ट्रेंडिंग:

>> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

असल पनि छन् सहकारी !

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बुटवल, ११ चैत। सहकारी संस्था थौरै थौरै रकम जम्मा गरेर ठूलो खर्चको खाडल पुर्न सकिने माध्यम हो । यसलाई सहकारीकर्मीहरूले यसरी नै बुझे । सहकारी अरू बाँकी सिद्धान्त गौढ जस्तै बसे । बिशोष सबैले बचत गर्ने र ऋण लिएर काम गर्ने माध्यम बनाए । तर यसका फाईदा बेफाईदामा सहकारी सदस्यले खासै चासो दिएनन । तर एक्कासी देशका विभिन्न स्थानहरूमा सहकारी संस्थाको रकम हिनामिना भन्ने खालका समाचारहरू आए लगतै स्थानीयस्तरमा रहेका सहकारीहरू प्रति पनि सहकारी सदस्यले विश्वास कम गर्न थाले । जसरी केही समय अघिसम्म घर वरिपरि रहेका आफन्त भएका वा नभएका जो सुकैका सहकारी संस्थालाई आँखा चिम्म गरेर विश्वास गरेका थिए । त्यसरी नै एक्कासी सबै सहकारी संस्था प्रति शंका गर्दे बचत निकाल्नेको लर्को लागेको छ । यसको कारण नै कहिकतै सहकारी संस्थाले गरेको बेइमानी हो भन्छन् सहकारीकर्मी सुखदेव न्यौपाने । न्यौपाने लामोसमय देखि विभिन्न सहकारी संस्थाको अध्यक्ष भएर काम गरेको अनुभवलाई उनले यसरी बताएका हुन् ।

बुटवल १३ की नमकला अधिकारीले समाचारमा आएको वेतिथि देखेपछि आफू तीन वटा सहकारीबाट सहकारी संस्थाबाट बचत निकालको बताईन । त्यो बचतलाई बैंकमा राखे सबै घर परिवारले दिएको सुझावलाई मानेकी हुँ ४३ वर्षकी अधिकारीको भनाई हो यो । अहिले कुनै न कुनै सहकारीमा महिला पुरुष दुबैको बाक्लो सहभागिता छ । आर्थिक काम गर्न सहज त्यसका साथै धेरै थौरै बचत गर्न सकिने सजिलो माध्यम बनेको छ सहकारी संस्था । गाउँगाउँमा खालेका सहकारीले धेरैको जीवनस्तरलाई परिवर्तन समेत गरेका छन् । हाम्रो समाजमा सहकारीबाट ऋण लिएर जीवन परिवर्तन गर्नेको संख्या नगन्य छ । हाम्रो समाजमा पनि हामीले सहकारीबाट आर्थिक र सामाजिक रूपमा परिवर्तन भएका थुप्रै उदाहरणहरू पनि । यति हँुदा पनि किन पछिल्लो समयमा सहकारी प्रति मानिसको विश्वास घट्न थालेको छ । केही सदस्यहरूले जम्मा गरेको रकम निकाल्न कसिएका छन् । कतै आफूले दिन रात नभनेर जम्मा गरेको रकम नपाईने त होईन भन्ने शंका गरिरहेका छन् ।
यस्तो अवस्थामा सहकारी बीचको भिन्नता आफ्ना सदस्यलाई बुझाउन जरुरी छ किन कसरी सदस्यले जम्मा गरेको रकम सुरक्षित छ त्यो बारेमा विश्वास दिलाउन सक्ने सहकारी संस्थाका सदस्यहरू नियमित कारोवार पनि गरिहेको छ ।

त्यसले यो समयमा भनेको सहकारी विज्ञहरूले सबैलाई डुबेका सहकारीहरूको कारण आफना सदस्यलाई बुझाएकै कारणले नियमित कुनै झन्झट विना सञ्चालन भइरहेको बुटवलमा जुनतारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रघुनाथ पोखरेलको भनाई छ । उनले पछिल्लो समयमा सहकारी सदस्यहरूले गरेको शंकालाई कम गर्न छलफल गर्न जरुरी छ । ठग्ने र नियममा चलिलरहेका सहकारीको भिन्नता पनि छुट्याउन आवश्यक रहको छ । उनले भने विशोष गरि स्थानिय तहमा स्वीकृत लिएर सञ्चालन भएका सहकारी संस्थाहरूले कहिल्यै पनि सदस्यले गरेको बचतलाई हिनामिना गर्न सक्दैनन भन्ने विषय नै अहिले बुझाउन नसकिएको बताए । त्यस कारणले अब सबै सहकारी अभियान्ताहरूले यो फरक सहितको जानकारी सबै सदस्यहरूलाई गराउन जरुरी छ ।

