ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

पुँजीगत खर्चको निरासाजनक अवस्था

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

अनुमानित स्रोत अनुसारको व्यवस्थापन सम्भव नदेखिएपछि सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । चालु बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले दुई खर्ब २१ अर्ब रुपियाँले बजेटको लक्ष्य संशोधन गरेपछि त्यसको असर पुँजीगत खर्चमा पनि पर्ने देखिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुरूपको आम्दानी हुने अवस्था भइनसकेकाले बजेटको लक्ष्य घटाइएको जिकिर गर्नुभएको छ । अर्थ मन्त्रालयले चालु आवको सुरु विनियोजन १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँबाट बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपियाँ हुने गरी खर्च संशोधन गरेको हो । चालु आवका लागि सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ खर्च हुने सुरु अनुमान गरेको थियो । चालु आवमा पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड रुपियाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सुरु अनुमान थियो । तर, सरकारको पुँजीगत खर्च कहालीलाग्दो अवस्थामा छ । संघीय सरकारको मात्रै होइन प्रदेश सरकारको समेत पुँजीगत खर्च कमजोर छ । सातै प्रदेशको चालू आर्थिक बर्षको करिव ६ महिनाको पुँजीगत खर्च २५ प्रतिशत बढ्न सकेको छैन । यो अत्यन्त चिन्ताजनक अवस्था हो । सरकारले त्यसै त बजेटको आकार घटाएर विकास निर्माणको काम संकुचित गराएको छ । सरकारको चालू खर्च बढ्ने तर पुँजीगत खर्च नबढ्ने स्थिति छ । यसले अर्को आर्थिक बर्षको कमजोर आर्थिक अवस्थाको पनि प्रक्षेपण गरेको छ ।

अर्थ मन्त्रालयले अर्थतन्त्रका सूचकमा सुधार देखिएको दावी गरेको छ तर पनि बजारमा त्यसको नतिजा देखिएको छैन । खासगरी सरकारले खर्च गर्न नसकेको सन्दर्भमा विगतको दायित्व र स्रोत सुनिश्चितताबिनाको विनियोजनको प्रवृत्ति प्रमुख कारण रहेको औंल्याईको छ । लुम्विनी प्रदेश सरकारकै प्रगति समिक्षा अनुसार सरकारले ६ महिनामा करिब २२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यो अति निरासाजनक संकेत हो । यही अवस्थामा प्रदेशको विकास कसरी होला ? चिन्ताको बिषय वनेको छ । यही अवस्थामा सरकारले कामलाई गति दिने अवस्था देखिएको छैन । नेपालको बिकास खर्चको अवस्था बिजोगकै छ । उता छिमेकी मुलुक भारत र चीन खर्चको सिमालाई अधिकतम सदुपयोग गर्दै विश्वकै ठूलो अर्थतन्त्र भएका देशमा सवैभन्दा माथि जाने प्रतिष्पर्धामा छन । दुई छिमेकमा विकासको गतिले शिखर चुम्ने प्रतिष्पर्धा हुँदा नेपालको काम गराईको शैली कछुवाको गति भन्दा तल छ । प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा आशा जगाउने तर अन्तिममा निरास बनाउने प्रवृत्ति वर्षौदेखि कायमै छ । मुलुकमा उत्पादन, रोजगारी, आयआर्जनलगायत अर्थतन्त्रको विकाससँग सरोकार राख्ने धेरै पक्षलाई अगाडि बढाउन खर्चको भूमिका महत्वपूर्ण छ तर काम समयमा नभएपछि प्रतिफल पाउनबाट मुलुक वञ्चित भएको छ । सरकारले पुँजीगत खर्चलाई पहिलो प्राथमिकता दिएको बताएपनि मुलुकमा किन पुँजीगत खर्च बढ्न सकेको छैन भन्ने विषय पेचिलो बन्दै गएको छ । पुँजीगत खर्च बढाउन आयोजनाको काम समयमै हुुनुपर्दछ । तर, समयमा काम नगर्नुमा सबैभन्दा ठूलो दोष सरकार, कर्मचारी र ठेकेदार कम्पनीको हो । यसमा कुनै शंका छैन । अव पुँजीगत खर्च बढाउनेतर्फ सरकारले ध्यान नदिने हो भने देशको आर्थिक अवस्था सुधारोन्मुख होइन, झनै कमजोर बन्ने अवस्था आउने छ । तसर्थ सरकार र सम्वन्धित निकाय अव सचेत बन्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?