ट्रेंडिंग:

>> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण

सरकार संकटमा पर्दैनः ओली

१९ माघ २०७९, बिहीबार
१९ माघ २०७९, बिहीबार

विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा नपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै भने, ‘यो सरकार सङ्कटमा पर्छ जस्तौ मलाई लाग्दैन ।’

यद्यपि उनले लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसका कारण केही अस्थिरता देखिएको बताए । उनले आफूले निर्वाचन लगत्तै पनि नेपाल अस्थिरतामा जाँदैछ भनेको स्मरण गर्दै जवजव डेमोक्रेसीको कुरा हुन्छ तबतब अस्थिरता भोगिरहेको बताए ।

उनले शासन प्रणालीलाई कस्तो प्रणालीबाट लैजाने भन्ने प्रमुख प्रश्न रहेको र लोकतन्त्र प्रमुख भएकाले यसलाई कसरी संस्थागत गर्ने भन्नेमा सबैको ध्यान जानुपर्ने पनि बताए ।

अध्यक्ष ओलीले संविधान संशोधन हुनै नसक्ने कुरा नभए पनि अहिले नै संविधान संशोधनको चर्चा गर्ने बेला नभएको बताए । ‘तर अहिले संविधान संशोधनको चर्चा गर्ने बेला होइन, भरखर चुनाव भएको छ र नयाँ सरकार बनेको छ’, ओलीले भने ‘लोकतन्त्रविरुद्ध अझै पनि भद्दा षडयन्त्र भइरहेको छ ।’

कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको भन्दै उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दिन्छु भन्नुलाई अनौठो रुपमा लिन नपर्ने बताए । ओलीले माओवादीले भनेको राष्ट्रिय सहमति यही समिकरणमा कांग्रेसले समर्थन गर्नलाई भनिएको बताए । राष्ट्रपतिका सवालमा कांग्रेससँग प्रधानमन्त्री लचक बन्नुभएको हो  ? भन्ने प्रश्नमा ओलीले भने, ‘कांग्रेस नेताहरुले त्यसो भनेको सुन्छु तर मलाई त्यस्तो लाग्दैन ।’

उनले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए । ‘सत्तागठबन्धनमा कुनै खटपट छैन’, ओलीले भने, ‘मध्यवधि निर्वाचन अव पूरै पाँचवर्षपछि हुन्छ ।’ उनले पुर्व सहमति अनुसार रास्वपाले उपप्रधान र गृहमन्त्रीमा दावी गर्नु स्वभाविक भएको प्रतिकृया दिए ।

‘पहिलाको सहमति तपाईहरुलाई थाहा नै छ । रास्वपाले उपप्रधानमन्त्रीसहित कुन कुन मन्त्रालयल लिएको हो त्यो पनि थाहा छ । सोही अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा हो’,ओलीको भनाइ छ । उनले कसलाई गृहमन्त्री बनाउने भन्ने कुरा रास्वपाले नै जान्ने कुरा भएको पनि बताए । तर त्यो सहमतिअनुसार उनीहरुलाई नदिने, एकतर्फी रुपमा छुट्टै निर्णय गर्ने कुरा भएमा अप्ठेरो हुने ओलीको भनाइ छ । ‘तर त्यस्तो भएको छैन । रास्वपालाई गृहमन्त्री दिन किन सर्वोच्चको पुर्णपाठ चाहियो ?’ओलीको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np