तितेपाती महिला बचत तथा श्रृण सहकारी संस्थाकी अध्यक्ष कमला कुवरले स्थानीय तहलाई केन्द्रमा राखेर स्थापना भएका सहकारी संस्थाहरूमा कुनै समस्या नभएको बताईन । उनी भन्छिन् हाम्रो सहकारी कै कुरा गर्ने हो भने पनि सबै चिने जानेकै छांै सदस्यहरू पनि यहि कै छन् । ऋण लगानीमा पनि कुनै भेदभाव छैन हामीले सबै सदस्यहरूलाई समान रूपमा हेर्ने कारणले पनि सहकारी बलियो छ भन्ने विश्वास छ । हिजोका दिनमा अरूकोमा मेलापात गरेर जीवन निर्वाह गर्ने गरेका दिदी बहिनीहरू पछिल्लो समयमा आफैले आम्दानी गर्ने र आर्थिक र सामाजिक रूपमा पहिचान कायम गर्ने अवस्था सृजना गर्ने गरेको सहकारी अभियान्ता कृष्ण नेपालको भनाई छ । उनले देशैभरि सहकारी संस्थाका शाखाहरू राखेर सदस्यलाई धेरै ब्याज र मुनाफा दिने प्रलोभनमा पारेर बचत संकलन गरेका सहकारीहरू समस्यामा पारेको बताए ।
धेरै ब्याज र मुनाफा पाउने आशाले नचिनेका सञ्चालक भएका सहकारीहरूमा पैसा जम्मा गर्नु पनि आफ्नो बचतलाई जोखिममा राख्नु हो भन्ने कुरा सबै सहकारी कर्मीले बुझन जरुरी छ ।

उनले त्यसमाथि महिला आफैले सञ्चालन गरेका सहकारीहरूमा त धेरैको सहभागिता मात्रै नभएर काम गर्ने तरिका पनि दरिलो भएको उनको बझाई छ । सहकारी संस्थाले आफना सदस्यहरूलाई कसरी सफल बनाउन सकिन्छ भन्ने मुख्य लक्ष्य लिन सके मात्र सहकारी सदस्यको अवस्था फेरिन सक्छ । होईन भने च्याउ जस्तै जता ततै सञ्चालनमा आएका सहकारीहरूले बचत गर्ने र ऋण लगानी गर्ने काम मात्र हुने उनको बुझाई छ । बुटवल उपमहानगरपािलका भित्र मात्रै अहिले सम्म १ सय ३५ वटा सहकारी संस्था रहेका छन् । जसमा महिलाले सञ्चालन गरेका १२ वटा छन् । बचत तथा ऋण ५८ वटा , कृषि, दुध२५, बहुउद्देश्यी २१, र उपभोक्ता सहकारी ४ वटा रहेका छन् । सहकारी संस्था दर्ता भएर नगरपािलका निर्माण गरेको नगर सहकारी ऐन २०७४ लाई आधार मानेर सञ्चालन भईरहेका छन् । यहाँबाट निगरानीमा रहेका क’नै पनि सहकारी संस्थाले अहिले् सम्म कुनै सदस्यले गरेको बचतलाई हिनामिन नगरेको नगरका बुटवल उपमहानगरपालिका सहकारी उद्योग वाणिज्य तथा लघु उद्यम शाखा प्रमुख गुनाकर खनालले बताए । खनालले गता वर्ष नगरपािलकाले उपप्रमुख सहित आफुहरूले एक सय सहकारीमा अनुगमन गरेको र यस वर्ष पनि ८० वटामा अनुगमन गर्ने बताए । अनुगमनको अवस्थामा सबै सहकारीहरू राम्रा भेटिएका छन् भने कहि कतै केहि कमजोरी भए हामीले सुझाव दिएर आएका छौ ।

बचतका साथै आवश्यक परेको बेलामा ऋण निकालेर आफना समस्या समाधान गर्न सहज हुनुले पनि सहकारी प्रतिको मोह दिनानु दिन बढेको सहकारी अभियान्ताहरूको भनाई छ । आफूले बचत गरेको पैसा सुरक्षित हुनुका साथै समस्याको गाठो फुकाउन सहज हुने भएकाले पनि चोकचोकमा खुलेका सहकारीमा मानिसको कमी छैन । जति धेरै सहकारी भए पनि पैसा जम्मा गर्नेको कमी देखिदैन । त्यहाँ जम्मा गरेरको पैसा सुरक्षित हुन्छ भन्ने विश्वास छ । त्यसैले पनि सहकारी प्रतिको लगाव बढेको छ । बचत मात्र नभएर अरू प्रकृतिका सहकारीले महिला, किसानका समस्याहरूलाई पनि पहिचान गरेर समस्या समाधानमा भुमिका खेल्ने गरेका कारण पनि सहकारीप्रति मानिसको आकर्षण दिनदिनै बढेको छ । सदस्यहरूलाई चाहिएको समयमा ऋण दिने किस्तामा तिर्न पाईने जस्ता सहजताका साथै विभिन्न समयमा सदस्यहरूलाई उर्जा मिल्ने खालका कार्यक्रमहरूको आयोजना गर्न, सदस्यहरूका समस्या पहिचान गरेर उनीहरूलाई समस्या समाधानका लागि सहयोगीको भुमिका खेलेका कारण पनि सहकारी पछिल्ला दिनहरूमा लोकप्रिय बन्दै गएका छन् ।

सहकारीले बचत र ऋण मात्र होईन यसले सदस्यका हरेक क्षेत्रलाई पछिल्लो समय समेट्ने प्रयासहरू गरेका छन् । सहकारीहरूको अगुवाईमा सामाजिक कामहरू जस्तै गाउँटोल सरसफाई, रक्तदान, सामुहिक खेती प्रयास जस्ता सामाजिक काम पनि भएका छन् । यसले पनि समाजमा सकारात्मक सन्देशहरू दिईरहेका छन् । यस्तै कामहरूले गर्दा पनि सहकारी प्रति सबैको रुची बढेको छ भन्दा फरक नपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?