ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

समाज र सहकारीको संयुक्त रक्तदान

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज र रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडले शनिबार बुटवलमा संयुक्त रक्तदान कार्यक्रम गरेको छ । सहकारी संघको १८ औ स्थापना दिवसको अवसरमा पहिलो पटक तथा रक्तदाता समाजको १३१ औ नियमित रक्तदान कार्यक्रम संयुक्त रुपमा आयोजना गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ वडाअध्यक्ष लोकनाथ न्यौपाने ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गर्दै सामाजिक कार्यमा सबै एक ठाउ उभिनुपर्ने बताए । रगत अभावलाई पुरा गर्ने रुपमा रुपन्देही जिल्ला पहिचान बनाउनु सामान्य नभएको भन्दै यसमा यहाका रक्तदाता र संघसंस्थाहरुको महत्वपूर्ण भुमिका रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष बसन्त ढकालले सहकारी शेयर सदस्यहरुलाई रक्तदानको महत्व बुझाउदै समाजमा रक्तदान कार्यक्रमलाई बढाउने लक्ष्यसहित कार्यक्रम गरिएको बताए । रुपन्देहीका २५५ सहकारीहरुका सदस्यलाई यस विषयमा सचेतना जगाउने गरि अभियान आगामी दिन चलाउने उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले यस क्षेत्रका विरामीहरुको मागमात्र नभई अन्य धेरै जिल्लामा समेत रगतको मागलाई पुरा गर्दै आएको बताए । समाजको अगुवाईमा रगत निशुल्क बनाउनेदेखि १८ प्लस उमेरमा रक्तदान गर्न प्रोत्साहन गर्ने कामा सफल हासिल गरेको उनले बताए । अझै पनि रक्तदान सम्बन्धमा रहेको समाजमा गलत मानसिकतालाई हटाउन गरि सचेतना कार्यक्रमलाई जोड दिदै आएको उनले बताए । समाजबाट वार्षिक ५ हजार पोईन्ट ब्लड संकलन गरि सहयोग हुदै
आएको उनले बताए ।

कार्यक्रममा संघका सचिव बाबुराम बन्जाडेले सामाजिक उत्तरदायित्व अन्तरगत पुण्य कामका रुपमा रक्तदान कार्य गरिएको बताए । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रक्तदान गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?