ट्रेंडिंग:

>> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

गाउँमा छैनन् सरकारी प्राविधिक

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका साविकका ६ वटा गाविस मिलेर बनेको गाउँपालिका हो । जसमा ६ वटा वडा रहेका छन् । साविकका हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ्ग र दौँघा गाविस ८७.०१ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २१ हजार ४ सय ८१ रहेको छ । अधिकांस कृषि क्षेत्रका लागेका यो गाउँपालिका को मुख्य विशेषता नै कृषि हो । तर सरकारी क्षेत्रबाट २ जना मात्रै कृषि प्राविधिकहरू रहेका छन् । कृषि क्षेत्रमा २ जना र पशु क्षेत्रका २ जना गरी जम्मा ४ जना कर्मचारीहरू रहेका छन् । २ जना अधिकृत स्तरका कर्मचारी हुन भने २ जना मात्रै कृषिमा १, पशुमा १ गरी २ जना मात्रै कृषि प्राविधिक (जेटिए) रहेका छन् । गाँउपालिकाका कृषि प्राविधिकहरूको खडेरी नै लागेको छ भन्दा फरक पर्दैन । छत्रकोट गाउँपालिका अनुसार कृषि क्षेत्रका अधिकृतमा बढुवा भएका शिव प्रसाद बन्जाडे रहेका छन् ।
उनी तत्कालिन जिल्ला कृषि विकास कार्यालयबाट गाउँपालिकामा हाजिर भएका थिए । तर विभागमा बढुवा भएपछि उक्त पोष्ट पनि खाली हुने पक्का पक्की भएको छ । यस्तै पशु क्षेत्रमा भने नायव प्राविधिक सहायक(जेटीए) प्रमोद भट्राई कार्यारत रहेका छन् । जुन स्थायी कर्मचारी हुन । यसको अलवा एक जना करार (एक गाउँ एक प्राविधि) अन्तरगतका महिला कर्मचारी कृषि र पशु क्षेत्रका कार्यरत रहेका छन् । एउटा नायव प्राविधिक कृषि सहायक (नाप्रस) जेटीएले सबै गाउँपालिका ६ वटै वडामा हुनुपर्ने बाध्यता रहेको छ ।
हाल विभागमा बढुवा भएका कृषि शाखा अधिकृत शिव प्रसाद बन्जाडे भन्छन्–‘केही समय मात्रै यहाँ कार्यरत रहे, मन्त्रालयमा हाजिर भएको छु, यहाँ केही दिनको लागि मात्रै आएको हुँ ।’ सिंगो गाउँपालिकामा कृषि प्राविधिकहरूको कमी भएको मसहुस आफुले पनि गरेको उनी बताउँछन् । यता, वडा नम्बर १ का अध्यक्ष धातानन्द भण्डारी कृषि प्राविधिक जिल्लाबाट नै कम संख्यामा खटाएको कारण कमी भएको बताउछन् । लोक सेवाबाट अव प्राविधिकहरू आएमा परिपुर्ती हुने उनको भनाई रहेको छ । गाउँमा व्यवसायीक कृषि गरेका किसानहरूलाई सिंगो गाउपालिकाले नै कृषक प्रोत्साहन रकम वितरण गर्न लागेको बताउँछन् । गाउँमा अहिले पैचो पसल प्रालि ले गाउँ गाउँमा जेटिए नियुक्ती गरि परिचालन गरेको कारण पनि किसानहरूलाई सहज भएको वडाअध्यक्षको भनाई छ ।
कृषक पेन्सन अभियान जस्तै गरी कृषिक पोत्साहन रकम किसानलाई प्रदान गर्ने योजना रहेको भण्डारी बताउँछन् । उनी भन्छन्–‘जुन किसानले ८ लाख ७५ हजार रूपैयाँको कृषि जन्य उत्पादन गरी विक्रि गरेको छ त्यसलाई प्रति महिना एक जना अधिकृत स्तरको कर्मचारीले पाउने तलब प्रदान गर्ने योजना बनाएका छौं ।’
हाल गाउँपालिकामा कुल १ सय ८७ जना किसानहरूले व्यवसायीक रूपमा कृषि तथा पशुपालन क्षेत्रमा काम गरेको तथ्यांका आफुहरूले प्राप्त गरेको भन्दै उनले यस बाट वडा नम्बर १ मा ६७ जना किसानहरूलाई उक्त अनुदान प्राप्त गर्न लागेको वडाअध्यक्ष भण्डारीको भनाई छ । महिनामा २३ हजार ५ सय रूपैयाँ बराबरको रकम किसानलालाई प्रोत्साहनको रूपमा प्रति महिना प्रदान गर्ने योजना गाउँपालिकाले बनाएको छ । जसको कार्यविधि निर्माणको क्रममा रहेको वडा अध्यक्ष भण्डारी बताउँछन । किसानलाई विभिन्न वर्ग क, ख र ग मा विभाजन गरि सोही अनुसारको अन्य अनुदान लगायतका सहयोग प्रदान गर्नेगरी कार्ययोजना अगाडी गाउँपालिकाले बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np