ट्रेंडिंग:

>> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा

११ माघ २०७९, बुधबार
११ माघ २०७९, बुधबार

बुटवल, ११ माघ ।

बुटवल उपमहानगरपालिकाको नगर सभाको १२ औं अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको नगरसभाको १२ औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो ।

अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवल भित्रका पार्कहरुलाई नगर मातहत ल्याउन कानून बनाउने, टोलविकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा शहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए ।

उनले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने शहरका रुपमा स्थापित गर्ने बताए । उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष चासो दिदै समयमै योजना सम्पन्न गर्नतर्फ ध्यान दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?