ट्रेंडिंग:

>> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग

‘ग्लोबल मनि वीक’मा शाइन रेसुंगा बैंकका विविध कार्यक्रम

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

बुटवल, ७ चैत ।   ग्लोबल मनि वीक २०२४ को अवसरमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता लगायत विभिन्न कार्यक्रम गरेर मनाउंदैछ । बैंकले ग्लोबल मनि वीकको यस वर्षको नारा पैसाको रक्षा गर (बचाउ), आफ्नो भविष्य सुरक्षित गर अर्थात अंग्रेजीमा ‘प्रोटेक्ट योर मनि,सेक्योर योर फ्युचर’को थिममा आधारित रहेर बुटवलको नवीन औद्योगिक माविमा सार्वजनिक वक्तृत्वकला प्रतियोगिता गरेको छ । विद्यालयका कानुन, व्यवस्थापन, विज्ञान र सिभिल इन्जिनियरिङ संकायका २१ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा अमिसन थापा प्रथम,प्रकृति पाण्डे दोस्रो र अनामिका पाण्डे तेस्रो भए । उनीहरुलाई बैंकका चिफ एचआर अफिसर तथा ब्राण्डिङ हेड प्रभास राई तथा विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले नगद पुरस्कार प्रमाणपत्र र ट्रफी प्रदान गरे । विद्यार्थीहरुले क्रमशः ५ हजार,३ हजार र २ हजार नगद पुरस्कार पाए । मार्च २४सम्म चल्ने ग्लोबल मनि वीक अवधिमा बैंकले नेपाल राष्ट्र बैंकले आयोजना गर्ने वित्तीय साक्ष्राता लगायत कार्यक्रममा सक्रिय सहभागिता जनाउनुका साथै शाइन रेसुंगाका नयां बानेश्वर,भैरहवा,फर्साटिकर,नवलपुरको कावासोती,पश्चिम नवलपरासीको भुमही,गुल्मीको बलेटक्सार,प्युठानको बाग्दुला र बर्दियाको बासगढीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेका चिफ एचआर अफिसर राईले जानकारी दिए

गतवर्ष बैंकले २५ भन्दा बढी स्कुल र कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रमहरु गरी करिब दुई हजार जना विद्यार्थी र युवालाई सहभागी गराएको र डिजिटल प्लेटफर्ममार्फत करिब ५ लाख युवाहरुसंग बैंक जोडिएको राईले बताए । यस वर्ष पनि लक्षित वर्गहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तिय साक्षरताको कक्षा सञ्चालन गर्ने र बैंकमा विभिन्न पेशा व्यवसायमा सफल व्यक्तिलाई ल्याएर बिभिन्न हेड अफ डिपार्टमेन्टसंग समन्वय गरी बैंक तथा वित्तिय संस्थामा के–कस्ता काम हुन्छन् भन्ने बारेमा जानकारी दिइने उनले बताए ।

ग्लोबल मनि वीकको स्थायी नारा लर्न (सिक) , सेभ ( वचत गर) र अर्न (कमाउ) हो । अन्तर्राष्ट्रिय संस्था अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टले विश्वभरिका बालबालिका तथा युवाहरुलाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ बाट ग्लोबल मनि वीक अभियानको सुरुवात गरेको हो । हरेक वर्ष ग्लोबल मनि वीकले वित्तिय साक्षरता सम्बन्धि एउटा नारा लिएर सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी मनाउने गर्दछ । यो वर्ष ग्लोबल मनि वीकको १२ औं संस्करण मार्च १८ देखि २४ सम्म आफ्नो पैसाको रक्षा गर (बचाउ), आफ्नो भविष्य सुरक्षित गर अर्थात अंग्रेजीमा ‘प्रोटेक्ट योर मनि,सेक्योर योर फ्युचर’ तय गरिएको छ । यस अन्तर्राष्ट्रिय अभियानले १७६ राष्ट्रहरुमा ६० लाख भन्दा बढी विद्यार्थी र युवाहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

नेपालमा केही वर्षदेखि नेपाल राष्ट्र बैंकको संयोजनमा वित्तिय प्रणालीसंग सम्बन्धित संस्थाहरु, गैरसरकारी संस्थाहरु र सम्बन्धित निकायहरुको सहभागितामा ग्लोबल मनि वीक मनाउने गरिन्छ । यसको लक्षित वर्ग भनेको विद्यार्थी तथा युवाहरु हुन् । विशेषगरी बिद्यार्थी तथा युवालाई वित्तिय जागरण गराउने, पैसाको महत्वको बारेमा बुझाउने, पैसाको सदुपयोगिता, बैंक तथा वित्तिय संस्थामा कारोबार कसरी गर्ने,निक्षेप खाता कसरी खोल्ने, कर्जा कसरी लिने लगायत विद्युतीय भुक्तानी प्रणालीमा कसरी आवद्ध हुने, डिजिटल प्रडक्टका उपकरण कसरी प्रयोग गर्ने, त्यसको सदुपयोग कसरी गर्ने लगायतका विषयमा आफुपनि जान्ने,अरुलाई पनि सिकाउने, अनुभव आदान प्रदान गर्ने कुरामा युवाहरुलाई अगाडि सार्ने एउटा अभियान भएको शाइन रेसुंगा बैंककी वित्तीय साक्षरता फोकल पर्सन एवं चिफ रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले बताइन् ।
अहिले वित्तिय क्षेत्रमा देखिने जोखिमहरु डिजिटल फ्रड,फिसिङ,मनि मोल,अनलाइन फ्रड,डाटा मिसिङ रिस्क,आइडेन्टिटी थेफ्ट (परिचय चोरी) रहेका छन् र विशेषगरी युवा जो सिमित वित्तिय साक्षरता र अनुभवका कारण यस्ता वित्तिय ठगीका शिकार हुने सम्भावना रहेकाले वित्तीय साक्षरता अति नै जरुरी रहेको थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?