ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

बटौलीको बुद्धिचाल पुस्ता

बटौलीका टोल टोलमा खेल्ने गरिएको यो खेल असंगठित थियो । जसमा संस्थागत गर्ने काम भने वि.सं. २०४८ सालमा रुपन्देही जिल्ला बुद्धि चाल संघ गठन भएसंगै अघि बढ्यो । बुटवलका बुद्धिचालको विकासमा महाविर पुस्तकालयसंग ईतिहास जोडिएको छ । स्थानीय जुलुम बहादुर बज्राचार्य, उपेन्द्र नारायण श्रेष्ठ जस्ता चर्चित बुद्धिचाल खेलाडी पहिलो पुस्ता मानिन्छ । त्यसपछिको अर्को पुस्ता माधव प्रधान, विजय गुरुङ, सौरभ प्रधान रहे । तेस्रो पुस्ताका रुपमा सुमन श्रेष्ठ, शिखर रेग्मी, चमन गाहामगर, शिभम विश्वकर्मा, नमल सेढाई, विजनमान थैवलगायत राष्ट्रिय खेलाडी अगाडि आएका छन् ।
२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

बुटवल, २२ चैत ।

पाँच दशक अघि पारी बुटवल (बटौली) को गढीटोलका मन्दिर छेउँ तथा रुखका फेदमा बसेर बुद्धिचाल खेलेको माधव प्रधानलाई स्मरण छ । पश्चिम नेपालको पुरानो बजारमा पर्ने यहाँ स्थानीय जुलुम बहादुर बज्राचार्य, उपेन्द्र नारायण श्रेष्ठ चर्चित बुद्धिचाल खेलाडी थिए । उनीहरु चोकचोकमा जम्मा भएर बुद्धिचाल खेल्थे । गढीटोल, फुलबारी, जितगढी किल्लामात्र होईन वारी हाटबजार क्षेत्रमा पनि बुद्धिचाल खेल्ने र हेर्नेको भिड हुने गरेको उनी बताउँछन् । त्यो समयमा अहिले जस्तो मोबाईल, टिभी नहुँदा पनि समय बिताउन यस्ता बौद्धिक खेलमा आकर्षण रहने गरेको उनको दाबी छ । बुटवलमा बुद्धिचालको ईतिहास केलाउँदा पञ्चायतकालमा जुलुम बहादुर बज्राचार्य, उपेन्द्र नारायण श्रेष्ठको नाम आउँछ ।

उनीहरुबाट यो खेल विकासमा योगदान दिएको पाउँछौ । यो पुस्ताले दोस्रो पुस्ताका रुपमा माधव प्रसाद प्रधान, विजय गुरुङ, सौरभ प्रधान लगायतका खेलाडीहरु उदाए । बुटवल वडा नं १ का स्थानीय माधव प्रसाद प्रधान स्थानीय हुदै वि.सं. २०४३ मा अंचल स्तरीय प्रतियोगितामा दोस्रो भएको बताउँछन् । ‘हामी खेल्दा अहिलेको जस्तो सुविधा हँुदैनथ्यो’—उनले भने । हामीले घडी हेर्ने, लेखेर खेल्ने भन्ने नभएको उनी बताउँछन् । ‘खाट, ढुगामाथि बसेर खेल्ने गरिन्थ्यो’—उनले भने । मामाहरु खेलेको हेर्दाहेर्दै आफु पनि खेल्न थालेको प्रधान बनाउँछन् ।

विपक्षी खेलाडीलाई कुन दाउमा हराउने र आफु विजयी बन्ने भन्ने सामान्य ज्ञान सिकेका उनी पछि राष्ट्रिय प्रतियोगिता खेले । ‘जुलुम बहादुर बज्राचार्य मामाबाट मैले पनि खेल सिक्न पाए’— उनले भने । बुद्धिचालको बोर्डमा हुने ६४ वटा कोठाको घर र गोटीको समेत नाम हुने हुँदा यो दृष्टिविहिन खेलाडीले पनि खेल्न सक्ने उनी बताउँछन् । अहिले यसको विश्वकप समेत हुने गरेको छ । बुटवलका टोल टोलमा खेल्ने गरिएको यो खेल असंगठित थियो । असंगठित रुपमा यो खेलको रुपमा भएको थियो । जसमा संस्थागत गर्ने काम भने वि.सं. २०४८ सालमा रुपन्देही जिल्ला बुद्धिचाल संघ गठन भएको हो । उनी अध्यक्ष रहेका थिए । तत्कालीन समयमा पारी बुटवलको महाविर पुस्तकालयसंग बुद्धिचाल खेलको सम्बन्ध जोडिएको छ । युवाहरुलाई पठन संस्कृतिसंगै खेलकुदमा आकर्षित गराउने गरी विभिन्न प्रतियोगिताहरु यहाँ हुने गरेका थिए ।

लुम्बिनी अञ्चलबाट राष्ट्रिय खेलेका थिए । लामो समय खेलाडीसंगै यो खेललाई ब्यवस्थित गर्ने गरी जिल्लादेखि केन्द्रसम्म नेतृत्व लिन प्रधान सफल भए । उनी नेतृत्वमा आएसंगै यो खेलको प्रचारप्रसारमा धेरै काम गरे ।

