ट्रेंडिंग:

>> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी

लिफ्ट सिँचाइ बन्द हुँदा मारमा किसान

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

चन्द्रौटा (कपिलवस्तु), ३ पुस ।

कपिलवस्तुको गुडरुङ खोलामा लिफ्ट सिँचाइ योजना बन्द हुँदा स्थानीय महंगो रकम तिरेर सिँचाइ गर्न बाध्य भएका छन । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर–९ स्थित भरिया गाउँमा रहेको सिँचाइ योजना बन्द हुँदा स्थानीय महंगो रकम तिर्न बाध्य भएका हुन् ।

करोडौँको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण हुँदा पनि जिम्मेवार निकायले अपनत्व नलिँदा किसानहरुले सास्ती खानु परेको स्थानीय वीरप्रकाश यादवले बताए । एक स्थानीयका अनुसार एक व्यक्तिले आफ्नो लगानीमा सञ्चालन गर्दै आएका थिए । पछिल्लो केही समय यता उनी विदेश गए त्यसपछि रेखदेख लगायतको समस्या हुन थालेको छ । उनले सञ्चालन गर्दा उपभोक्ता हर्षित थिए तर लगानी समेत उठ्न सकेको थिएन र मेसिनरी सामान समेत चोरी भएको छ । अहिले उपभोक्ता गहुँ लगायतको बाली ७ देखि १० हजार सम्म इन्धन खर्च तिरेर सिँचाइ गर्न बाध्य छन् ।

निर्माण कार्य सम्पन्न भएपछि रेखदेख नहुँदा गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको छ । वडा नम्बर ८ र ९ का करिब ५ सय बिगाहा खेतीयोग्य जमिनलाई सिँचाइ गर्न पुग्ने योजनामा क्षति हुँदा किसानलाई महंगो इन्धन खर्च गरी पम्पसेटबाट सिँचाइ गर्नुपर्ने बाध्यता छ ।

यता नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रदेश सरकारले निर्माण गरेको संरचना नगरलाई हस्तान्तरण नगरिएको बताउँदै सञ्चालन खर्चिलो रहेको बताए । माथिल्लो निकायको सेवा प्रवाह निरन्तर भएपछि सञ्चालनको लागि पहल गर्न सक्ने उनको भनाइ छ ।

करोडौँ रकम लगानी गरेको निर्माण गरिएको संरचनामा स्थानीय तहसँग समन्वय नभएकोले सञ्चालन गर्न जटिल रहेको प्रमुख श्रेष्ठले बताए । नगरसँग समन्वय गर्दा नगरले समेत सञ्चालन गर्न आफ्नो प्राविधिक खटाएर सञ्चालन गर्न सक्ने उनले दावी गरे ।

यस्तै योजना लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने (भुपाल)ले अवलोकन गर्दै रेखदेख नहुँदा केही उपकरणमा क्षति पुगेको बताए । लिफ्ट सिँचाइ योजनामा मर्मत गरी पुनः सुचारु गर्न सकिने भएकाले सञ्चालनका लागि पहल गर्नेमा जोड दिने उनको भनाइ छ । सिँचाइ योजनामा विद्युतीय सप्लाईका उपकरणमा क्षति पुगेको, विद्युतको पोल ढलेको अवस्थामा रहेको जनाए ।

आयोजना सञ्चालन नहुँदा विद्युतको रकम समेत तिर्न बाँकी रहेको बताइएको छ । उक्त सिँचाई योजना २०७३ सालमा निर्माण गरिएको थियो । बर्षाैँ बर्ष सम्म करोड बढीको योजना अलपत्र हुँदा सम्बन्धित निकाय मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np