ट्रेंडिंग:

>> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय

निर्मला पन्तलाई न्याय देउ

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

गृहमन्त्री भएपछिको पहिलो निर्णयमा हस्ताक्षर गर्दै रबि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका छन । उनको पहिलो प्रतिवद्धताले मुलुकमा शान्ति सुरक्षाको प्रभावकारीतासंगै आम नागरिकले न्यायको अनुभूति गर्ने केही आशा र विश्वास पलाएको छ । यद्यपि निर्मला पन्त आज यो संसारमा छैनन तर उनको आत्माको शान्तिका लागि पनि हत्यामा संलग्न दोषी उम्किन पाउनु हुँदैन । निर्मलाको परिवारले आफ्नी छोरीको हत्यारा पत्ता लगाउन अहिलेसम्मपनि विभिन्न दवावमूलक आन्दोलन गरिरहेका छन । दवावकै बीच निर्मला हत्याकाण्डमा संलग्नमाथि कारवाही गर्ने भन्दै यसअघिका गृहमन्त्रीले हत्याकाण्ड छानविन गर्ने प्रतिवद्धता जनाएकै हुन । वर्तमान प्रहरी महानिरिक्षकले समेत निर्मला पन्त हत्या प्रकरण पत्ता लगाउने अठोट गरेका छन । निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ । जेहोस ढिलै भएपनि निर्मलाको पक्षमा न्याय हुने आशा पलाएको छ । गृहमन्त्री र प्रहरी महानिरिक्षक दुवैको प्राथमिकतामा यो विषय परेको छ । निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ परेर सजाय पाएको अवस्थामा रबि लामिछाने सफल हुनेछन् । विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गंभीर ढंगले दोषी पत्ता लगाउन र कारवाहीमा ढिलाई तथा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यमय वनेको हो भन्दा अत्युक्ति हुँदैन ।

निर्मला पन्त अन्याय र अत्याचारको बोझमा पिल्सिएकी एक सम्मानित प्रतिनिधि पात्र हुन् । उनको हत्याको सेरोफेरोमा थुप्रै हत्याहरु भएका छन् । प्रहरी हिरासतमै पनि कैयौं चेलीले ज्यान गुमाएका छन । उनको बलात्कारको सेरोफेरोमै अन्य कयौँ नेपाली चेली बलात्कृत भएका छन तर मरणोपरान्त भएपनि अन्याय विरुद्धको न्यायको लडाइको केन्द्रमा निर्मला पन्त रहेकी छन् भन्ने आज पुष्टी भएको छ । निर्मला पन्त नरहेपनि उनको हत्याको श्रृंखला र घटनाका कारकको खोजी हुनु जरुरी थियो । कम्तिमा निर्मला पन्तको पक्षमा न्याय हुन्छ कि भन्ने आशा जागृत भएको छ । आजपनि निर्मला पन्तका पिता न्यायको खोजीमा प्रहरी प्रशासनको ढोका ढकढकाउँदै छन । उनलाई ‘दिमागी’ सन्तुलन गुमाएका व्यक्तिको रुपमा चित्रित पनि गरियो । वास्तवमा यो अत्यन्त क्रुर र दुःखद टिप्पणी थियो । नेपाली समाज कतिसम्म निर्दयी छ भन्ने कुरा निर्मलाका पिताप्रतिको टिप्पणी नै काफी छ । भन्नैपर्दछ– बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कारबाही गर्न पहिलेका सरकार उदासीन भएकै हुन । यो नृशंस घटनामा संलग्न दोषी ठूलै राजनैतिक शक्तिकेन्द्र नजिक रहेको आशंका गरिएको हो । त्यति नै बेला दोषी पत्ता लाग्ने थुप्रै दसी प्रमाण थिए र ती सवै नष्ट गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले यो घटनामा संलग्न दोषी ठूलो शक्तिकेन्द्र नजिक भएकोले अहिलेपनि पक्राउ नपर्ने हो कि भन्ने चिन्ता छ । तर, न्याय मर्दैन कि भन्ने गृहमन्त्रीको पछिल्लो प्रतिवद्धताले आशा पलाएको छ । अन्ततः जनताकै दवावमा ढिलै भएपनि निर्मला पन्त हत्या प्रकरण फेरी चर्चामा छ । अहिले यो घटनालाई केवल चर्चामा मात्र होइन दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउने काममा गृहमन्त्री रबि लामिछानेलाई सफलता मिलोस् । अनिमात्र उनीप्रति जनताले पहिलो चरणमै गरेको विश्वास र भरोसा प्रमाणित हुनेछ । जेहोस गृहमन्त्रीले पुरानो फाईल खोल्ने र कारवाहीको अन्तिम किनारसम्म पुग्ने जुन हिम्मत देखाएका छन त्यसको प्रशंसा गर्नैपर्दछ । त्यसमा गृह प्रशासन सफल रहोस भन्ने आम नेपालीको प्रार्थना छ । कुनैपनि नेपाली चेली न्याय नपाएर प्रताडित हुन नपरोस् । निर्मला पन्तको नियति कसैले पनि भोग्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np