ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु
मुख्य समाचार

डिग्री पढेका ६ युवा ‘माटोमा भविष्य’ खोज्दै

१० हजार भन्दा बढि माला उत्पादन गर्न सकिने लक्ष्य लिएका छन् । केही कठ्ठामा उनीहरूले मखमली फुल समेत रोपेका छन् ।
५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल, ४ कार्तिक ।– राजेश कुवँर कृषिमा एमएस्सी गरेका छन् । उनी पार्ट टाईम विएस्सीमा कृषि समेत पढाउँदै आएका छन् । सन्जय अर्याल, सरोज भट्टराई र, बिबेक ज्ञवाली, किरण तिमिल्सेना एमएस्सी कृषि, विशाल पन्थी फार्म म्यानेजर व्यवस्थापनमा स्नातक गरेका छन् । ६ जनाको समूहले अहिले बुटवल–१५ मा जग्गा भाडामा लिएर माटोमा नै भविष्य खोज्दै छन् ।
बुटवल–१५ ढवाह नयाँ पुलपारी चम्कीपुरमा उनीहरूले २ विघा ३० कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रूपमा तरकारी खेती, फलफूल खेती, ड्रागन फ्रुट, पुष्प (फूलखेती) गर्दै आएका हुन । फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिचर्स प्रा (लि) स्थापना गरेका उनीहरूले केही बर्षदेखि व्यवसायिक उत्पादनमा जोड दिएका हुन । फार्मका अध्यक्ष राजेन्द्र कुँवरका अनुसार उनले पुरा समय नै फार्मलार्य दिने गरेका छन् । अन्य ५ जना भने विभिन्न पेशामा आवद्ध रहेका छन् । अधिकांश माष्टर अध्ययन गरेका उनीहरूले पार्ट टाईममा विद्यालयमा अध्यन गराउँदै कृषिमा कृषमा समेटिएका हुन ।
हालसम्म करिब ३० लाख भन्दा बढि लगानी गरेका उनीहरूले लोभ लाग्दो गरी सिकेको कुरालाई व्यवहारमा उतार्नको लागि व्यवसायिक खेती गरेका हुन । पछिल्लो समयमा कृषिमा विषादीको प्रयोग हँुदै आएकोमा उनीहरूले भने अर्गानिक खेतीमा समेत जोड दिएका हुन ।
केही समय पहिला कृषि पढेका विद्यार्थीहरूको लागि सरकारले दिने अनुदान अनुसार उनीहरूले कृषि ज्ञान केन्द्र रूपन्देहीबाट ७ अनुदान समेत लिएका छन् । अनुदान र विद्यार्थीहरूको लगानी बाट करिब ३० लाख भन्दा बढि लागत पुगेकोे अध्यक्ष कुवँरको भनाइ रहेको छ । हालसम्म आम्दानी भन्दा पनि लागत र सञ्चालन खर्च चलिरहेको उनको भनाई छ । ‘मेरो सरकारी जागिर खाने वा वाहिर जाने सोँच छैन, सोँच पनि नआयोस, हामी उत्पादन संगै किसानको फिल्डमा गएर सेवा दिँदै आएका छौ, माटो परिक्षण, विउ, विषादी सहितको काम समेत गर्र्दै आएका छौं ।’–अध्यक्ष कुँवरले भने ।
बेला बेलामा अन्य किसानालई समेत आवश्यक तालिम परेको बेलामा निःशुल्क खेतबारीमा ने गएर तालिम प्रदान गर्दै आएको जानकारी दिँदै उनले पढेको कुरालाई अन्य किसानहरूलाई समेत सिकाउन पाउँदा खुसि लागेको बताउँछन् ।
तिहारलाई ढकमक्क सयपत्री
तिहारको लागि उनीहरूले ८ कठ्ठा क्षेत्रफलमा कर्मा ५५५ र कलकत्तिया लोकल जात गरी २ प्रजातिका फुल रापेका छन् । सयपत्री फूल कतिपय फूल फूलिसकेको छ भने कतिपय फूल्ने क्रममा रहेको छ ।

