ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
सम्पादकीय

(सम्पादकीय )पार्टी,पद र मन्त्री

२६ श्रावण २०७५, शनिबार ११:४८
२६ श्रावण २०७५, शनिबार ११:४८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संरचनालाई नयाँ ढंगबाट अगाडि बढाउने नीति बनाएको छ । पार्टीमा पनि रहने र लाभवाला पदमा पनि रहने जुन नीति रहेको थियो त्यो अब तोडिने भएको छ । सरकार, संसद र स्थानीयतहमा रहेर जिम्मेवारी लिएकाले पार्टीको कुनै पनि कमिटीको कार्यकारी पदको जिम्मेवारी नपाउने भएका छन् । सचिवालय बैठकले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यकारी पद नपाउने गरी निर्णय गरिएको छ । तर, प्रधानमन्त्री, पार्टी अध्यक्ष, संघीय संसदीय दलको नेता र उपनेताको हकमा भने यो मापदण्ड लागू नहुने भएको छ । साङ्गठनिक एकीकरण सहज बनाउन सङ्घीय मन्त्री, प्रदेशका मन्त्री, सङ्घीय प्रमुख सचेतक, सचेतक, प्रदेशका प्रमुख सचेतक, सचेतक, मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष कसैलाई पनि पार्टीको कार्यकारी पद नदिने निर्णय गरिएको छ । त्यसैगरी बैठकले सङ्घीय र प्रादेशिक सांसदहरूलाई जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव बन्न नपाउने पनि निर्णय भएको छ । बैठकले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने र जनवर्गीय सङ्गठनका केन्द्रीय कार्यालय, अन्य विभाग, निकाय लगायतका कार्यालय पेरिसडाँडामा राख्ने निर्णय गरेको छ । यसरी हेर्दा पार्टीले अघि सारेको नीति ठीक भए पनि नियत भने बेठीक देखिएको छ । प्रधानमन्त्री, पार्टी अध्यक्ष, संघीय संसदीय दलका नेता उपनेतालाई यो नीति लागू नहुने निर्णय भएको छ । यो कार्टेलिंग सिष्टम हो । पार्टी वा कुनै पनि संगठनको लागि यो हानीकारक हुन्छ । प्रजातन्त्रको आत्माको मृत्यु हुन्छ । चारजनाले जे निर्णय गरे पनि हुने चार चौकडीले पार्टी, देश चलाउने हिटलरी शैली हो । यो टिकाउ हुँदैन । यसले पार्टीमा अन्तरबिरोध पैदा गर्छ । पार्टीमा को कुन तहमा रहेको छ, त्यसको पार्टी पोर्टफोलियो के हो ? के त्यो मानिस पहिले पार्टी क्याडर थियो कि मन्त्री वा सभाषद थियो ? मन्त्री बन्नको लागि सारा जीवन समर्पित गरेको हैन । मन्त्री, सांसद, मेयर भनेको प्राविधिक पद हो । कुनै पनि बेला राजीनामा दिनु पर्ने अवस्था आउँछ । त्यसपछि उसको हैसियत के हुने ? सडक छाप पूर्बमन्त्री, सांसद वा मेयर हुनुभन्दा अरू के बाँकी रहन्छ ? आजीवन पार्टीका लागि गरेको लगानी कहाँ गयो ? पार्टीले बरु के गर्नु उपयुक्त हुन्छ भने उनीहरू मन्त्री, सांसद, मेयर भएपछि कति आर्थिक लाभ आर्जन गरे ? पहिलाको आर्थिक हैसियत कस्तो थियो र लाभवाला पदमा पुगेपछि कस्तो छ ? आर्थिक अनियमितता गरेका छन् कि छैनन् ? पार्टीलाई कति दुरूपयोग गरेका छन् यो हेर्नुपर्छ । जनताको हितमा कति काम गरे ? विकासको लागि पठाइएको बजेटलाई कति सदुपयोग गरे ? यो कुरा हेर्नुपर्छ । पार्टीको पोर्टफोलियोबाट हटाएर तेजोबध गर्ने नभई कामको आधारमा पार्टीको जिम्मेवारी दिनुपर्ने हुन्छ । ग्रेड बढाइनु पर्छ । शीर्षहरूले आफ्ना पदलाई सुरक्षित राख्ने, पार्टीलाई चारजनाको कम्पनीमा विकास गर्ने, घरबार त्यागेर पार्टीलाई यो अवस्थामा पुराउने योद्धालाई पार्टीका तहहरूबाट हटाउनु पार्टीबाट निस्काशन गरेको ठहर्छ । यो पार्टीको लागि नै प्रत्युत्पादक हुन्छ । पार्टीमा नीति प्रधान हुन्छ । नीतिका अगाडि नेता गौड हुन्छ । लोकतन्त्रमा पार्टीलाई चारजनाले आफ्नो खल्तीको दस्ताबेज बनाउन मिल्दैन । यो कुरालाई नेतृत्व तहले समयमै बुझेर सच्चाउन जरुरी छ । अन्यथा पार्टीमा यो घाटाको बिषय बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?