ट्रेंडिंग:

>> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल
शिवराजमा नमुना फर्म

विदेश जाने सोंच त्यागेका अधिकारीले अण्डा उत्पादनमा गरे चमत्कार

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

चन्द्रौटा(कपिलवस्तु), २३ मंसिर ।

युवराज अधिकारी एक किसान हुन् । उनी कुखुरा पालन गर्दै अण्डा उत्पादनमा लागेका छन् । विकसित जातका लियर्स कुखुराबाट अण्डा उत्पादन कार्यमा लागेका हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ बसन्तपुरमा लियर्स कुखुरा पालनबाट अण्डा उत्पादन गर्दै आएका छन् । अधिकारीले विगत १२ वर्षदेखि अधिकारी एग्रो प्रोडक्ट फर्मको नाममा लेयर्स कुखुरा फर्म सञ्चालन गर्दै आएका छन् । उनी ३० वर्षको उमेरमा २०६७ सालमा वैदेशिक रोजगारीमा जाने तयारी गरेका थिए । तर विदेशबाट फर्किएका साथीभाइसँग वैदेशिक अनुभव लिए । त्यसपछि डेढ लाख रुपैयाँ लगानी गरेर खाडी मुलुक जानु भन्दा आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोँच बनाए ।

यस व्यवसायलाई कसरी फस्टाउन भनेर युट्युवमा उनले अध्ययन गरे । विशेषगरी आधुनिक प्रविधिको प्रयोग गरेर लेयर्स कुखुरा पाल्ने सोंच बनाए । कुखुरा पालन प्रविधि निर्माणका लागि उनी छिमेकी मुलुक भारत पुगे । लेयर्स केज (खोर) का विज्ञ व्यक्ति ल्याई आधुनिक तरिकाले निर्माण गराए । युरोपियन प्रविधिद्वारा उत्पादित चल्ला नेपाली डिलरबाट तीन सय वटा ल्याई कुखरा पालेर अण्डा उत्पादन गरेर व्यवसायको सुरुवात गरे ।

यसरी लेयर्स कुखुरामार्फत अण्डा व्यवसायमा अधिकारी आत्मनिर्भर भएका हुन् । उनले स्थानीय आम उपभोक्ता तथा व्यवसायीलाई अण्डा बिक्री गर्ने गरेका छन् । सुरुमा लगानी बढी भएपनि पछि लागत घट्दै जाने व्यवसायीको भनाई छ । उनका अनुसार अन्य प्रजातिका कुखुराभन्दा लेयर्स कुखुरा स्वस्थकर हुन्छन् ।

आम उपभोक्तालाई ताजा, स्वच्छ, सफा र गुणस्तरीय अण्डा उपलब्ध गराउने दृढ संकल्पका साथ व्यवसायलाई अगाडि बढाएको अधिकारी बताउँछन् । अन्य प्रजातिका कुखुरा भन्दा आधुनिक केज सिस्टममा फर्म सञ्चालन गरेको उनले जनाए । व्यवसायी अधिकारीले भने, “लोयर्समा रोगको एकदमै कम संभावना हुन्छ । यसबाट उत्पादित अण्डाहरु गुणस्तरीय, स्वच्छ हुन्छन् । यसमा सुरुमा लागत बढी भएपनि विस्तारै लागत कम हुने गर्छ ।” उनले थपे, “धरै अध्ययन अनुसन्धान पछि नेपाल भित्र्याएको हो । पुरानो सिस्टमले आधुनिकतासँग जोडिएको हुनाले व्यवसायीकरणमा ढाल्न नसकिएकोले यसमा लागेको हुँ ।”

लाखौं रुपैयाँ लगानी गरेर खाडी मुलुक जानुभन्दा थोरै रकम लगानी गरेर व्यवसाय सुरु गरेका अधिकारी अहिले राम्रो उदाहरण समेत बनेका छन् । लेयर्स कुखुरालाई आवश्यक पर्ने दाना उनले आफैले उत्पादन गरेको बताए । बाहिर सप्लायर्ससँग खरिद गरेको दानाले किसान कहिले पनि प्रगतिमा जान नसक्ने उनी बताउँछन् । दिनहुँ हजारौं अण्डा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका उनी व्यवसायलाई समय दिएर बाँकी समय घरयासी काममा समेत परिवारलाई सघाउँदै आएका छन् ।

तसर्थ उनले आफैले मास दाना उत्पादन गरी प्रयोग गर्ने गरेको जनाउँदै गुणस्तरीय उत्पादित अण्डालाई उपभोक्ताको घरघरसम्म पु¥याउँदै आएको उल्लेख गरे । यसरी स्थानीयस्तरमा अत्याधुनिक प्रविधिबाट उत्पादित अण्डा बजारमा उपलब्ध हुँदा स्थानीय उपभोक्तासँगै व्यापारीलाई बजारीकरण गर्न सहज भएको छ । अधिकारी फर्मले उत्पादन गरेको अण्डा बुटवल, पोखरा लगायत स्थानमा समेत बिक्री हुने गरेको उनले जनाए ।

एक सिफ्टमा चल्ला राखेपछि करिब ६ महिनासम्म हुर्काउन समय लाग्ने गरेको बताउँदै बाँकि १८ महिनासम्म अण्डा उत्पादन गरेर बिक्री गर्ने गरेको उनले बताए । कुखुराको मल माछाको दानाको लागि उपयुक्त भएको हुँदा सहजै बिक्री हुने गरेको समेत युवराजले बताए । कुखुराले अण्डा उत्पादनमा निरन्तरता कम भएपछि मासुको लागि बिक्रीमा समस्या नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?