ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

पर्यापर्यटनको आकर्षण बन्दै दाङको चरङ्ग दह

८ भाद्र २०७५, शुक्रबार
८ भाद्र २०७५, शुक्रबार

दाङको घोराहीबजार नजिकैको चरि·े दहमा पछिल्लो समय आन्तरिक तथा बाह्यपर्यटकको संख्या बढ्न थालेको छ । घोराही आसपासमा बजार, उद्योग, बस्तिको विकास हँुदै गर्दा घुमघाम गर्न बजार नजिकै रहेको दहमा पर्यटकको आकर्षण बढेको हो । शहर नजिकै शान्त र मनोरम दह भएकाले पनि यहा दैनिक रूपमा पर्यटकहरू घुम्न जाने गर्दछन् । दाङको घोराही उपमहानगरपालिका वडा नं.–१, बुका घना जंगलको बीचमा चिसो र रमणीय स्थलमा रहेको चरि·े ताल, ध्वनी, वायु प्रदूषणबाट मुक्त रहेको छ । जंगल सफारी, मनोरम तालको दृष्यावलोकन, दुर्लभ चरा, जंगलीजनावर, औषधीजन्य बोटबिरुवा समेत यहाँ पाउन सकिन्छ । ‘नेपाल सरकारद्वारा संरक्षित पंक्षी कालोगरुड, लोपोन्मुख गिद्द हेर्न र पिकनिकका लागि रमाईलो स्थान रहेको छ । यस क्षेत्रलाई पर्यापर्यटकका रूपमा विकास गर्नुपर्ने जैविक विविधता संरक्षणका अभियन्ता डिल्ली बहादुर रावतले बताए । डुंगा सयर र पिकनिक स्पट थप्न सके यसको आकर्षण अझ बढ्ने उनको भनाइ छ ।
गैरसरकारी, व्यापारी, विद्यार्थी तथा क्लवहरूहरूबाट यो क्षेत्रमा पिकनिकका लागि आउने गरेका छन् । यो सुन्दर तालमा नेपाल सरकार पर्यटन मन्त्रालयले एउटा पिकनिक स्थल निर्माण गरिदिएको छ भने पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले तालको बिस्तार र यहाँको जैविक विविधता संरक्षणमा काम गरिसकेको छ । चरि·े दहमा आयआर्जनका लागि माछापालन गरिएको छ । जसको आम्दानीबाट तालको भौतिक बिकासमा खर्च हँुदै आएको छ । जिल्ला समन्वय समितिले गरेको लगानी र युएनडिपि अन्तर्गत विश्व वातावरण सेवाको साना अनुदान सहयोग कार्यक्रमबाट तालको बिस्तार, पर्खाल निर्माण लगायतका संरक्षणको काम गरिएको छ । यस क्षेत्रमा पर्यटकहरू आउने क्रम बढ्दो छ । बर्षातको समयमा केही कम भए पनि त्यसपछि पर्यटकको संख्या बढ्ने चरि·े ताल संरक्षण समितिका अध्यक्ष मेघराज खड्का बताउँछन् । त्यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सरकारी, गैरसरकारी क्षेत्र मात्र हैन स्थानीयबासीको समेत साथ रहेको छ । यस क्षेत्रका महिलाहरूले पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा बोटबिरुवा, चरा, जंगली जनावरको नामावली संकलन, चरा र जनावरको नियमित बासस्थानको खोजी र पर्यटकहरूलाई हेर्नका लागि पर्यापर्यटनको तालिम समेत सञ्चालन गर्दै आएका छन् । जिल्लामा पर्यटकीय ताल अरू धेरै भएपनि जैविक विविधताको अध्ययनका लागि यो ताल महŒवपूर्ण रहेको स्थानीयवासी रुमा सुनारले बताइन् । हामीले यहाँको जैविक विविधताको अभिलेखिकरण गरेर सार्वजनिक गरिसकेका छाँै । ‘जिल्ला हामीले गरेको यो नयाँ काम हो,’–उनले भनिन् । जिल्ला जैविक विविधताले भरिपूर्ण भए पनि पर्यटकलाई मध्यनजर गरेर काम थाल्ने यो क्षेत्र नै पहिलो भएको छ ।
यो ताल रमणीय र जैविक विविधताले भरीपूर्ण त छ नै यो यहाँको दुईसय घरधुरीको गास, बासको आधार पनि हो । यही तालको पानीले यहाँका बासिन्दाको खेतबारी सिञ्चित गर्ने काम गर्छ । विगतमा ताल पुरिँदै जानथाले पछि पानीको अभावमा यहाँको २ गाउँका बीच विवाद उत्पन्न भएर सर्वोच्च अदालतसम्म मुद्दा पुगेको थियो । तालमा जिल्ला विकास समिति, पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले तालको बिस्तार र वर्षाको पानी संरक्षणका लागि पर्खाल समेत निर्माण गरेका छन् । ‘हामीले पनि हाम्रो श्रम र लगानी गर्छौ,’ताल संरक्षण समितिका अध्यक्ष खड्काले भने । पर्यटन र कृषि उत्पादनमा वृद्धि गरेर गाउँको मुहार फेर्ने गरि अभियान थालेको उनले बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?