ट्रेंडिंग:

>> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज
किसानका कुरा

बाँदरले बदलिएकी गोमा

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

१६ रोपनी क्षेत्रफलमा कागतीले लगाएकी उनले आम्दानी लिन थालेकी छिन् । राम्रो बजार भएपछि शिक्षण पेशा छाडेर व्यवसायीक खेतिमा श्रीमतीसगै लागी परेका छन । किसानलाई दान उत्पादनसँगै, बिरुवा उत्पादन, लगाउने विधी सिकाउँदा सिकाउदै गोमाको समय बित्ने गर्दछ ।
पाल्पा, २९ मंसिर ।

एक दशक अगाडिसम्म तिनाउ गाउँपालिका मस्यामकी गोमा भण्डारीको नाम जिल्लाका अगुवा किसानका लागि मात्र परिचित थियो । अहिले उनको नाम ४२ जिल्ला भन्दा बढी जिल्लाका किसान र कृषि प्राविधिक माझ लोकप्रिय काम बन्न पुगेको छ ।

व्यावसायिक तरकारी खेति गरेकी गोमाले राम्रोसँग आम्दानीसँगै एकाएक खेति गर्ने तरिका मात्र होइन ? खेतिको किसिम समेत परिवर्तन गरेपछि उनको कामसगै नाम सबैको माझमा परिचित हुन पुगेको हो । आफनो बारीको काल्नामा दुईवटा कागतीको बोटबाट कागती खेतिको सुरुवात गरेपछि उनको सर्वत्र चर्चासँगै आफ्नो नामसँग कागती समेत जोडिन पुगेको उनका छिमेकीहरु बताउँछन् ।

तरकारी खेति गर्दा बाँदर, मृग, हरिण जस्ता वन्यजन्तुले दिनमा र रातमा बँदेलले नोक्सानी गर्न थालेपछि २०७० सालदेखि ५० वटा कागती बोटबाट व्यावसायिक रुपमा थालनी गरेकी गोमाले परम्परागत खेति तथा तरकारी खेतिको तुलनामा सयौ गुणा आम्दानी सफल भएको उनको अनुभव छ ।

आफ्ना ससुराले बारीको काल्नामा लगाएको दुईवटा बोटबाट राम्रै नै फल दियो । तरकारीसँगै कागती बजार लैजाँदा कागतीका कारण तरकारी बिक्री गर्न सजिलो भएको बताउने गोमा भन्छिन्, “बजारको कारण व्यवसायी बन्न सिकायो । दुईवटा बोट थियो त्यसैबाट ५० वटा बनाएँ ।” व्यवसायी बन्न लाग्दा गोमाले धेरैको आलोचना समेत खेपेकी छन् । हिजो आलोचना गर्नेहरुले पनि व्यावसायिक रुपमा खेति गर्न लाग्दा मनमा आनन्द लाग्ने उनी बताउँछिन् ।

कागती खेतिबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पत्यारै थिएन । तरकारी र अन्य बालीमा जस्तो कडा मेहनत गर्न नपर्ने, एक पटक लगाएपछि वर्षौ सम्म आम्दानी लिन सकिने, बजार खोज्न टाढा जान नपर्ने जस्ता कारणले पनि सजिलो र सहज, त्यसैमाथि पनि वन्यजन्तुले नोक्सान गर्न नसक्ने भएकोले पेन्सन जस्तै भएको उनको बुझाई रहेको छ ।

आफ्नै एकल प्रयासबाट व्यवसाय सुरु गरेकी गोमाको श्रीमान निम्न मावि तहका शिक्षक हुन् । जब १६ रोपनी क्षेत्रफलमा कागतीले ढाक्यो, आम्दानी दिन थाल्यो । राम्रो बजार भएपछि शिक्षण पेशा छाडेर व्यावसायिक खेतिमा श्रीमतीसँगै लागिपरेका छन् । दाना उत्पादनसँगै, बिरुवा उत्पादन, लगाउने विधी सिकाउँदा सिकाउँदै गोमाको समय बित्ने गर्दछ । श्रीमानले दानाको बजारीकरण हेर्ने हो । यहाँ तयार भएका बिरुवा अर्घाखाँची, स्याङ्जा, चितवन, प्यूठान जस्ता धेरै जिल्लामा जाने गर्दछ । बिरुवामात्रै ५ देखि ७ लाखको बिक्री गर्ने गोमाका श्रीमानले आफुले सिकाएका किसानले उत्पादन गरेका कागतीका दाना बजार सम्म पु¥याउने गर्दछन् ।