तिहारको लागि भारतबाट फुल आयात रोक्ने गरी उत्पादन गर्न सकिने भन्दै उनीहरूले सोही योजनाका साथ पुष्प खेतीमा जोड दिएका हुन ।
दशैंको सिजनमा समेत कतिपय फुल फुलेको ले उनीहरूले विक्रि गरेका छन् । अधिकांस उपभोक्ताहरूले आफै फार्ममा नै आएर फुल सहित अन्य कुराहरू किनेर लैजाने गरेका छन् । बजारीकारणका लागि ठोस समस्या नभएको तर ठुलो मात्रामा उत्पादन हुँदा बजारीकरणका लागि बुटवल सहितका विभिन्न सहरहरूका व्यवसायीहरू संगको सम्पर्क राखेका छन् । तिहारका लागि उनीहरूले १० हजार भन्दा बढि माला उत्पादन गर्न सकिने लक्ष्य लिएका छन् । केही कठ्ठामा उनीहरूले मखमली फुल समेत रोपेका छन् ।
फार्ममा ओजेटीका लागि विभिन्न शैक्षिक संस्थाबाट प्रयोगात्मक अभ्यासका लागि विद्यार्थी आउने गरेका छन् । प्रगोगात्मक कुराहरू,स्कुल र कलेजकै पाठ्यसामग्री भन्दा बाहिर र जल्दोबन्दो कृषिका समस्या सङ अधारित रहेर प्रगोगात्मक कुरा टिमले सिकाउँदै आएका छन् ।
विद्यार्थीहरूले मुख्य रूपमा पुष्पखेतीलाई जोड दिदै कागती खेती, ड्रागन फुट, कुरिलो, तरबजुजा सहित मौसमी र बेमौसमी तरकारी खेती, तरकारकिा विरुवा समेत उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन् । उत्पादन संगै अनुसन्धानमा समेत जो दिएको जानकारी दिदै अध्यक्ष कुँवरले भने–‘हामी उप्तादनलाइ अनुसन्धान सङ जोडेर काम गरिरहेका छौ, हामी प्राय नसरिमा उत्पादन गर्न चाहिने जति पनि मल हुन्छ, गडयौले मल आफै उत्पादन गर्छौ। हामी सङ मल उत्पादनको लागि आबश्यक गड्यौला मल पनि छ, हामीले मललाई कृषि धारका विद्यालयमा समेत विक्रि वितरण गर्दै आएका छौं । ’
बेला बेलाका उनीहरूले कन्ये च्याउ खेती समेत गर्दै आएका छन् । यसको साथै किसानहरूको लागि आवश्यक परेको बखतमा तालिम, फिल्ड सेवा, समेत दिदै आएका हुन । अवको योजनामा उनीहरूले सानो स्केलमा रहेको इन्डोर प्लान्ट र नर्सरीलार्य अझ व्यवस्थित गरी अगाडी बढ्ने योजना समेत बनाएका छन् ।
साथै ठुलो परिमाणमा भर्मि कम्पोष्ट (गड्यौला मल) उत्पादन गर्ने , कृषि क्षेत्रमा आउन चाहने युवा, किसान वा जो कोहीलाई पनि तालिम केन्द्रको रूपमा फार्मलाई विकास गर्ने योजान बनाएका छन् ।
यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समेत साथ र सहयोग आवश्यक रहेको म्यानेजर विशाल पन्थीको भनाई रहेको छ । फार्म म्यानेजर पन्थीका अनुसार किसानको उत्पादनलाई भन्डारण कसरी टिकाउन सकिन्छ भनेर काम गर्दै आएका छन् । उनी भन्छन्–‘अब निकट भबिश्यमा कोल्ड स्टोर बनाएर अनुसन्धान सङै , उत्पादनको भन्डारण मा काम गर्ने, थोरै शुल्कमा किसनको उत्पादन भन्डारण गरिदिनेअलिक दिर्घकालिन लक्ष्य हो।’
समयमा फार्ममा काम गर्ने मान्छेको अभाव रहेको भन्दै उनले बेलाबेलामा मौसममाले समेत साथ नदिदाँ समस्या भएको बताउँछन् ।
हाल फार्ममा दाङ, अर्घाखाँची, चितवन, स्याङ्जाबाट १४ जना विद्यार्थीहरू ओजेटी(प्रयोगात्मक अभ्यासको लागि आएका छन् ।
अघिल्लो बर्ष उनीहरूले बोडी, जुकुनी, करेला, लौका, घिरम्ला, टमाटर आदि उत्पादन गरेका थिए । उनीहरूको उत्पादन फार्मबाट नै बिक्री हुँदै आएका छ । २० क्वीन्टल भन्दा बढि उत्पादन भएको तरबुजा बुटवलको कृषि उपजमा विक्रि गरेका थिए ।
कौशी खेती अगाडी बढाएका उनीहरूले कसैको सानो जग्गा छ वा जग्गा नै छैन भने पनि, जग्गा हुनेलाई करेसाबरी, नहुनेलाइ कौशी खेती अनर्गत रहेर आफै डिजाईन गरी कसरि बाली छनोट गर्ने, तह गरेर ,कुन बार्लीलाइ कस्तो ठाउँमा लगाउने, भएर आबश्यक किसान कौसी खेती गर्नेको घरमा गएर काम समेत सिकाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np