स्वर्गीय जुलुम बहादुर बज्राचार्यको स्मृतिमा वि.सं. २०६५ सालमा प्रथम बुद्धिचाल रनिङशिल्ड शुरुवात भयो । उहाँको स्मृतिमा आकर्षक चाँदीको जलप लगाईएको सुन्दर रनिङशिल्ड समेत निर्माण गरियो । यो प्रतियोगिता लगातार ३ वर्ष २०६७ सम्म निरन्तरता पायो । पछिल्लो तेस्रो पुस्ताका रुपमा सुमन श्रेष्ठ, शिखर रेग्मी, चमन गाहामगर, शिभम विश्वकर्मा, नमल सेढाई, विजनमान थैव लगायत राष्ट्रिय खेलाडी अगाडी आएका छन् ।

यता बुटवल ईट्टाभट्टीका बिजय गुरुङ वि.सं. २०५० मा पहिलोपटक बुद्धिचाल प्रतियोगितामा भाग लिएको स्मरण गर्छन् । सानोमा पारी बुटवलमा पहिलो पुस्ताका खेलाडीहरुबाट बुद्धिचाल खेल्न सिकेको उनी बताउँछ । टोल टोलमा हँुदै उनी विभिन्न प्रतियोगितामा भाग लिए । ‘वि.सं. २०५४ मा राष्ट्रिय प्रतियोगिता खेले’—उनले भने । आमन्त्रित रुपमा आयोजना हुने देशभित्रका धेरै प्रतियोगितामा उनी प्रथम भए । उनी रेटिङ खेलाडी हुन् । उनी १८३८ मा थिए । अहिले भने उनको रेटिङ १७६८ मा रहेका छन् । राष्ट्रिय पाँचौ धनगढी, छैटौ काठमाडौ र सातौ धनकुटामा रुपन्देहीबाट प्रतिनिधित्व गरेका थिए । कास्की हेम्जामा भएको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० मा भएका प्रतियोगितामा प्रथम भएर १८ औ राष्टिय बुद्धिचाल प्रतियोगिताका लागि छनौट भएका थिए । बुद्धिचालका राष्ट्रिय खेलाडी हुन् । श्रीलंकामा सन २००९ मा भएको दोस्रो मोरा किङस ईन्टरनेश्नल रेटिङ समेत खेलेका छन् । उनी नेपाल बुद्धिचाल संघका पुर्व केन्द्रीय सदस्य समेत हुन् । सन २०११ मा भारतमा भएको नवौ पारसनाथ ईन्टरनेश्नल खुला चेस प्रतियोगितामा भाग लिएका छन् । उनी भारतको हैदराबादमा २०१९ मा भएको टेट्रासफट मारिओट ईन्टरनेश्नल ग्राण्ड मास्टर खुला चेस प्रतियोगितामा भाग लिएका थिए । सन २०१० मा काठमाडौमा भएको प्रथम ललितपुर कप ईन्टरनेशनल चेस प्रतियोगितामा समेत भाग लिए । उनी अहिले प्रतियोगिता गराउने र नयाँ युवा पुस्तालाई सिकाउँदै आएका छन् । बुटवलमा दुई पटक तालिम समेत चलाएको उनी बताउँछन् । ‘बुढापाकाहरु दुई स्टेप चाल चलेर खेल्ने गर्थे’—उनी भन्छन् । लोकलमा पनि बिस्तारै फिडे वल्र्ड चेस फेडेरेसनको नियम पालना गरेर खेलाउन थाले । रुपन्देहीका केही विद्यालयस्तरमा प्रशिक्षकहरु राखेर नै सिकाउने प्रचलन शुरु भएको उनी बताउँछन् । विद्यालयस्तरको नगद सहितको प्रतियोगिताले खेलाडीहरुमा आकर्षण हुन थालेको छ ।

बुटवल उपमहानगर बुद्धि चाल संघका अध्यक्ष सुधिर पुन पछिल्लो समय सुस्ताएको यो खेलबाट बुटवलको पर्यटन विकास गर्ने गरी लागेका छन् । नेपालसहित भारत, बंगलादेश, श्रीलंका, अमेरिका, जर्मनी लगायतका देशबाट २ सय खेलाडी सहभागी हुने गरी आमन्त्रित प्रतियोगिता गर्न लागेको उनले बताए । कर्णेल उजिरसिह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ आयोजना गरी ८ वटा मुख्य ईभेन्टमा हुने प्रतियोगितामा उपाधि विजेता खेलाडीले नगद २ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । करीब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको प्रतियोगितामा बुटवल उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँ सहयोग भएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले नया युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि पालिकाबाट धेरै प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए । ग्रासरुट फुटबल विकास हुने गरि विद्यालयस्तरको फुटबल, ब्याटमिन्टन, मार्शल आर्ट लगायतका धेरै कार्यक्रमहरु गरेको उनले बताए । धेरै महत्वपूर्ण कार्यक्रमहरु जो पालिकाको बजेटमा पर्न सकिरहेको छैन त्यस्तो अवस्थामा आगामी दिनमा निरन्तरता दिईने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np