ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द !
मुख्य खबर

विद्यालयदेखि दौडीएकी पुष्पालाई बंगलादेशमा स्वर्ण

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

सल्यान : सल्यानकी पुष्पा भण्डारीले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै बंगलादेशमा आयोजना भएको म्याराथनमा प्रथम भएकी छिन् । शुक्रबार ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी हुन् । विद्यालयमा दौड प्रतियोगीतामा भाग लिएर खेल क्षेत्रमा अनवरत रुपमा लागेकी खेलाडी हुन् ।
पुृृष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।
पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानी राखेकी थिइन् ।
शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकि पुष्पाले खेलको सुरुवात सल्यानको कपुरकोटबाट गरेकी थिइन् । २०६३ सालमा नेरामावि किमुचौर ( कपुरकोट ४ सल्यान) मा दौड प्रतियोगीतामा भाग लिएकि उनलें । २०६८ मा आयोजना गरिएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ वर्षको उमेरमा दौडिएर दोश्रो भएकि थिइन् । १२ औँ साउथ एशियन खेलकुदमा पनि भाग लिइन् । तर त्यतिखेर विरामी अवस्थाकी उनी दौड्दा दौड्दै वेहोस भइन् । उक्त प्रतियोगीतामा असफल भएपछि उनी सल्यान फर्किएर पढाईतिर नै बढी ब्यस्त भइन् । पुष्पाले भनिन्, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा अरु खेलाडिहरु अग्ला अग्ला हुन्थे, मं होची भएकाले खेल खेल्न सक्दैन जस्तो लाग्थ्यो ।’ तर उनलाई आफ्ना गुरुले हौसला प्रदान गरे ।
२०६९ मा आयोजना गरिएको लुम्बिनी च्याम्पियनसिपमा पुष्पा पहिलो भइन् । त्यस पछि २०७० सालदेखी शशस्त्र प्रहरी क्लवमा करारमा आवद्ध भईन् । क्लव भित्र राम्रो प्रशिक्षण पाइरहेकी उनी २०७५ जेठ देखी शशस्त्र प्रहरी क्लवमा स्थायी रुपमा आवद्ध छिन् । पुष्पाको विश्व ओलम्पीक सम्म पुग्ने लक्ष्य छ ।
सल्यान स्थित त्रिज मावि मालनेटामा अध्ययन गरेकी पुष्पालाई घरबाट विद्यालय पुग्न एक घण्टा बढि लाग्थ्यो । विद्यालय टाढा भएका कारण कहिलेकाहीँ घरबाट निस्कन ढिला भयो भने दौडेर जाने गर्थिन । उनले भनिन्, ‘विद्यालय जान एक घण्टा लाथ्यो, ढिला हुँदा दौडिएर आधा घण्टामै पुग्थेँ । त्यतिखेरदेखी नै दौडन बानी पर्याे ।’
ढाका म्याराथनमा स्वर्ण जित्दै पुष्पाले बंगलादेशी मुद्रा पाँच लाख टाका पुरस्कार पाएकी छन् । गएको कार्तिक महिनामा नवौं राष्ट्रिय खेलकुदमा उनलाई चोट लागेको थियो । चोट सुधार भएपछि उनी म्याराथनमा प्रथम हुन सफल भएकि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np