ट्रेंडिंग:

>> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

आज ११४ औं विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ यो दिवस मनाईदैछ । प्रत्येक बर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिन्छ । हरेक बर्षको एकपटक दिवस मनाएर औपचारिकता पूरा गरिएपनि वास्तविकरूपमा नारीको अधिकार रक्षाको सवाल कमजोर वनिरहेको छ । महिलाहरू पछिल्लोसमय बढी असुरक्षित महसुस गरिरहेका छन । बलात्कारका घटनामात्र होइन घरको चुलोदेखि नै महिलामाथिको विभेद सुरु हुने गुनासो महिलाहरूले अहिलेपनि गर्दै आएका छन । यस सन्दर्भमा महिलाहरूका लागि अव सामाजिक न्याय जरुरी छ । लैंगिक समानता अर्को महत्वपूर्ण मुद्दा हो । महिलामाथिको अन्याय र शोषण झनै बढिरहेको सन्दर्भमा उनीहरूको सुरक्षाको सवाल महत्वपूर्ण छ । विहान घरबाट निस्किएकी महिला साँझ घर फर्किन्छिन फर्किदैनन् भन्ने ग्यारेन्टी नै छैन । चाहे त्यो निर्मला पन्तको बलात्कारको घटना होस वा भागरथी बलात्कार काण्ड नै किन नहोस् । नेपालमा यस्ता धेरै विभेदका घटना हुने गरेका छन जो स्वयं महिलाले बाहिर ल्याउन चाहँदैनन् । उनीहरूमाथि सार्वजनिक नगर्न दवाव हुने गर्दछ । उनीहरू आफै असुरक्षित महसुस गरिरहेका हुन्छन । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता अर्थात जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ भन्ने पौराणिक भनाइले अव केवल किताबमा मात्र शोभा दिने गरेको छ । पुरुष प्रधान हाम्रो समाजमा महिलाको स्थिति अझैपनि दयनीय अवस्थामा रहेको छ । महिलामाथि जघन्य प्रकारका अपराध हुन थालेका छन । त्रासमा पिल्सिएका महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरूबाट नै हुने गरेको पाइएको छ । त्यस सन्दर्भमा धेरै अधिकारका सवाल भित्रभित्रै गुम्सिएका छन । महिलामाथि हुने अन्याय र दुव्र्यवहार अन्त्यका सवालमा साझा अवधारणा वनाएर जानु आवश्यक छ । उही पुरानै शैली र परम्परामा गोष्ठी गर्ने र नेतालाई भाषण गर्न लगाएर औपचारिकता पूरा हुन्छ भन्ने मानसिकतामा परिवर्तन जरुरी छ ।

महिलामाथि श्रममा पनि विभेद हुँदै आएको छ । पुरुष सरह समान ज्यालाको माग गर्न थालेको बर्षौं भएको छ तर महिलाहरूलाई श्रममा समेत विभेद हुने क्रम रोकिएको छैन । बरु संस्थागत हुन थालेको छ । श्रमको समस्या त छँदैछ, दिनहँु महिलामाथि हुने हिंसाले महिलाहरू आत्महत्या गर्न बाध्य भएका छन । त्यसै त शिक्षा, सीप, ज्ञानको अभावमा महिलाले अनेकांै हिंसाहरू बेहोर्ने गरेका छन् । कु–संस्कार र धर्मको नाममा आडम्बर फैलाउँदै महिलालाई प्रताडित गर्ने व्यक्ति, वर्ग र समुदायलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले नियम कानुनको व्यवस्था गर्नुपर्छ । दण्डहीनताको संस्कृतिले जरो गाडदै गएको कारणले गर्दा नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति कसैको ध्यान जान सकेको छैन । अवको दिनमा शोषित, पीडित, अपहेलित जीवनबाट महिलालाई मुक्ति दिलाउनका लागि सबै एकजुट हुनुपर्छ । महिलालाई जागरुक र शिक्षित बनाउनुपर्छ । महिलाको अधिकारका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग, विभिन्न संघ संस्था लगायत महिलाको अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले तुफानी शैलीमा काम गर्नु जरुरी छ । होइन भने महिलाहरू अझैपनि उही चुलो चौकोमा सीमित हुने दिन लम्बिदै जानेछ । महिला अधिकारको कुरा नारा, भाषण र दलहरूको चुनावी एजेण्डामात्रै बन्नेछ । त्यसकारण यस बिषयमा महिलाहरू आफैपनि आफ्नो अधिकारको सवालमा अघि बढ्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np