेका छन् ।
जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले समयमा सरकारलाई रिपोर्ट नबुझाउँदा हालसम्म पनि कपिलवस्तुका उखु किसान आशैआशमा निराश बनेका हुन् । अनुदान रकम पाउनका लागि किसानहरूले पटक पटक आन्दोलन, धर्ना दिँदै आएको भए पनि रकम नपाएका किसानहरूलाई सम्बन्धित निकायबाट सरकारलाई दिलाउन पहल गर्ने आश्वासनमा भने कुनै कमी छैन ।
आर्थिक वर्ष ०७१÷०७२ मा कपिलवस्तुका पश्चिमी भेगका किसानले सोही मिललाई दिएको उखुमा प्रति क्वीन्टल रु २५ का दरले सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिए । त्यतिमात्र होइन सुगर्स मिल बन्द भएको पनि एक वर्ष भयो तर मिलबाट पाउनुपर्ने भुक्तानी समेत नपाएपछि किसानहरू अझ मारमा परेको गुनासो गरेका छन् ।नेपाल सरकारबाट किसानहरूले पाउनुपर्ने अनुदान रकम छिटोभन्दा छिटो उपलब्ध गराइयोस् भन्ने किसानहरूको मागलाई सरकारले हालसम्म बेवास्ता गर्दै आएको छ । अन्य जिल्लाका उखु किसानले नेपाल सरकारबाट उखुमा प्रतिक्वीन्टल रु.२५ अनुदान उहिल्यै पाइसकेपनि कपिलवस्तुका किसान भने हालसम्म पनि बन्चित रहेका छन् ।
कपिलवस्तुका किसानले पाउनुपर्ने सरकारी अनुदान रकम करीव अढाई करोड छ । किसानहरूले सम्पूर्ण प्रकृयाहरू पूरा गरेको भएपनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीले बताए । पटक पटक सरकारको ध्यानाकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो छ । सुगर्स मिलले कागजपत्रमा ढिलाई गर्दा विभिन्न कारण देखाउँदै सो रकम हालसम्म नपाएको चौधरीले बताए ।
पटक पटक आन्दोलन गर्दा समेत आश्वासन मात्रै पाएका किसानहरूले फेरि आइतबार इलाका प्रशासन कार्यालय मार्फत सरकारकालाई ज्ञापन पत्र बझाएका छन् । पछिल्लो आन्दोलनमा अनशन बसेका किसानहरूलाई भाद्र १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधिहरू लगायतले सरकारबाट रकम निकासा गराउने प्रतिबद्धतापछि स्थगन गरिएको थियो । किसान संघले मंसिर १८ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः मंसिर १९ गतेबाट स्थगित अनशन कार्यक्रमलाई निन्तरता दिने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नर बहादुर खड्काले आफुले किसानको ज्ञापन पत्रलाई सम्बन्धित कार्यालयमा पु¥याउने र आफ्नो स्थानबाट अनुदान रकम निकासाका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?