ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

चाडपर्व लक्षित सुरक्षाः नारामात्रै नबनोस्

२४ आश्विन २०८०, बुधबार
२४ आश्विन २०८०, बुधबार

अहिले देशैभरी चाडपर्व लक्षित सुरक्षाको लहर चलेको छ । खासगरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले आ– आफ्नो जिल्लामा दशैं, तिहार र छठलाई ध्यानमा राख्दै सुरक्षा योजना लागू गरेको बताईरहेका छन । विगतमा पनि चाडपर्व आउनै लाग्दा यस प्रकारका सुरक्षा योजना लागू हुन्थे । सुरक्षा योजना लागू भएपनि नागरिकले असुरक्षाको अवस्थामै बस्नु परेको यथार्थ हामीबाट लुकेको छैन । प्रहरी प्रशासनको दायित्व नै चाडपर्वमा मात्रै नभै हरेक दिन नागरिकलाई शान्तिको अनुभूति दिलाउनु हो । तर, यस्तै बेलामा हत्या, चोरी, डकैती र लूटपाटका घटना हुने गर्दछन् । यसै परिप्रेक्षमा सुरक्षा निकायले चाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन । सुरक्षा योजना लागू गरेपनि त्यसलाई कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तब्य नै हो । चाडवाड शुरु भएपछि घर छाडेर बाहिर जानेको संख्या नेपालमा थुप्रै छ ।

अहिले आन्तरिक पर्यटन फस्टाउन थालेको बेला घर छाडेर घुम्न जानेहरू असुरक्षित हुनुपरेको अवस्था छ । पहिलो कुरा उनीहरू आफ्नै घरमा चोरी, लूटपाटको घटना हुने डरले त्रसित हुने गरेका छन । दोश्रो कुरा गन्तब्यसम्म पुग्दा हुने जोखिमबाट उनीहरू सशंकित बन्नुपर्ने अवस्था छ । शहरदेखि गाउँसम्मै अहिले सुरक्षा योजना लागू हुनुपर्दछ । सीमित सहरी क्षेत्रमा मात्र लागू हुने सुरक्षा योजनाले समग्र जिल्लाको शान्ति सुरक्षा स्थापित हुन सक्दैन । अहिले इ बैकिङ सुरु भैसकेकोले घर जाँदा प्रहरीलाई जानकारी दिने, किनमेल गर्न सपिङ मल, बजार वा अन्य स्थानमा जादा सकभर रकम नलिई जाने बानी बसाल्नु जरुरी छ । लुटपाटबाट जोगिन नगद रकम नबोक्न प्रहरीले आग्रह गरिसकेको छ । चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी मार्फत गर्न आग्रह गरेको छ । रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले समेत नगद रकम नबोक्न आग्रह गरेको छ ।

सुरक्षा योजना लागू भएपछि हामी ढुक्क छौ भन्ने भावना नभै प्रहरीकै सल्लाहमा संगसंगै सुरक्षा व्यवस्था कार्यान्वयन गर्नु स्थानीयको दायित्व पनि हो । बढी भिडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने , मुख्य चोक, सपिङ मल, गहना पसल, बैक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने गरी योजना सार्वजनिक गरिएको छ । तर, त्यो सुरक्षा योजना केवल नारा नबनोस् । यसमा नागरिक समाजको खबरदारी जरुरी छ । प्रहरीले सुरक्षा योजनामा क्विक रेस्पोन्स टिम, सादा पोशाकका प्रहरी परिचालन, साइकल, मोटरसाइकल गस्ती र कालोबजार नियन्त्रण अभियान नै थालेको छ । विगतमा धेरैपटक प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्ने अनि हरेक दिन चोरी, लुटपाटको घटना भैरहेको देखिएको हो । तसर्थ यसपटक सुरक्षा योजनासंगै प्रहरी प्रशासनले त्यसको प्रभावकारीता तर्फपनि जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np