ट्रेंडिंग:

>> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति

नमूना युवा संसदको नीति कार्यक्रम प्रस्तुत

२८ फाल्गुन २०८०, सोमबार
२८ फाल्गुन २०८०, सोमबार

नवलपरासी, २८ फागुन । संसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउँपालिकाका सक्रिय स्थानीयहरू युवाहरूको गाउँसभा (गाउँ संसद) मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।
विश्वसम्पदाको रूपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सीमसारमा सुचिकृत गरिनुपर्ने र प्राचीन कोलिय गणराज्य अन्तर्गतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउँसभाले पहल गर्नुपर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भएपनि ओझेलमा परेका ति दुबै विश्वसम्पदाको रूपमा पहिचान पाउनु पर्छ,’ उनले भने–‘युवाहरूको नमुना गाउसभा यहाँको युवाहरूको भावना र चाहना हो, त्यसलाई अगामी गाउसभामा पाल्हीनन्दन गाउँपालिकाले समेट्दै लैजाने छ ।’

ती दुबै सम्पदालाई विश्वसम्पदामा सुचिकृत गराउनका लागि अब गाउँसभाले निर्णय गरि संघीय सरकारलाई आग्रह गरिने छ । युवाहरूद्वारा सञ्चालित उत गाउँसभाले साँच्चिकै गाउँसभाले गर्नुपर्ने कार्यको आवश्यकता पहिचान गराएको देखियो,’ उनले थपे–‘यसप्रति आथितीको रूपमा उपस्थित गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना) लगायत वडा अध्यक्षहरूले समेत मनन गरेका थिए । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानीय युवाहरूले सक्रियता देखाएका थिए ।

पर्यटन क्षेत्रको ठूलो सम्भावना बोकेको र त्यहाँ पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न सकिए युवाहरूलाई स्वदेशमै रोजगारी सृजना हुने देखिन्छ । रोजगारी खोज्दै युवाहरू विदेश ताक्नु पर्ने अवस्थाको अन्त्य गर्न सक्छ । प्राचीन नन्दन नगर प्राचीन कोलिय गणराज्यका राजाहरू जलविहार गर्न मंगलताल अर्थात नन्दनतालमा जाने गरेको बौद्ध साहित्यहरूमा उल्लेख भएको पाईन्छ । त्यही नन्दन ताल नजिकै सुरक्षार्थ सैनिक गणहरू बस्ने गरेका थिए । सो स्थानपछि नगरको रूपमा परिणत भएको थियो । जस्को अवशेष अहिले पनि सो स्थानमा देखिएको पुरातत्वका जानकारहरूले बताएपछि अहिले प्राचीन नन्दन ताल सहित प्राचीन नन्दननगर पनि चर्चामा आएको छ ।

युवाको नमुना संसदमा उठेको महवपुर्ण कुरा अब गाउँसभामा बहसको विषय बन्नुपर्ने नन्दन ताल र नन्दन नगर भएको वडा नं.६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवत कृष्णचन्द्र यादवले बताए । उनका अनुसार अहिले प्राचीन नन्दन नगर क्षेत्रको विकास प्रति स्थानीय पनि उत्साही देखिएका छन् । सो स्थानमा सरसफाई गरि खानेपानीको ब्यवस्थापन, बस्नका लागि पक्कि बेन्चहरू राखि सकिएको छ । सो स्थानमा बाटो छिट्टै पु¥याउने योजना समेत उनले सुनाए । सो स्थानको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि आउने चैत्र पुर्णिमामा आनन्दन जात्रा समेत निकाल्ने र त्यसका लागि जात्रा मुल समारोह समिति समेत गठन भई सकेको जानकारी गराएका थिए ।
विस्तृत काम गर्नका लागि कार्ययोजना समेत बनाई सकिएको छ,उनले भने, यसै बर्ष देखि तालको संरक्षण तथा सरसफाईका कामको थालनी हुन्छ, त्यसका लागि वातावरणिय प्रभाव मुल्यांकन (ईआइए) गराएर कामको शुभारम्भ पनि हुन्छ, प्राचीन नन्दन नगरमा सडक तथा सडक बत्ति पुर्याउने, वृक्षरोपण गराउने जस्ता कार्य यसै बर्षदेखि शुरु गरिने उनको भनाइ थियो ।
नेपाल सरकार राष्ट्रिय युवा परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउँपालिकाको प्रत्येक वार्डमा युवा क्लबहरू गठन भएका छन् । ति क्लबले नै युवा संसद सञ्चालन गर्नका लागि चार दिईने तालिम प्रदान गरिएको थियो । तालिम पश्चात उनीहरूलाई नमुना संसद सञ्चालन पनि गराइएको थियो । सँसदमा कसरी नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ, त्यसमाथि छलफल कसरी गर्ने र नीति कार्यक्रम पास भएपछि बजेट कार्यक्रममा कसरी समेट्ने र बजेट कार्यक्रम बनाउने र त्यसमाथि छलफल गर्ने जस्ता अभ्यास गराईको थियो । संसदमा ताल र नगर बाहेक पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र युवाहरूको रोजगार लगायतको कुरा समेटिएका थिए ।
यो जिल्लामै नमुना कार्यक्रम भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए । यो कार्यक्रम गर्न परिषदबाट जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउँपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढ्ने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानैदेखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यत गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउँपालिका भरि युवा क्लब गठन गरेको थियो ।

प्रत्येक वडामा युवा क्लब गठन पश्चात उनीहरूले संसद भित्र पठाउनका लागि आफूहरूबाट संसद छनौट गरेका थिए । छनौट पनि उनीहरूलाई चार दिनसम्म तालिम दिइने र अभ्यास गरार्ईएको हो । संसदमा जान नपाएका अन्य युवाहरूलाई स्वयंसेवक परिचालन पनि गरिने छ । उनीहरूलाई गाउपालिकाको विभिन्न कार्यक्रममा सहभागिता गराईने र बेला बेला सम्मेलन समेत गरिने छ । गठन हुने संसदमा पाल्हीनन्दन गाउँपालिकामा रहेका गाउसभा सदस्य बराबरकै समावेशिता सहितको नमुना संसद रहने छ ।

तालिमपछि मात्र छनौट भएर आएका युवा सँसदहरूमा संसयिद प्रकृयाको प्रयोगात्मक अभ्यास गराइएको थियो । संसदमा विधेयक कसरी प्रस्तुत गरिन्छ ? विधेयक माथि कसरी छलफल गरिन्छ । कति चरणमा छलफल हुन्छ ? संसदिय समितिमा पनि कसरी बैठक बसेर निष्कर्षमा पुग्ने जस्ता अभ्यास गरिने सो कार्यक्रममा प्रशिक्षक इजहार शेषले बताएका थिए । यो नमुना सँसदले युवामा उत्साह बढेको छ उनले भने, राजनीतिक प्रति पनि युवा उत्साही देखिएका छन । युवामा राजनीतिक चेतनाको वृद्धि समेत यो संसदिय अभ्यासले ल्याउने उनले विश्वास ब्यतm गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?