ट्रेंडिंग:

>> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन

प्रदेशस्तरिय पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीमा

२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

नवलपरासी, पुस –
लुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले जनाएको हो ।
लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले बताए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ,प्रमुख डा.अचार्यले भने,अहिले कार्यालय सञ्चालनमा ल्याइएको छ,तर प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उदघाटन हुनेछ । ततपश्चात प्रयोगशालाले काम गर्ने छ । नवलपरासीमा यो प्रयोगशाला स्थापना हुनु उपलब्धी मुलक नै भएको उनको भनाई थियो । नवलपरासीमा प्रयोगशाला भए पनि यसले लुम्बिनी प्रदेशको १२ वटै जिल्लाबाट नमुना संकलन भएर आउने र त्यो नमुना परिक्षण गरि अन्वेषण गरिने छ ।
एक करोड बढि लगानीमा बनेको प्रयोगशालाले पशुमा लाग्ने ब्याक्टेरिया,भाईरस,फँगस(ढुसी) आदीबाट लाग्ने रोगको पत्ता लगाईने छ । पशुको रगत,पिसाब,दिसा आदीको परिक्षण गर्ने छ ।

प्रयोगशालाले भाईरस सम्बन्धी पिसिआर समेत गर्ने गरि स्थापना भएकोछ , उनले भने, यसले उपचार विधिमा कल्चर समेत परिक्षण गर्ने छ । नवलपरासी जिल्लामा स्थापित उतm प्रदेश स्तरिय प्रयोगशाला लुम्बिनीप्रदेशको भए पनि नवलपरासीको सिमा भारतको उत्तर प्रदेश,विहार प्रदेश,नेपालको गण्डकी प्रदेशसँग पनि जोडिने हुदा ति प्रदेशमा पनि लाग्ने पशुजन्य रोगको नमुना आए परिक्षण गर्न सक्ने उनको भनाई थियो । खुल्ला सिमाका कारण रोग अन्य देश र प्रदेशका रोग पनि सजिलै लुम्बिनी प्रदेशको सिमा भित्र छिर्न सक्छ,डा.अचार्यले भने,त्यो भएर रोगको अन्वेषण बेलामै गरेर उपचारका लागि सम्बन्धित पशु अस्पताललाई जानकारी गराई दिइने दायित्व यो प्रयोगशालाको रहने छ ।
नवलपरासी जिल्ला एक आफैमा विविधतापुर्ण छ,सिमा पनि तिन वटा प्रदेशले छोइन्छ ।

त्यो भएर पनि प्रयोगशाला उपयुतm स्थानमा लुम्बिनी प्रदेश सरकारले राखेको उनको भनाई थियो । पहिला नवलपरासी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय मार्फत नै राख्ने योजना अनुसार यहाँ छनौट भएको थियो । तर पछि कृषि,खाद्य प्रविधि तथा भुमि ब्यवस्था मन्त्रालय अन्तरगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय मार्फत रहने गरि किटान गरिएको छ । हाल चार जना कर्मचारीको दरबन्दी यो प्रयोगशालामा कायम गरिएको छ । तर सवारीसाधन,अन्य कार्यालयको ब्यवस्थापन हुन सकेको छैन् । प्रयोगशालाको प्रचार प्रसार,अन्य कार्यक्रमका लागि पनि सरकारले बजेट विनियोजन गरेको छैन् । निर्देशनालयले सरकार गठन पश्चात सबै ब्यवस्था मिलाईने गरि आश्वासन दिएको डा.अचार्यले बताए । सबै ब्यवस्थापन गरि उदघाटन गरिए पछि प्रयोगशालाले धमाधम आफ्नो कार्य गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?