ट्रेंडिंग:

>> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन

देउँसी–भैलोको रकम अपांग आश्रमलाई

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

तिहारका बेला खेलिएका देउँसी भैलोमा जम्मा भएको रकम रूपन्देही तिलोत्तमाको पामिर एकेडेमीका भूतपुर्व विद्यार्थीले अपाङ्ग आश्रमको सहयोगमा खर्चिएका छन् ।
पामिर एकेडेमीको भूतपुर्व विद्यार्थी संघले यसवर्षको तिहारमा खेलेको देउँसी भैलोबाट संकलित रकम बुटवल–११ देवीनगरस्थित अपाङ्ग आश्रमलाई हस्तान्तरण गरेको हो । गतवर्ष पनि भुतपुर्व विद्यार्थीले यसरी संकलित रकम मणिग्रामको अनाथ आत्मशान्ति अनाथ आश्रमका लागि खर्चिएका थिए ।
विद्यार्थीहरूले अपाङ्ग आश्रममा आश्रित व्यक्तिहरूको लागि जाडोको समयमा प्रयोग हुने सिरक, ब्लाङ्केट, जुत्ता, चप्पल लगायत ४० हजार रूपैयाँ बराबरको सामग्री सोमबार एक समारोहका बीच आश्रमका सञ्चालक डोलबहादुर राम्दाललाई प्रदान गरेका हुन् । रकम सहयोग हस्तान्तरण गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईले विद्यार्थीहरूले सामाजिक क्षेत्रमा गरेको लगानी अरू क्षेत्रका लागि समेत अनुकरणीय रहेको बताए । ‘भैलो खेलेर जम्मा गरेको जथाभावी सक्नुभन्दा सामाजिक र विकास निर्माणको काममा लगाउन अभियान चलाउनु राम्रो हो,’–उनले भने ।
पामिरका भूतपुर्व विद्यार्थीहरूले अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि गरेको सहयोगले आफुहरू निकै उत्साहित भएको भन्दै उनले थप रचनात्मक कामका लागि शुभकामना दिए । भूतपुर्व विद्यार्थी संघका अध्यक्ष नेत्र बुढाथोकीले आगामी दिनमा समेत देउँसीभैलोको रकम यस्तै सामाजिक कामका लागि खर्चिने प्रतिवद्धता जनाउँदै अपाङ्गता भएकाहरूका लागि सबैको सहयोग जरुरी रहेको बताए । संघका संस्थापक अध्यक्ष सविन ज्ञवालीले देउँसीभैलोको रकम फजुल काममा खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा गरिने सहयोग उपलब्धिपूर्ण हुने बताए ।
देउँसी भैलो खेलेर बनभोज जाने, अनावश्यक क्षेत्रमा खर्च गर्ने परिपाटीको विकास भइरहेका बेलामा विद्यार्थीहरूले अपाङ्गता भएकाहरूका लागि गरेको सहयोगबाट सबैले पाठ सिक्नुपर्ने आश्रमका सञ्चालक डोलबहादुर राम्दामले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?