ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

गैरआवासीय नेपाली दिवस

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

‘नेपालीले नेपालीलाई’ भन्ने नारा सहित यो बर्षको गैर आवासीय नेपाली दिवस आज विश्वभरि मनाईदैछ । हरेक वर्षको अक्टोबर १२ मा गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने गरिएको छ । नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण छ । विदेशका विभिन्न स्थानबाट पठाएको रेमिटान्सले मुलुक धानिएको छ । अर्कोतर्फ विदेशकै नागरिकता बाहक गैर आवासीय नेपालीहरूले समेत नेपालमा लगानीका लागि योगदान गर्दै आएका छन । गैर आवासीय नेपालीकै कारण मुलुकको कायापलट भएको छ । यद्यपि अहिले लगानीको कमी महसुस हुनु स्वाभाविक छ । गैर आवासीय नेपालीहरूले आफूहरूलाई नेपाल सरकारले नेपाली सरह नै ब्यवहार गरोस भन्ने छ तर सरकार गैर आवासीय नेपालीलाई विदेशीको दर्जामा व्यवहार गर्दै आएको छ । उनीहरूको नेपालप्रतिको भावना र सद्भाव सराहनीय छ । आधुनिक नेपालको रूपरेखा कोर्ने हो भने निश्चितरूपमा गैर आवासीय नेपालीले नेपालमा लगानी गर्न खोजेका छन, उनीहरूलाई त्यो वातावरण तयार गरिदिनुपर्दछ । गैर आवासीय नेपाली नेपाली नै हुन । विशेष कारणबस उनीहरू विदेशमा बसेर त्यहीको नागरिकता लिएका कारण उनीहरू गैर आवासीय भएका हुन तर उनीहरूको मूल श्रोत नेपाल हो ।

नेपालमै उनीहरू केही गरौं भन्ने भावनाले ओतप्रोत छन तर उनीहरूलाई त्यो वातावरण बनाईदिने काममा भने अहिलेसम्म कञ्जुस्याई भैरहेको छ । उनीहरू आफ्नो पुर्खाको माटो भएको नेपालमा केही गरौं भनेंर धेरै क्षेत्रमा लगानीको अवसरका लागि बेलाबेलामा अनुरोध गर्दैपनि आएका छन तर अहिलेसम्म उनीहरूको अनुरोधको सुनुवाई हुन सकेको छैन । देश बाहिर छरिएर रहेका नेपालीहरूले लगानी गर्ने हो भने नेपालको कायापलट हुन बेर लाग्दैन तर नेपालमा बेलाबेलामा हुने राजनीतिक अस्थीरताको कारण उनीहरूको माग सम्वोधन हुन सकेको छैन । दिवसकै सन्दर्भमा गैर आवासीय नेपालीहरूले नेपालमा मताधिकारको माग गर्दै आएका छन । निश्चितरूपमा उनीहरू नेपाली नै हुन ।

उनीहरूमा नेपालको माया छ । प्रतिनिधि सभाको विभिन्न समितिमा उनीहरूको मागका बिषयमा गहन छलफल समेत भएकोले अव ढिलाई नगरि उनीहरूको मताधिकारको माग सम्बोधन गरिनुपर्दछ । विदेशबाट पनि मताधिकारको व्यवस्था हुनुपर्ने कुरामा निर्वाचन आयोग समेत सकारात्मक छ । आशा गरौं २०८४ को निर्वाचनमा विदेशमा बस्ने नेपालीमात्र होइन, गैर आवासीय नेपालीलाई पनि मताधिकारको व्यवस्था हुनेछ । कम्तिमा पनि उनीहरूको माग भनेको नेपाल र नेपालीकै हितका लागि हो भन्ने बुझ्नु जरुरी छ । विश्वका कुनैपनि कुनामा किन नपुगून उनीहरूको मूल थलो भनेको नेपाल नै हो । मानिसले अवसर खोज्छ । अवसरकै लागि कैयौं अडचन र हण्डर खाएर उनीहरू विश्वका अधिकांश कुना कन्दरामा पुगिसकेका छन । अथक मेहनत र श्रम गरेर कमाएको पैसा नेपालकै लागि लगानी गर्न उद्यत छन तर किन उनीहरूको लगानीको ग्यारेन्टी अहिलेसम्म हुन सकेको छैन् । दिवसकै अवसरमा नेपाल सरकारले गैर आवासीय नेपालीलाई पनि नेपालको मूलधारमा समेटोस् । नेपाल सरकारले उनीहरूको माग सम्वोधन गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?