ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

बेवारिशे शिशुको ‘अस्पतालमै छैठी’

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

प्यूठान, २४ माघ । प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए । बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् । शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ ।
त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम सि फोकल प्रसन राधादेबी के.सीले बताईन् । ‘भावीले उसको भाग्य लेख्नेबेला राम्रै लेखिदिउन भन्ने हाम्रो कामना छ,’ उनले भनिन, ‘दियो बालेर उनको उज्वल भविश्यको कामना ग¥यौ ।’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बेवारिशे अवस्थामा फेला परेकी शिशुको छैठौ दिनमा हुने कर्मकाण्डको काम गरेका हुन् ।
‘स्वास्थ्यकर्मीले दियो बालेका थिए, भविश्यमा ठूलो मान्छे बनुन भनेर कापी कलम पनि राखिएको थियो, त्यो देखेर म त निकै भावुक भएँ ।’

प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले भने । मानवता भन्ने अझै मरेको छैन भन्ने भयो, त्यस्तो शुभ काममा म पनि सहभागी हुन पाएँ उनले भने । प्यूठान नगरपालिकाको जुम्रिमा बाख्रा बाध्ने खोरमा नवजात शिशु नालसहित फेला परेकी थिइन् । प्रहरी, जनप्रतिनिधि सहितको टोलीले उनलाई त्यहाँबाट उद्वार गरेर प्यूठान अस्पताल लगेका थिए । उनको अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार र रेखदेख भैरहेको छ । उनको अवस्था अहिले सामान्य छ । अस्पतालले रेखदेख गरिरहेकी शिशुको पालनपोषणका लागि प्यूठान अस्पतालले बाबुआमालाई दावी पेश गर्न आब्हान गरेको छ ।

१५ दिनको सुचना जारी गर्दै बाबुआमालाई शिशुको दावी गर्न आग्रह गरिएको नभए आवश्यक कार्वाही अघि बढाईने नगरपालिकाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
उनको लालनपालन र स्यहारसुसारका लागी अभिभावकको खाचोपर्छ । सधैभरी अस्पतालमै राखेर सम्भव नहुने उपप्रमुख बर्माले बताए । नगरपालिका क्षेत्रभित्र फेलापरेकाले त्यसको हेरचाह र अभिभावकको भुमिका नगरपालिकाको दायित्वमा पर्छ । थप प्रकृयामा गएर शिशुको लालनपालनको जिम्मा लगाउछौ ।

अस्पतालमा रहेकी नवजात शिशुको छैठी गरिदिएको बिषय अहिले सामाजिक सञ्जालमा चर्चित छ । स्वास्थ्यकर्मिको स्वभाव कठोर हुन्छ भन्छन्, तर दुई चार दिन शिशुको स्यहार गरेको आफ्नो पनको आभाष हुने गरेको अस्पतालका स्वास्थ्यकर्मी बताउछन् । ‘दियो बालेर उनको छैठी गरिदियौ,’स्वास्थ्यकर्मिले भने,‘अभिभावक नभेटिए ११ आंै दिनमा न्वरान पनि गर्ने तयारी भैरहेको छ ।’ छैठीको अवसरमा रातभर दियो बाल्नका लागी एकजनालाई खटाईएको समेत थियो । राती दियोमा तेल सकिएर दियो निभ्न नदिन रातीपनि तेल थपिदिन कर्मचारी खटाईएको थियो । प्यूठान नगरपालिका–४ जुम्रिमा माघ १७ गते बिहान ६ः४० मा टिनको छाप्रोमुनी बाख्राबाध्ने ठाउँमा नवजात शिशु फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?