  • १६ रोपनी क्षेत्रफलमा कागतीले लगाएकी उनले आम्दानी लिन थालेकी छिन् । राम्रो बजार भएपछि शिक्षण पेशा छाडेर व्यवसायीक खेतिमा श्रीमतीसगै लागी परेका छन । किसानलाई दान उत्पादनसँगै, बिरुवा उत्पादन, लगाउने विधी सिकाउँदा सिकाउदै गोमाको समय बित्ने गर्दछ ।

२०३५ सालमा रिब्दीकोट गाउँपालिका खस्यौलीमा जन्मिएर कक्षा १० मा अध्ययन गरेर २०५४ सालमा मस्याममा हुमनाथसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । “तरकारी खेतिको सुरुवात नगर्दासम्म घर व्यवहार चलाउन कठिन थियो । श्रीमानको भन्दा मेरो नै आम्दानी बढी हुन्थ्यो । सुरुवाती समयमा यातायातको सुविधा थिएन । डुम्रे बजारमा दिनमा सात खेपसम्म तरकारी बोकेर, कामदार खोजेर पनि बोकाएर बजार पु¥याएँ । तरकारी खेतिबाट आम्दानी नभएको होइन, जंगली जनावरले नोक्सान मात्र ग¥यो । खेति गर्दा बजार हुँदैन की ? भन्नु हँुदैन, व्यावसायिक भएपछि उत्पादनले नै बजार भेटाउँछ । पछिल्लो समयमा व्यावसायिक नै नभएका किसानहरुले बजार मूल्य छैन भन्ने हो”–उनी भन्छिन् ।

पहिलो वर्ष तीन लाख रुपैयाँको कागती स्थानीय बजारमा बिक्री गरेर हिसाब गर्दा त मनमा खुसीको सिमा नै रहेन । जिल्लाको पहिलोपटक व्यावसायिक कागती खेति गरेर राम्रो आम्दानी हात पर्न लागेपछि जिल्ला कृषि विकास कार्यालयबाट तालिम लिएकी गोमा भन्छिन्, “जीवनमा सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञान नै ठुलो भएको उनको बुझाई रहेको छ । भण्डारी दम्पत्तीका दुईवटा छोरा मध्ये ठूलो छोराले रुपन्देहीको पक्ीिहवामा र सानो छोरा कक्षा १२ मा अध्ययन गरेका छन् ।”

आफनै नर्सरीबाट बिरुवा लगाएका किसानले वोटमा कुनै समस्या देखा पर्दा फोनबाटै समाधानको उपाय सोध्ने गरेका छन् । फोनबाटै समस्याको समाधान बताउँदा पनि राम्रो उत्पादन लिएका किसानहरुको गोमाले लामो संख्या नै बताउँछिन् । आफ्नै बारीको लगाएको बोटबाट व्यावसायिक खेति सुरुवात गरेकी गोमाले स्थानीय सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएका उन्नत जातको विरुवाबाट राम्रो उत्पादन नभएको उनको अनुभव रहेको छ ।

सरकारले कृषिप्रधान देश भनेपनि अहिले सम्म किसानमुखी नीति र कार्यक्रम नै बनेन । “हाम्रा बजारमा पाइने कागती भारतबाट आयातित हुन् । कुल खपत मध्ये १० प्रतिशत मात्र हाम्रो उत्पादन हो । कागतीमा आत्मनिर्भर बन्न सकिन्छ तर सरकारले त्यही किसिमको नीति तथा कार्यक्रम बनाउनुपर्छ, तर सरकारले निर्यातमुखी भन्दा आयातमुखी कार्यक्रम बनाएका कारण सरकारी सेवाबिना नै १६ रोपनी क्षेत्रफलमा उत्पादन लिएकी छु”–गोमा भन्छिन् । आउने वर्षबाटै विविधिकरण गर्ने योजना उनले बनाएकी छन् ।

सरकारले परनिर्भरता रोक्न नै स्पष्ट नीति नै बनाएको छैन । सामान्य रुपमा ५० हजार देखि एक लाख रुपैयाँ सम्म अनुदानको कार्यक्रमले, ठुलो परिमाणमा व्यावसायिक रुपमा खेति गर्नेहरुका लागि अर्थहीन नै रहेको उनको अनुभव रहेको छ । सरकारले अनुदान रकम उपलब्ध गराउन नसके बैंक तथा वित्तिय संस्थाबाट सुलभ तवरले कर्जा उपलब्ध गराए पनि व्यावसायिक किसान उत्साहित हुने भण्डारीको बुझाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np