ट्रेंडिंग:

>> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै

खसीबोकाको बिचौलिया हटाउँदै पालिका

आफूले पालेका खसीबोका आफ्नै हातबाट बेच्न पाउँदा स्थानीय निक्कै उत्साहित देखिएका छन् । पछिल्लो समयमा देउखुरीमा खसीबोका व्यवसाय बढेकोले बिक्री वितरणमा केही सुस्तता आएको छ । किसानहरूका लागि भने गाउँपालिकाले यस्तो अवसर जुटाइदिएपछि बजारीकरणको समस्या कम भएको छ ।
८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

लहमी, ८ चैत । गढवा गाउँपालिका वडा नम्वर ८ कोइलावासकी वसन्ती चौधरीले आफूले पालेका ४ वटा खसी आफ्नै हातले एकै पटक उचित मूल्यमा बेच्न पाउँदा निक्कै खुसी छिन् । उनले आफूले पाल्दै आएका खसी बोकाको लागि अन्य बजार खोज्दै जानुपर्ने, बिचौलिया व्यवसायीहरूको मोलमोलाई सहनुपर्ने अवस्थाबाट मुक्त छिन् । उनी र उनी जस्तै किसानले उत्पादन गरेको खसी बोका अब पालिकाले खरिद गरेर किसानलाई तत्काल नगद दिने कामको थालनी गरिको छ । विगत २० वर्षदेखि वाख्रा पालन गर्दै आएकी चौधरी एकै पटक यसरी हातमै नगद दिएर आँगनमै पालिकाले बिक्री वितरण गरिदिएको भन्दै निक्कै खुशी देखिइन ।

उनी जस्तै कोइलावास सहित तीन वटा गाउँका झण्डै ३ दर्जन महिलाहरू आफूले पालेका खसी बोका आफनै हातवाट वेच्न पाउँदा निक्कै उत्साहित देखिए । पछिल्लो समयमा देउखुरीमा खसी वोका व्यवसाय बढेकोले बिक्री वितरणमा केही सुस्तता आएको छ । उनीहरूका लागि भने गाउँपालिकाले यस्तो अवसर जुटाइदिएको भन्दै खुशी देखिएका हुन ।

गढवा गाउँपालिकाले विषेश गरेर कृषि तथा पशुपालनका लागि प्राथमिकता दिँदै आएको छ । पालिकाको प्राथमिकरणमा परेको पशु तथा कृषिलाइ एक गैरसरकारी संस्थाले थप सहयोग गर्दै आएको नेपालका अधिकृत महेश आचार्यले बताए । सम्भावनाका क्षेत्र छनौट गरि व्यवसायिक रूपमा पशुपालन तथा कृषिमा लागेका कृषकहरूका लागि पालिकाले ७० प्रतिशत र हेफर नेपालले ३० प्रतिशत अनुदान दिँदै आएको पालिकाको जनाएको छ ।

उक्त अनुदानमा सिमा नाकामा बासिन्दाहरू आम्दानीका अन्य स्रोत नभए पनि वाख्रा पालनबाट राम्रो आम्दानी लिन थालेका छन । खेतीयोग्य जमिन भएका कारण पनि उनीहरू बाख्रा मुख्य पेशानै बाख्रा पालन हो । उनले पालेका खसी बोका बेच्नका यसका लागि साझेदारी परियोजना अन्तर्गत सहकारी मार्फत विक्रिवितरणको व्यवस्था गरेको गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले वताए । उनी भन्छन, गढवा गाउँपालिकाले कृषि र पशुजन्य क्षेत्रलाइ व्यवसायिकरण गर्ने र त्यसमा आवद्ध भएका कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले साझेदारी परियोनालाई अगाडी वढाएको हो । त्यस अन्तर्गत बाख्रा पालनलाई मुख्य प्राथमिकरणमा राखि थप आधुनिकरण र व्यवसायिकरण गर्न फोकस गरेको बताएको छ ।

किसानले उत्पादन गरेका खसी बोकाको उचित मूल्य नपाउने, कहिले बेच्ननै समस्या हुने, किसान ठगिने भएका कारण खसी बोकाको व्यवस्थीत खालको वजारीकरण हुनु पर्छ । किसानलाई लाभ हुनुपर्छ भनेर हामीहरूले बजारीकरणको सुरुवात गरेको हो ।  त्यसका लागि साझेदारी परियोजना अन्तर्गत सहकारी सुरुवात गरेका हो । सहकारी मार्फत विक्रि वितरण सुरु गरिएको छ अध्यक्ष पोख्रेलले बताए । ‘खसी बाख्राको वजारीकरण, यो सुरुवात हो अव पशु देखि उत्पादित तरकारीहरूको पनि सहकारी मार्फत विक्रि वितरण गर्ने योजना छ’ – उनले भने ।

हेफर नेपाल अन्तर्गत पालिकाका सवै वडाहरूमा गठन भएका समूहहरूबाट पालिका स्तरिय गढवा सामाजिक उद्यमी सहकारी संस्था गठन भएको उक्त सहकारी मार्फत उत्पादिन पशु तथा कृषिजन्य वस्तुहरूको विक्रि वितरण हुने व्यवस्था मिलाएका छौं अध्यक्ष पोख्रलले भने ।उक्त सहकारीमा पालिका भरिका समूहका गरि ११ सय ४ जना महिला सदस्यहरू ऋावद्ध भएको सहकारीका अध्यक्ष शोभा रावत क्षेत्रीले वताइन । मंगलवार उक्त सहकारी मार्फत कोइलावासमा ३ दर्जन खसी वोका बिक्री गरिएको हो । जस अन्तर्गत खसी २० किलो सम्मका लागि रु ४ सय ६० ,२० देखि ३० किलो प्रति किलो ५ सय २०, ३० देखि माथिको प्रतिकिलो रु. ५ सय ४० र वोका रु ५ सय २० प्रतिकिलोका दरले विक्रि भएको अध्यक्ष रावतले वताइन । बिक्रीबाट सहकारीले प्रतिकिलो रु. ५ लिने गरेको पनि अध्यक्ष रावतले वताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?